Home Candidate सुहाङ नेम्बाङ

विरासत, युवा ऊर्जा र विकासको एजेन्डासहित प्रतिस्पर्धामा

http://नेकपा%20एमाले
सुहाङ नेम्बाङ
इलाम २ उम्मेदवार

सुहाङ नेम्बाङ

पुरुष , ३६ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
२२४२६ मत
विजयी
Profile Political Nature Election History
Profile Political Nature Election History

इलाम–२ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार सुहाङ नेम्वाङ पूर्वसभामुख सुवास नेम्वाङका कारण राष्ट्रिय राजनीतिमा चिनिएका छन्। ६ फागुन २०४६ मा जन्मिएका सुहाङ नेम्वाङ दोस्रो पटक चुनाव लड्दैछन्।

यसअघि १५ वैशाख २०८१ मा सम्पन्न उपनिर्वाचनमा इलाम–२ बाटै उनी निर्वाचित भएका थिए। नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा भएको उपनिर्वाचनमा सुहाङलाई एमालेले उम्मेदवार बनाएको थियो।

सुवासको निधनपछि उनकै छोरा उम्मेदवार बनेर जितेका कारणले सुहाङ राजनीतिक वृत्तमा परिचित छन्। उपनिर्वाचनमा सुहाङले २७ हजार ७७२ मत प्राप्त गरी नेपाली कांग्रेसका डम्बरबहादुर खड्का (२१ हजार ९४२ मत) लाई ५ हजार ८३० मतान्तरले पराजित गरेका थिए।

तर जेनजी आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएकाले उनी १६ महिना मात्र सांसदको भूमिकामा रहे। आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले उनै सुहाङलाई उम्मेदवार बनाएको छ।

संसदीय राजनीतिमा दोस्रो पटक चुनावी मैदानमा रहेका सुहाङको पार्टी भूमिका समेत यो अवधिमा बढुवा भएको छ। गत मंसिरमा सम्पन्न एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा लोकप्रिय मत (१ हजार ७२१) ल्याएर उनी केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

युवामाझ लोकप्रिय सुहाङले इलामको विकास, कृषिको आधुनिकीकरण, उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य तथा खानेपानी जस्ता मुद्दालाई प्राथमिकतामा राखेका छन्। चुनाव जितेपछि सबै उम्मेदवारका मुद्दालाई साझा बनाएर इलामलाई एक परिवारको रूपमा हेर्ने र अधुरा योजनाहरू पूरा गर्ने उनको प्रतिबद्धता छ।

गत असोजमा गएको बाढी पहिरोले इलामका ३९ जनाले ज्यान गुमाएको, ११ वटा पुलमा पूर्ण क्षति भएको, ११ अर्बको धनजनको क्षति भएको र सयौं बाटा बन्द हुँदा बाटो खुलाउन पहल गरेको र पीडित परिवारसम्म पुगेर सहनुभूति प्रकट गरेको भन्दै आम नागरिकले नेम्वाङको प्रशंसा गरेका थिए।

राजनीतिमा आउनुअघि सुहाङको रुचि खेलकुदमा थियो। उनी नेतृत्वको स्पोर्टिङ इलाम डे मेचीले नेपाल सुपर लिगमा सहभागिता जनाएको थियो। सुहाङको व्यावसायिक लगाव भने कानून क्षेत्र हो।

काठमाडौं स्कूल अफ लबाट बीएएलएलबी गरेका सुहाङसँग ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर' मार्फत वकालत गरेको अनुभव छ।

व्यक्तिगत विवरण

नाम : सुहाङ नेम्वाङ

जन्म : २०४६ फागुन ६ गते

जन्मस्थान : काठमाडौं

स्थायी ठेगाना : इलाम (परिवारसँग जोडिएको)

वैवाहिक स्थिति : अविवाहित

हालका प्रतिस्पर्धी :

नेकपा एमालेः सुहाङ नेम्वाङ

नेपाली कांग्रेसः भेषराज आचार्य

राष्ट्रिय स्वतन्त्र पार्टीः गोकुलबहादुर राई

श्रम संस्कृति पार्टीः सुदीप राई

राजनीतिक टाइमलाइन (मुख्य माइलस्टोन)

२०४६: काठमाडौंमा जन्म

२०८० भदौः बुवा सुवास नेम्वाङको निधन

२०८०: एमाले केन्द्रीय कानून विभागको सदस्यमा मनोनीत

२०८१ वैशाखः इलाम–२ उपनिर्वाचनमा उम्मेदवार तथा विजयी

२०८२: नेकपा एमाले केन्द्रीय सदस्य निर्वाचित

Battleground Analysis

अनुकूलता

  • बुवाको राजनीतिक विरासत र युवा अपील
  • उपनिर्वाचनमा प्राप्त बलियो जित
  • सौम्य आचरण, प्रतिस्पर्धीको सम्मान गर्ने स्वभाव

प्रतिकूलता

  • राजनीतिक अनुभव कम 
  • आन्तरिक पार्टी विवाद 
  • नेपोटिजमको आरोप
शिक्षा
बीएएलएलबी
संसदीय अनुभव
२०८१ को उपनिर्वाचन (इलाम–२): प्रतिनिधिसभा सदस्यमा निर्वाचित
हालको दल
नेकपा एमाले

राजनीतिक स्वभाव र शैली

राजनीतिक स्वभाव र शैली

सुहाङ नेम्वाङ कानून पृष्ठभूमिका युवा नेता हुन् । बुवाको विरासतलाई निरन्तरता दिंदै विकासमुखी र समावेशी राजनीतिमा विश्वास गर्छन्। खेलकुद, शिक्षा र स्थानीय मुद्दालाई प्राथमिकता दिन्छन्। राजनीतिमा नयाँ भए पनि इलामेली समाजमा छिट्टै लोकप्रिय बनेका छन्।

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
उपनिर्वाचन २०८१ इलाम–२ डम्बरबहादुर खड्का (नेपाली कांग्रेस) २१,९४२ २७,७७२ ५८३० सुहाङ नेम्वाङ विजयी

सुहाङ नेम्बाङको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

सुहाङ नेम्बाङ
२२४२६
भेषराज आचार्य नेपाली कांग्रेस
१४६५०
सुदीप राई श्रम संस्कृति पार्टी
१४४००
VS