Home Candidate अमनिशकुमार यादव

पारिवारिक राजनीतिको विरासतको बलमा मैदानमा

http://नेकपा%20एमाले
अमनिशकुमार यादव
सर्लाही - ४ उम्मेदवार

अमनिशकुमार यादव

पुरुष , २७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
९३४३ मत
Profile
Profile

नेकपा एमालेले सुरुवातमा सर्लाही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–४ का लागि रविसिंह कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सचिवालय बैठकबाट औपचारिक रूपमा तय भइसकेको यो निर्णय अन्तिम समयमा आएर पल्टियो। कारण बन्यो— प्रभावशाली नेता शिवपुजन यादवको एमाले प्रवेश। बुवा एमाले प्रवेश गरेसँगै छोरा अमनिशकुमार यादवले सर्लाही–४ को टिकट पाए।

भर्खरै २७ वर्ष पूरा गरेका अमनिशकुमार यादव सर्लाहीको राजनीतिमा परिचित नाम शिवपुजन यादवका छोरा हुन् ।

युवा उमेरमै प्रतिनिधिसभाको उम्मेदवार बनेका यादवले आफूलाई 'धेरै भाषण होइन, काम गरेर देखाउने' उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आएका छन्। आफ्नै गाउँ–ठाउँका छोरालाई अवसर दिन उनले मतदातासँग आग्रह गरिरहेका छन्।

आफू किसान परिवारको छोरा भएको उल्लेख गर्दै यादवले आफ्ना बाजे–पुर्खा पनि किसान नै रहेको बताउँछन्।

किसानका समस्या नजिकबाट बुझेको दाबी गर्दै उनले जनताको साथ पाए समाधान गरेर देखाउने प्रतिबद्धता जनाउँदै घरदैलो अभियानमा सक्रिय छन् ।

औपचारिक रूपमा उनले वाणिज्य शास्त्रमा स्नातक तहको अध्ययन पूरा गरेका छन्।

अमनिशका पिता शिवपुजन यादव सर्लाहीको राजनीतिमा प्रभावशाली व्यक्तित्व मानिन्छन्। उनको परिवार लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएको छ।

शिवपुजनकी श्रीमती मीना यादव २०७९ सालमा समानुपातिकतर्फ माओवादी केन्द्रबाट सांसद बनेकी थिइन्। सोही वर्ष उनकी छोरी मधुमाला कुमारी यादव पनि सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवार बनेकी थिइन्।

तत्कालीन कांग्रेस–माओवादी गठबन्धनका कारण कांग्रेसले यो क्षेत्र पाएपछि शिवपुजनले छोरीलाई बागी उम्मेदवार बनाएका थिए।

उक्त निर्वाचनमा मधुमालाले १४ हजारभन्दा बढी मत प्राप्त गरेकी थिइन्, जसले परिवारको स्थानीय राजनीतिक प्रभावलाई प्रस्ट्याएको थियो।

शिवपुजन यादव २०७४ सालदेखि माओवादी केन्द्रमा सक्रिय थिए। रामनगर गाउँपालिकामा उनका अर्का छोरा राजाबाबु यादव अध्यक्षमा निर्वाचित भएका थिए।

आगामी निर्वाचनका लागि शिवपुजनले सर्लाही–४ बाट अमनिशका लागि टिकट मागेका थिए। तर माओवादीले रजनीश राय यादवलाई उम्मेदवार बनाएपछि उनी एमाले प्रवेश गरेका हुन्।

एमालेले सुरुमा रविसिंह कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरे पनि अन्तिम समयमा निर्णय उल्ट्याउँदै २७ वर्षीय अमनिशकुमार यादवलाई उम्मेदवार बनायो। यही निर्णयले पार्टीभित्र र बाहिर दुवै ठाउँ चर्चा र विवाद जन्माएको छ।

अब सर्लाही–४ मा अमनिशले नेपाली कांग्रेसका प्रभावशाली नेता, रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहलगायतसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने छ। युवा उमेर, पारिवारिक प्रभाव र आकस्मिक टिकट— यी सबै तत्वले उनको चुनावी यात्रा रोचक तर चुनौतीपूर्ण बनाएको छ।

Battleground Analysis

अनुकूलता

  • शक्तिशाली राजनीतिक परिवारको सञ्जाल
  • बुवा, आमा, दिदी र दाजु सबै सक्रिय राजनीतिमा रहेकाले बलियो स्थानीय पहुँच।
  • २७ वर्षको उमेर : युवा र नयाँ अनुहारको आकर्षण

प्रतिकूलता

  • वंशीय/परिवार–केन्द्रित राजनीति भन्ने आलोचना
  • टिकट पाउने प्रक्रिया नै विवादित हुनुप्रत्यक्ष ठूला चुनावी अनुभवको कमी
शिक्षा
स्नातक
संसदीय अनुभव
पटकपटक प्रतिनिधिसभा सदस्य
हालको दल
नेकपा एमाले

अमनिशकुमार यादवको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

अमनिशकुमार यादव
९३४३
अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी
३५६८८
गगनकुमार थापा नेपाली कांग्रेस
२२८३१
VS