अनुभवी राजनीतिक खेलाडी पाँचौ जित निकाल्ने दाउमा
पर्सा क्षेत्र नं ३ मा नेपाली कांग्रेसले पुनः सुरेन्द्रप्रसाद चौधरीलाई मैदानमा उतारेको छ । चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समेत सोही क्षेत्रबाट लडेका थिए । उनी दोस्रो बनेका थिए । सो वर्ष क्षेत्र नं ३ नेकपा एमालेले जितेको थियो ।
एमालेका राजकुमार गुप्ता २४ हजार ३१९ मत सहित विजयी हुँदा कांग्रेसका चौधरीले २४ हजार १५२ मत पाएका थिए ।
गत निर्वाचनलाई उनलाई तत्कालिन माओवादी केन्द्र र एकीकृत समाजवादीले समेत सहयोग गरेका थिए । यहाँ झिनो मतान्तरले नतिजा आएको थियो ।
६८ वर्षिय चौधरीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । उनी पर्सा पटेर्वा सुगौली गाउँपालिका थपरैयाका स्थानीय हुन् ।
लामो राजनीतिक अनुभवका वावजुत साधारण जीवनशैलीले उनी धेरैलाई प्रभावित बनाउने क्षमता राख्छन् । चारपटक सांसद बनेका उनी दुईपटक मन्त्री समेत बनेका छन् ।
अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेस पर्सा ३ मा सबैभन्दा अगाडी थियो । त्यसका आधारमा उनी स्वभाविक बलियो दावेदारका रुपमा रहेका छन् ।
अनुभवी राजनीतिज्ञ चौधरी नेपाली कांग्रेसका केन्द्रिय समस्य समेत हुन् । लामो राजनीतिक अनुभवका वावजुत साधारण जीवनशैलीले उनी धेरैलाई प्रभावित बनाउने क्षमता राख्छन् ।
चार पटक सांसद बनेका उनी दुईपटक मन्त्री समेत बनेका छन् । उनले विज्ञान तथा प्रविधि मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
उनले २०४८ सालदेखि नै यस क्षेत्रमा बलियो पकड राख्दै आएका छन् । उनी २०४८ सालयताका सबै निर्वाचनमा कांग्रेसको उम्मेदवार बन्दै आएका छन् । पर्साको क्षेत्र न. ३ थारु बाहुल्य क्षेत्र भएकाले समेत उनलाई यस क्षेत्रमा मूख्य प्रतिस्पर्धी मानिन्छ ।
Battleground Analysis
अनुकूलता
- सहज जित निकाल्न सक्ने खुवी र अनुभव
- स्वच्छ छवि र सादगी
- जातीय र क्षेत्रीय पकड
प्रतिकूलता
- नयाँ दल र युवा उम्मेदवारको दबाब
- उमेर र ऊर्जाको चुनौती
- सत्ताविरोधी लहर
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| प्रतिनिधिसभा निर्वाचन २०७९ | पर्सा - ३ | राजकुमार गुप्ता | २४३१९ | २४१५२ | १६७ | पराजित |
सुरेन्द्रप्रसाद चौधरीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

