Home Candidate कुसुमदेवी थापा

हेभीवेट उम्मेदवार हराउने योजनामा कुसुम

http://नेपाली%20कांग्रेस
कुसुमदेवी थापा
रूकुम पूर्व - १ उम्मेदवार

कुसुमदेवी थापा

महिला , ५३ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
३०८१ मत
Profile Election History
Profile Election History

जिल्लाको विकासमा भएको उपेक्षा र स्थानीय अनुहारको आवश्यकतालाई मतदातामाझ प्रभावकारी रूपमा लैजान सकिन् भने, उनले यो क्षेत्रमा अप्रत्याशित नतिजा निकाल्न सक्नेछिन्।

०००

नेपाली कांग्रेसबाट एक मात्र निर्वाचन क्षेत्र रहेको रूकूम पूर्वमा पार्टी केन्द्रीय सदस्य कुशुमदेवी थापा मगरले उम्मेदवारी दिएकी छन् । पुथा उत्तरगंगा गाउँपालिका–१०, तक स्थायी घर भएकी मगरको जन्ममिति २०२९ भदौ २९ हो ।

२०५२ मा नेपाल विद्यार्थी संघबाट राजनीति शरू गरेकी उनी कांग्रेस भातृसंगठन नेपाल राष्ट्रिय मगर संघको संस्थापक सदस्य हुँदै केन्द्रीय उपसभापति बनिन् । नेपाल महिला संघको तेस्रो महाधिवेशन केन्द्रीय कोषाध्यक्षको उम्मेदवारी दिएकी थिइन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी मगर विघटित प्रतिनिधिसभा सदस्य हुन् ।

रुकूम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेबाट लिलामणि गौतम र रास्वपाबाट लखनकुमार थापा उठेका छन् । यो क्षेत्रमा गत निर्वाचनमा समानुपातिक तर्फ माओवादी केन्द्रले ८ हजार २७१, कांग्रेसले ५ हजार ६९२ र एमालेले ३ हजार ६५९ मत ल्याएको थियो ।

२०७९ को निर्वाचनमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगर १२ हजार २६२ मत ल्याएर निर्वाचित हुँदा एमालेका कैलाश मल्लले ५ हजार २११ मत पाएका थिए । कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले माओवादीसँग गठबन्धन गरेको थियो । त्यतिबेला ३७५ मत पाएको एकीकृत समाजवादी र माओवादी लगायतका दल मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी मगर विघटित प्रतिनिधिसभा सदस्य हुन् ।

माओवादीको प्रभाव क्षेत्रमा पूर्व प्रधानमन्त्री दाहालको उम्मेदवारी, माओवादी–एकीकृत समाजवादीको एकता र कांग्रेस भित्रको असन्तुष्टि मगरका लागि चुनौती हुन् ।

मगर समुदाय बाहुल यो क्षेत्रबाट पूर्व प्रधानमन्त्री दाहाललाई पराजित गर्ने मगरको दावी छ । जितका लागि उनले कडा मिहनेत गर्नुपर्नेमा भने शंका छैन ।

Battleground Analysis

अनुकूलता

  • स्थानीय र सामुदायिक पहिचान
  • संसदीय अनुभव
  • जनजाति मत आकर्षित हुन सक्ने

प्रतिकूलता

  • 'प्रचण्ड' को प्रभाव
  • अंकगणितीय दबाब
  • नयाँको लहर
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७९),
हालको दल
नेपाली कांग्रेस

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७९ समानपातिक विजयी

कुसुमदेवी थापाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

कुसुमदेवी थापा
३०८१
पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी
१०२४०
लीलामणि गौतम नेकपा एमाले
३४६२
VS