Home Candidate आनन्‍दबहादुर चन्‍द

शिक्षा–स्वास्थ्य क्षेत्रमा विशेषज्ञ, राजनीतिमा नयाँ अनुहार

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
आनन्‍दबहादुर चन्‍द
कैलाली - ५ उम्मेदवार

आनन्‍दबहादुर चन्‍द

पुरुष , ५० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
३१९५३ मत
विजयी
Profile
Profile

 

विश्वका दर्जनौँ देशमा अनुभव लिएर आनन्दबहादुर चन्द पहिलोपटक संसदीय राजनीतिमा होमिएका छन्। शिक्षा, विज्ञान र जनस्वास्थ्यका क्षेत्रमा दशकौँ काम गरेका चन्द अब आफ्नो अनुभवलाई कैलाली–५ का मतदातासँग सेवा र सुधारका लागि रूपान्तरण गर्न चाहन्छन् ।

१४ जेठ २०३२ मा जन्मिएका चन्दले त्रिभुवन विश्वविद्यालय पाटन बहुमुखी क्याम्पसमा १७ वर्ष उपप्राध्यापकका रूपमा काम गरे ।

जैविक रसायनशास्त्रमा स्नातकोत्तर र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीसँग सहकार्यमा पीएचडी पूरा गरेका उनी शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा प्रख्यात छन् ।

सेती प्रादेशिक अस्पताल, फाप्ला क्रिकेट मैदान, गेटा मेडिकल कलेज जस्ता स्थानीय मुद्दाहरूलाई चुनावी एजेन्डामा समेटेका छन्।

राजनीतिक रूपमा चन्द विगतमा माओवादी केन्द्रप्रति वैचारिक आस्था राख्थे, तर हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट पहिलो पटक संसदीय चुनाव लडेका छन् ।

डा. आनन्दबहादुर चन्दका लागि यो निर्वाचन "बौद्धिकता भर्सेस परम्परागत राजनीति" को लडाइँ हो। धनगढी उपमहानगरपालिकाका सचेत मतदाताले यदि 'मत बदल्ने' निर्णय गरे भने चन्दले यो क्षेत्रबाट रास्वपाको इतिहास रच्न सक्छन्।

कैलाली–५ का मतदाता परिवर्तनशील र सचेत मानिन्छन्, जसले नयाँ अनुहार र विद्रोही मतको अवसर बढाएको छ ।

चन्दले आफ्नो चुनावी अभियानमा शिक्षा नीति सुधार, सरकारको कार्यकुशलता र स्थानीय जनहितका मुद्दा विशेष प्राथमिकता बनाएका छन्। उनले मतदातासँग प्रत्यक्ष भेटघाट गरी “तपाईं मत बदल्नुहोस्, हामी देश बदल्छौँ” भन्ने सन्देश फैलाइरहेका छन् ।

Battleground Analysis

अनुकूलता

  • शिक्षा, स्वास्थ्य र अनुसन्धान क्षेत्रमा अनुभव
  • नयाँ राजनीतिक अनुहार
  • लोकप्रिय सामाजिक अभियान

प्रतिकूलता

  • हेभिवेट प्रतिस्पर्धीहरू
  • रास्वपाको सांगठनिक संरचना
  • विगतको मत परिणाम
शिक्षा
स्नातकोत्तर
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

आनन्‍दबहादुर चन्‍दको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित