Home Candidate अनिलकुमार रुंगटा

२५ वर्षे औद्योगिक अनुभवसहित राजनीतिमा

http://नेपाली%20कांग्रेस
अनिलकुमार रुंगटा
पर्सा - १ उम्मेदवार

अनिलकुमार रुंगटा

पुरुष , ५७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Election History
Profile Election History

स्टील तथा फलाम उद्योगमा २५ वर्षभन्दा बढीको अनुभव संगालेका रुंगटा वाणिज्यमा स्नातक हुन्। वीरगन्जका स्थानीय बासिन्दा उनी प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्।

000

 

अनिलकुमार रुंगटा स्टील, फलाम तथा सिमेन्ट उद्योगमा लामो समयदेखि संलग्न एक अनुभवी उद्योगपति हुन् । उनी जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुन्, जुन उद्योग मुख्यतः स्टिल र पाइप उत्पादनमा सक्रिय छ । साथै, उनी सम्राट सिमेन्ट कम्पनीका अध्यक्ष समेत हुन्।

स्टील तथा फलाम उद्योगमा २५ वर्षभन्दा बढीको अनुभव संगालेका रुंगटा वाणिज्यमा स्नातक हुन्। वीरगन्जका स्थानीय बासिन्दा उनी प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्।

यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनले पर्सा–१ बाटै नेपाली कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गरेका थिए। सो निर्वाचनमा संघीय समाजवादीका प्रदीप यादवसँग ४ हजार ६५१ मतको अन्तरले पराजित भएका थिए। उक्त चुनावमा प्रदीप यादवले २१ हजार १३२ मत ल्याउँदा रुंगटाले १६ हजार ४८१ मत प्राप्त गरेका थिए।

रुंगटा सन् २००५ देखि जगदम्बा इन्टरप्राइजेज प्रालिमा निर्देशकको रूपमा कार्यरत छन्। उनी मुख्यतः बिक्री तथा मार्केटिङ, कच्चा पदार्थको खरिद तथा उद्योग सञ्चालन सम्बन्धी कार्यमा निपुण मानिन्छन्। उनको व्यवस्थापकीय अनुभवकै कारण जगदम्बा इन्टरप्राइजेजले स्टील क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइन्छ।

सामाजिक क्षेत्रमा पनि उनी सक्रिय छन्। हाल उनी रोटरी क्लबका सदस्य हुन्। वीरगन्ज चेम्बर अफ कमर्सका पूर्व सदस्य रहिसकेका उनी सीएनआईका सदस्य पनि हुन्। साथै, एमएस वायर नेट उत्पादन तथा आपूर्ति गर्ने जगदम्बा मेटल क्राफ्ट्सका मालिक समेत उनी नै हुन्।

व्यवसायिक रूपमा उनको परिवार विशाल हार्डवेयर, विशाल सप्लायर्स र स्टील वुड इन्टरप्राइजेजसँग आबद्ध छ। स्टील वुड नेपालभर आइरन र स्टील आपूर्तिमा संलग्न रहेको छ।

स्टील उत्पादन तथा देशव्यापी आपूर्तिमा उनको सक्रियताले मुलुकको निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान पुग्दै आएको छ। प्रतिनिधि सभामा निर्वाचित भएमा निर्माण क्षेत्रको प्रवर्द्धनसँगै आर्थिक विकासका एजेन्डालाई प्राथमिकता दिने रुंगटाको भनाइ छ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • विशिष्ट व्यावसायिक अनुभव
  • आर्थिक र व्यवस्थापकीय निपुणता
  • स्थानीयता र सामाजिक संलग्नता
  • स्थानीय र राष्ट्रिय नेटवर्क

प्रतिकूलता

  • विगतको पराजय
  • मतान्तरको चुनौती
  • व्यावसायिक स्वार्थको टकराव
शिक्षा
स्नातक

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ पर्सा - १ प्रदीप यादव २११३२ १६४८१ ४६५१ पराजित

अनिलकुमार रुंगटाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित