Home Candidate वीना जैसवाल

समानुपातिक सांसदकी अनुभवी यसपटक प्रत्यक्ष चुनावी मैदानमा

http://राष्ट्रिय%20प्रजातन्त्र%20पार्टी
वीना जैसवाल
पर्सा - २ उम्मेदवार

वीना जैसवाल

महिला , ३५ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१९९९ मत
Profile
Profile

राष्ट्रिय प्रजातन्त्र पार्टीले पर्सा क्षेत्र–२ बाट विना जैसवाललाई उम्मेदवार बनाएको छ। ३५ वर्षिया जैसवाल पहिले नै समानुपातिक सांसद भइसकेकी छन् र यसपटक प्रत्यक्ष निर्वाचनमा मैदानमा उतारिएकी छन्। उनी वीरगन्ज महानगरपालिकाकी स्थानीय हुन् र बैङ्लोर विश्वविद्यालयबाट एमबीए उत्तीर्ण गरेकी छन्।

जैसवाल सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएकी हुन्। राप्रपाले उनलाई मैदानमा उतारेर पर्सा–२ को प्रतिस्पर्धालाई रोचक बनाएको छ। उनी पार्टीको केन्द्रीय सदस्य समेत भएकी छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पर्सा–२ बाट राप्रपाका नरेशकुमार साहले २,७४१ मत पाएका थिए। सो निर्वाचनमा कांग्रेसका अजयकुमार चौरसियाले २८,४५१ मतसहित विजयी भएका थिए। यसपटक जैसवालले उनीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नु पर्नेछ। त्यतिबेला गठबन्धन बनाएर चुनाव भएको थियो; यसपटक भने एकल प्रतिस्पर्धा हुँदैछ।

युवा उम्मेदवार र पहिले सांसद भइसकेकी भएकाले उनी यसपटक बलियो प्रतिस्पर्धीको रूपमा मानिन्छन्।

Battleground Analysis

अनुकूलता

  • युवा उम्मेदवार
  • पार्टीको केन्द्रीय सदस्य भएकाले राष्ट्रिय राजनीति र संसदीय अभ्यासमा पहुँच
  • राप्रपा ब्रान्ड र आफ्नै परिचित अनुहार दुबैको फाइदा

प्रतिकूलता

  • प्रत्यक्ष निर्वाचनमा पहिलो अनुभव
  • चुनावी रणनीतिमा चुनौती
  • अघिल्लो निर्वाचनमा सीमित मत
शिक्षा
एमबीए
हालको दल
राष्ट्रिय प्रजातन्त्र पार्टी

वीना जैसवालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित