Home Candidate सोमप्रसाद पाण्डेय

आफ्नै पूर्व चुनावी कमाण्डरहरूसँग प्रतिस्पर्धा

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
सोमप्रसाद पाण्डेय
पाल्पा - २ उम्मेदवार

सोमप्रसाद पाण्डेय

पुरुष , ७० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
८७३ मत
Profile Election History
Profile Election History

पाण्डेयले उम्मेदवारी दिएको पार्टीमा एकीकरण भएको माओवादी केन्द्रको ५ हजार ९९४ र एकीकृत समाजवादीको १ हजार ३०६ मत थियो ।

०००

पाल्पा–२ का मतदाताका लागि सोमप्रसाद पाण्डेय अपरिचित नाम होइन । २०५१ सालदेखि उनी पाल्पामा निर्वाचन लड्दै आएका छन् । पाँच वटा निर्वाचनमा नेकपा (एमाले)बाट लडेका उनी २०७९ मा एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)बाट उठेका थिए ।

यसपटक नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवारी दिएका छन् । नेकपा जेनजी आन्दोलनपछि एकीकृत समाजवादी, माओवादी केन्द्र लगायत एकीकरण भएर बनेको पार्टी हो ।

पाल्पाको मदनपोखरामा जन्मिएका ७० वर्षीय पाण्डेयले २०३० सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

कानूनमा स्नातक गरेका उनले केही वर्ष शिक्षण गरे । बहुदलको पक्षमा सक्रिय हुँदा २०३६ सालमा ३२ दिन जेल परे ।

२०४० सालमा मालेको गाउँ कमिटी उपसचिव बनेका पाण्डेय इलाका सदस्यहुँदै २०५१ सालपछि लगातार १७ वर्ष जिल्ला कमिटी सदस्य रहे । त्यसपछि पाँच वर्ष राष्ट्रिय प्रतिनिधि परिषद्, केन्द्रीय विभागहरू हुँदै एमाले केन्द्रीय सदस्य र पाल्पा इन्चार्जको जिम्मेवारीमा पुगे । २०७८ मा एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीमा लुम्बिनी प्रदेश अध्यक्ष र केन्द्रीय सचिव बने ।

केही समय वकालत गरेका पाण्डेय नेपाल बार एशोसिएसन पाल्पाको अध्यक्ष पनि भए । २०५१ सालको मध्यावधि निर्वाचनमा पाल्पा–२ बाट १७ हजार ८५१ मत ल्याएर निर्वाचित भएका थिए । २०५६, २०७० र २०७४ मा विजयी भए । २०६४ सालको पहिलो संविधानसभा चुनावमा पराजित भएका उनी २०७० सालको दोस्रो संविधानसभामा निर्वाचित भए । २०७२ मा उद्योग मन्त्री बने ।

२०७९ मा कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनबाट उठ्दा एमालेका ठाकुर गैरेसँग पराजित भए । गैरे तिनै व्यक्ति हुन् जो २०५१ सालयताका सबै आम निर्वाचनमा पाण्डेयका चुनावी अभियानका कमाण्डर थिए । गैरेले २८ हजार ६४५ ल्याउँदा पाण्डेयले २४ हजार ८९९ मत पाएर दोस्रो स्थानमा आएका थिए । एमालेबाट गैरेले उम्मेदवारी दिएका छन् ।

समानुपातिकतर्फ एमालेको २२ हजार ५२९, कांग्रेसले २० हजार १५४ र रास्वपाले ८ हजार ३७७ भोट ल्याएको थियो । पाण्डेयले उम्मेदवारी दिएको पार्टीमा एकीकरण भएको माओवादी केन्द्रको ५ हजार ९९४ र एकीकृत समाजवादीको १ हजार ३०६ मत थियो ।

अघिल्लो पटक पाण्डेयको चुनावी कमाण्डर बनेका कांग्रेसका हिमालदत्त श्रेष्ठले यही क्षेत्रबाट उम्मेदवारी दिएका छन् । संसदीय राजनीतिका अनुभवी पाण्डेय धेरै मिहिनेत नगरी निर्वाचित हुने देखिंदैन ।

Battleground Analysis

अनुकूलता

  • लामो संसदीय र प्रशासनिक अनुभव
  • एकीकृत कम्युनिष्ट शक्ति
  • कानूनी र बौद्धिक छवि

प्रतिकूलता

  • विगतमा जस्ताे गठबन्धन नहुनु
  • रास्वपाको बढ्दो क्रेज
  • एमालेको प्रभाव क्षेत्र
शिक्षा
स्नातक
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०५१,२०५६,२०७४), संविधानसभा सदस्य (२०७०)
हालको दल
नेपाली कम्युनिस्ट पार्टी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०५१ पाल्पा–२ १७८५१ विजयी
२०५६ पाल्पा–२ विजयी
२०६४ पाल्पा–२ लीलाकुमारी बगाले (माओवादी) १२७५० १०९२९ १८२१ पराजित
२०७० पाल्पा–२ वीरबहादुर राना (कांग्रेस) १३०९८ १३१९३ ९५ विजयी
२०७४ पाल्पा–२ हरिप्रसाद नेपाल (कांग्रेस) २४५५४ ३४८९९ १०३४५ विजयी
२०७९ पाल्पा–२ ठाकुरप्रसाद गैरे (एमाले) २८६४५ २४८९९ ३७४६ पराजित

सोमप्रसाद पाण्डेयको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

सोमप्रसाद पाण्डेय
८७३
ठाकुरप्रसाद गैरे नेकपा एमाले
१०२५
हिमालदत्त श्रेष्ठ नेपाली कांग्रेस
१६४५
VS