बुर्लाकोटीको तेस्रो प्रयास
Battleground Analysis
अनुकूलता
- सामाजिक छवि र त्याग: विगत ५० वर्षदेखि राजनीतिमा सक्रिय भए पनि लाभको पद नलिएका, स्वास्थ्य चौकीका लागि भूमिदान गरेका र खानेपानी आयोजनाको संस्थापक अध्यक्ष रहेकाले जनतामाझ समाजसेवी र त्यागी नेताको छवि छ।
- स्थानीय तहमा पार्टीको पकड: चितवन–१ अन्तर्गत पर्ने रत्ननगर र खैरहनी नगरपालिकाको प्रमुखमा कांग्रेसले नै जितेका कारण स्थानीय सरकार र सङ्गठनको बलियो साथ रहने सम्भावना छ।
- प्रतिद्वन्द्वीप्रतिको असन्तुष्टि: यसअघि जितेका रास्वपाका उम्मेदवार (हरि ढकाल) ले काम गर्न नसकेको भन्ने आलोचना र एमालेभित्रको आन्तरिक समस्याको फाइदा बुर्लाकोटीलाई हुन सक्छ।
प्रतिकूलता
- विगतको हारको इतिहास: २०५६ सालयता कांग्रेसले जित्न नसकेको यस क्षेत्रमा स्वयं बुर्लाकोटीले पनि २०७० र २०७४ मा दुईपटक हार व्यहोरिसकेका छन्, जसले मनोवैज्ञानिक दबाब सिर्जना गर्न सक्छ।
- एक्लो प्रतिस्पर्धा: अघिल्लोपटक माओवादी र एकीकृत समाजवादीको गठबन्धन हुँदा समेत कांग्रेस (डा. विश्वनाथ पौडेल) पराजित भएको अवस्थामा यसपटक एकल रूपमा चुनाव लड्नु ठूलो चुनौती हो।
- पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन: टिकटका अन्य दाबेदार (बासु ढुंगाना) को सम्भावित असन्तुष्टि र कांग्रेसलाई एकढिक्का बनाएर एउटै लयमा हिँडाउनुपर्ने चुनौतीपूर्ण अवस्था छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| संविधानसभा सदस्य निर्वाचन २०७० | चितवन - १ | सुरेन्द्र पाण्डे (एमाले) | १८७६० | १३७४५ | ५०१५ | पराजित |
| प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ | चितवन - १ | सुरेन्द्र पाण्डे (एमाले) | ५१०८० | ३५३६० | १५७२० | पराजित |
राजेन्द्रप्रसाद बुर्लाकोटीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






