Home Candidate ठाकुरप्रसाद गैरे

गणतान्त्रिक आन्दोलनका फ्रन्टलाइनरलाई दोस्रो अवसर

http://नेकपा%20एमाले
ठाकुरप्रसाद गैरे
पाल्पा - २ उम्मेदवार

ठाकुरप्रसाद गैरे

पुरुष , ५७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१०५०३ मत
Profile Election History
Profile Election History

पूर्व अर्थमन्त्री पौडेल रूपन्देही फर्किने भएपछि पाल्पा–२ मा गैरे उम्मेदवार बन्ने सम्भावना बढ्यो । अन्ततः माघ ६ गते उनले मनोनयन दर्ता गर्न पाए ।

०००

मनोनयन दर्ताको मिति आउन केही दिन बाँकी हुँदा नेकपा (एमाले) सचिवालय बैठकले पाल्पा–२ मा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई उठाउने निर्णय गर्‍यो । पटक–पटक रूपन्देहीबाट चुनाव जित्दै आएका पौडेलको आगमनसँगै ठाकुरप्रसाद गैरेले टिकट नपाउने लगभग पक्कापक्की जस्तै भयो ।

एमालेको एघारौं महाधिवेशनमा ईश्वर पोखरेलको पक्षमा खुलेका गैरेलाई उठ्न नदिनकै लागि पौडेललाई पाल्पा बोलाएको कतिपयको आशंका थियो । विभिन्न कारणले पूर्व अर्थमन्त्री पौडेल रूपन्देही फर्किने भएपछि पाल्पा–२ मा गैरे उम्मेदवार बन्ने सम्भावना बढ्यो । अन्ततः माघ ६ गते उनले मनोनयन दर्ता गर्न पाए ।

अन्तरपार्टी संघर्षमा संस्थापनको भन्दा भिन्न मत राखेकै कारणले अवसरबाट वञ्चित हुनु परेको गैरे निकट नेताहरूको भनाइ छ । २०७८ भदौमा पार्टी विभाजन हुँदा एमालेमै बसेपछि २०७९ मै उनले टिकट पाएर निर्वाचित भएका थिए ।
२०२५ जेठमा उत्तरी पाल्पाको बराङ्डीमा जन्मएिका गैरे स्कूले जीवनमा नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी, परोपकार संघ, चारपाते युवा क्लब, गाउँले युवा क्लबलगायत संघ–संस्थामा आबद्ध थिए । त्यसपछि विद्यार्थी राजनीतिमा आए । २०५१ सालमा त्रिभुवन विश्वविद्यालयमा स्ववियू सचिव निर्वाचित भए ।

अनेरास्ववियूको जिल्ला कमिटी अध्यक्षहुँदै २०५३ मा केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय सदस्य, सचिव, महासचिव हुँदै २०६३ मा केन्द्रीय अध्यक्षमा निर्वाचित भए ।

पार्टीको आठौं, नवौं र दशौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य चुनिएका गैरे पोलिटब्यूरो सदस्य बने । एघारौं महाधिवेशनमा सचिवमा पराजित भएका उनी केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा गैरेको यो दोस्रो उम्मेदवारी हो । २०७९ मा गैरेले तत्कालीन पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई पराजित गरेका थिए । 

तिनै पाण्डे नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उठेका छन् । नेकपा साविक माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत मिलेर बनेको पार्टी हो । त्यतिबेला गठबन्धनको चुनावी कमाण्डर रहेका हिमालदत्त श्रेष्ठले यसपटक कांग्रेसबाट उम्मेदवारी दिएका छन् ।

समानुपातिकतर्फ एमालेको २२ हजार ५२९, कांग्रेसले २० हजार १५४, रास्वपाले ८ हजार ३७७, माओवादी केन्द्रले ५ हजार ९९४ र एकीकृत समाजवादीले १ हजार ३०६ मत ल्याएको थियो ।

कांग्रेस, नेकपा लगायतको गठबन्धन नहुनु गैरेका लागि अनुकूलता र अन्तरसंघर्षको असर निर्वाचनमा पर्न नदिनु प्रतिकूलता रहेका छन् ।

 

Battleground Analysis

अनुकूलता

  • बलियो संगठन
  • विपक्षीमा स्पष्ट गठबन्धन नहुनु
  • २०७९ को प्रत्यक्ष जितको आधार

प्रतिकूलता

  • अन्तरपार्टी संघर्ष
  • बलिया प्रतिस्पर्धीहरू
  • राष्ट्रिय स्तरमा एमालेप्रतिको जनधारणा
शिक्षा
स्नातक
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७९)
हालको दल
नेकपा एमाले

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७९ पाल्पा - २ सोमप्रसाद पाण्डेय २४८९९ २८६४५ ३७४६ विजयी

ठाकुरप्रसाद गैरेको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

ठाकुरप्रसाद गैरे
१०५०३
माधवबहादुर थापा राष्ट्रिय स्वतन्त्र पार्टी
२६७३६
हिमालदत्त श्रेष्ठ नेपाली कांग्रेस
१२९९२
VS