Home Candidate रिमाकुमारी यादव

एमालेकी कान्छी उम्मेदवार

http://नेकपा%20एमाले
रिमाकुमारी यादव
पर्सा - २ उम्मेदवार

रिमाकुमारी यादव

महिला , २९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
११६०४ मत
Profile
Profile

नेकपा एमालेले पर्सा क्षेत्र–२ बाट यसपटक रिमाकुमारी यादवलाई उम्मेदवार बनाएको छ। २९ वर्षीय रिमा देशभरकै सबैभन्दा कान्छी एमाले उम्मेदवार हुन्। उनी पर्सा, वीरगन्ज उपमहानगरपालिकाकी स्थानीय हुन् र हरिखेतान बहुमुखी क्याम्पसबाट बीएड अध्ययन गरेकी छिन्।

सामाजिक काममा सक्रिय रिमाले स्थानीय शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक विकासका विषयमा समुदायसँग नजिकबाट काम गरेकी छिन् । उनको चुनावी अभियानमा 'नयाँ पुस्ताको प्रतिनिधि' भन्ने छवि प्रमुख आधार हो।

उनको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक रूपमा बलियो छ । उनका ससुरा रामायण राउत अहिर एमालेका पुराना नेता हुन् र २०५६ सालदेखि सो क्षेत्रमा सक्रिय छन्। 

पर्सा–२ मा एमालेले २०६४ सालमा बिचारीप्रसाद यादवलाई उठाएको थियो, तर कांग्रेसका अजयकुमार द्विवेदीसँग पराजित भएको थियो । त्यसपछि २०७० मा एमालेका उम्मेदवार यस क्षेत्रमा विजयी भए । २०७४ र २०७९ मा भने एमाले–जसपा गठबन्धनका कारण आफ्ना उम्मेदवार उठाउन सकेन ।

यस निर्वाचनमा रिमाले कांग्रेसका अजय चौरसिया र अन्य दलका उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्दै एमालेलाई फर्काउने कोसिस गर्दैछिन् ।

Battleground Analysis

अनुकूलता

  • युवा र ऊर्जाशील नेता
  • स्थानीय पहुँच र शिक्षित पृष्ठभूमि
  • मजबुत पारिवारिक राजनीतिक विरासत

प्रतिकूलता

  • अनुभवको कमी
  • टिकट वितरणमा 'परिवारवाद' को आरोप
  • लामो समयको सांगठनिक रिक्तता
हालको दल
नेकपा एमाले

रिमाकुमारी यादवको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित