Home Candidate हरि ढकाल

जनताको आक्रोश झेल्दै हरि ढकाल

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
हरि ढकाल
चितवन - १ उम्मेदवार

हरि ढकाल

पुरुष , ४२ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Election History

अघिल्लो निर्वाचनमा 'हेभिवेट' नेताहरूलाई हराएर ढकाल चर्चामा आएका थिए । तर, जितेर गएपछि क्षेत्रका लागि कुनै काम नगरेको आरोप र मतदाताको असन्तुष्टि ढकालका लागि मुख्य चुनौती बनेको छ।

०००

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका नेतालाई पराजित गरेर चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल दोस्रो पटक चितवन–१ बाट उम्मेदवारी दिएका छन् । एमालेका निवर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डे र कांग्रेसका डा. विश्व पौडेललाई पराजित गरेका ढकालले 'सरप्राइज' जित निकाले ।

पूर्वी चितवनको रत्ननगर–१५, पिठुवामा २०४० सालमा जन्मिएका ढकाल रास्वपा केन्द्रीय सदस्य छन् । उनी एमाले पृष्ठभूमिबाट आएका हुन् । विद्यालय र क्याम्पसमा पढ्दा उनी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध भए । ढकाल अनेरास्ववियु चितवनको सचिव समेत बने ।

व्यवसायमा विभिन्न आरोह अवरोह भोगेका उनी राजनीति र व्यवसाय छाडेर आध्यात्मिक मार्गमा समेत लागे केही समय । योग, ध्यान र तपस्याका विभिन्न कार्यक्रममा सक्रिय रहे ।

२०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं. १ बाट ३४ हजार १८९ मतसहित विजयी भएका थिए । समानुपातिकमा रास्वपाले ३४ हजार ६९१, एमालेले २४ हजार ६ र कांग्रेसले १६ हजार ६९५ मत पाएको थियो ।

दोस्रोपटक चितवन–१ बाट उठेका ढकालले निर्वाचन जितेपछि आफ्नो निर्वाचन क्षेत्रमा काम नगरेको भनेर आलोचना खेपेका छन् । त्यही भएर उनलाई अघिल्लो बेलाको जस्तो सहज अवस्था छैन । अघिल्लोपटक यो क्षेत्रमा घण्टीमा भोट दिँदा रवि लामिछानेलाई जान्छ भन्ने हल्ला चलाइएको थियो । रुष्ट बनेका मतदाता ढकालका लागि चुनौती बन्न सक्छ ।

अघिल्लो निर्वाचनमा जस्तो एमाले नेता सुरेन्द्र पाण्डे र कांग्रेसका डा. विश्व पौडेल जस्ता ‘हेभिवेट’ उम्मेदवार नहुनु ढकालका लागि अनुकूलता हो ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • साविक विजेता, भारी मतान्तर
  • पार्टीको सांगठनिक आधार
  • जुझारु छवि

प्रतिकूलता

  • "जिताएर पठाए पनि केही भएन" भन्ने भाष्य
  • पाका र अनुभवी उम्मेदवारको चुनौती
  • मतदाताको फेरिएको मनोविज्ञान
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ चितवन - १ सुरेन्द्रप्रसाद पाण्डे (एमाले) २६६३४ ३४२१८ ७५८४ विजयी

हरि ढकालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित