Home Candidate नन्दकिशोरप्रसाद श्रीवास्तव

परम्परागत एजेन्डासहित चुनावी मैदानमा

http://राष्ट्रिय%20प्रजातन्त्र%20पार्टी
नन्दकिशोरप्रसाद श्रीवास्तव
पर्सा - १ उम्मेदवार

नन्दकिशोरप्रसाद श्रीवास्तव

पुरुष , ६५ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१२७२ मत
Profile
Profile

परम्परागत मूल्य, राष्ट्रिय पहिचान, धर्म–संस्कृति संरक्षण तथा संविधान सुधार राप्रपाका मूल एजेन्डा हुन्। ती एजेन्डालाई स्थानीय तहसम्म पुर्‍याउने उद्देश्यसहित नन्दु श्रीवास्तव राजनीतिक रूपमा सक्रिय देखिन्छन्।

०००

६५ वर्षीय नन्द किशोरप्रसाद श्रीवास्तव (नन्दु श्रीवास्तव) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार हुन्।

वीरगञ्जस्थित कुम्हाल टोलका स्थायी बासिन्दा रहेका उनले कक्षा १० सम्म अध्ययन गरेका छन्। नन्दु श्रीवास्तव राप्रपाका पर्सा जिल्लामा परिचित नेता मानिन्छन्। लामो समयदेखि पार्टी संगठन, जनसम्पर्क र वैचारिक राजनीतिमा सक्रिय रहँदै आएका उनी पर्सामा राप्रपाको उपस्थितिलाई बलियो बनाउने अभियानमा जुटेका छन्।

उनी पूर्वमन्त्री तथा वीरगञ्जका पूर्वमेयर विमल श्रीवास्तवका सहोदर भाइ हुन्। राजनीतिबाहेक उनी एक कुशल कलाकारका रूपमा पनि चिनिन्छन्। उनले २०८१ साल फागुनमा राप्रपामा प्रवेश गरेका हुन्।

परम्परागत मूल्य, राष्ट्रिय पहिचान, धर्म–संस्कृति संरक्षण तथा संविधान सुधार राप्रपाका मूल एजेन्डा हुन्। ती एजेन्डालाई स्थानीय तहसम्म पुर्‍याउने उद्देश्यसहित नन्दु श्रीवास्तव राजनीतिक रूपमा सक्रिय देखिन्छन्।

उनको राजनीतिक प्राथमिकतामा पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन र स्थानीय मुद्दामा आवाज उठाउने कार्य रहेको छ।

Battleground Analysis

अनुकूलता

  • राजनीतिक विरासत र पारिवारिक पृष्ठभूमि
  • स्थानीयता र जनसम्पर्क
  • बहुआयामिक व्यक्तित्व
  • स्पष्ट वैचारिक एजेन्डा

प्रतिकूलता

  • राप्रपाको सीमित मताधार 
  • स्थापित दलका उम्मेदवारसँग कडा प्रतिस्पर्धा
  • न्यून शैक्षिक योग्यता
  • पार्टी परिवर्तनको प्रभाव
शिक्षा
कक्षा १०
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्यमा पहिलोपटक उम्मेदवार

नन्दकिशोरप्रसाद श्रीवास्तवको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित