Home Candidate यशोदा गुरुङ (सुवेदी)

समानुपातिकबाट प्रत्यक्ष परीक्षा

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
यशोदा गुरुङ (सुवेदी)
मनाङ - १ उम्मेदवार

यशोदा गुरुङ (सुवेदी)

महिला , ५७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Election History
Profile Election History

समानुपातिक सांसदबाट प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएकी यशोदा सुवेदीका लागि मनाङको चुनाव प्रतिष्ठा र चुनौती दुवै बनेको छ ।

०००

समानुपातिक कोटाबाट २०६४ सालमा संविधानसभा सदस्य र २०७४ सालमा प्रतिनिधिसभा सदस्य बनेकी यशोदा सुवेदी पहिलोपटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएकी छन् । माओवादी सशस्त्र संघर्ष हुँदै शान्ति प्रक्रियामा आएकी यशोदालाई यसपटक नेपाली कम्युनिस्ट पार्टीले मनाङबाट प्रतिनिधिसभा उम्मेदवार बनाएको हो ।

नेकपा नेता देवप्रसाद गुरुङले यसपटक आफू चुनाव नउठी लमजुङमा हरिजंग तामाङलाई टिकट दिलाएका छन् भने आफ्नो गृहजिल्लामा पत्नीसमेत रहेकी यशोदालाई मनाङबाट अघि सारेका हुन् । २०६४ सालमा देवप्रसाद गुरुङ कास्की–१ र मनाङ दुवै क्षेत्रबाट निर्वाचित भएका थिए र उनले मनाङ क्षेत्र रोजेका थिए ।

अघिल्लो निर्वाचनमा लमजुङबाट एमालेका पृथ्वीसुब्बा गुरुङसँग पराजित भएपछि देव गुरुङ यसपटक प्रत्यक्ष प्रतिस्पर्धामा नउत्रिएर अन्य नेताहरूलाई अघि सारेका हुन् । मनाङमा यशोदाको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका पूर्वसांसद तथा मन्त्री टेकबहादुर गुरुङसँग छ ।

टेकबहादुर गुरुङले आफूलाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयास पनि गरेका थिए । उनले एमालेका उम्मेदवार पोल्देन छोपाङलाई आफ्नो पक्षमा पार्दै उम्मेदवारी फिर्ता गराएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी दर्ता गर्न असफल भएको थियो ।  यशोदासँग पनि सहमतिको प्रयास भए तापनि उनको उम्मेदवारी यथावत् रहेको छ ।

२०२५ सालमा दाङमा जन्मिएकी यशोदा कम्युनिस्ट विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेकी हुन्। २०३७ सालदेखि राजनीतिक रूपमा सक्रिय यशोदा भूमिगत रहँदै माओवादी सशस्त्र संघर्षमा पति देव गुरुङसँगै सहभागी भएकी थिइन्।

२०६४ सालमा संविधानसभा सदस्य बनेकी यशोदाले विधायन समितिको सभापतिको जिम्मेवारी निर्वाह गरिन्। २०७४ सालमा प्रतिनिधिसभा सदस्य बनेकी यशोदा गुरुङ सुवेदी महिला सशक्तीकरण, शिक्षा र समावेशी राजनीतिक सहभागिताका सवालमा सक्रिय रहँदै आएकी छन्।

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • संविधानसभा र प्रतिनिधिसभा दुवैको संसदीय अनुभव
  • महिला सशक्तीकरण र समावेशी राजनीतिमा पहिचान
  • पार्टी नेतृत्वको स्पष्ट राजनीतिक समर्थन

प्रतिकूलता

  • मनाङसँग प्रत्यक्ष सामाजिक र सांस्कृतिक जरा कमजोर
  • स्थानीय नेटवर्क र संरक्षणको अभाव
  • शक्तिशाली र स्थापित प्रतिस्पर्धी उम्मेदवारसँग प्रत्यक्ष भिडन्त
संसदीय अनुभव
संविधान सभा सदस्य (२०६४), प्रतिनिधिसभा सदस्य (२०७४)
हालको दल
नेपाली कम्युनिस्ट पार्टी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
संविधानसभा सदस्य निर्वाचन २०६४ समानुपातिकबाट विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ समानुपातिकबाट विजयी

यशोदा गुरुङ (सुवेदी)को प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित