Home Candidate अर्जुनबहादुर थापा मगर

संसदीय निर्वाचनमा पहिलो प्रतिस्पर्धा

http://राष्ट्रिय%20जनमोर्चा
अर्जुनबहादुर थापा मगर
रामेछाप - १ उम्मेदवार

अर्जुनबहादुर थापा मगर

पुरुष , ५१ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट धवलागिरि गाउँपालिका–७, धारापानीका ४१ वर्षीय अर्जुनबहादुर थापाले उम्मेदवारी दिएका छन्। थापा २०५४ मा हेम माध्यमिक विद्यालयमा अखिल क्रान्तिकारीको प्रारम्भिक कमिटीको अध्यक्ष बने।

२०६३–६४ मा अखिल क्रान्तिकारीको आरआर क्याम्पस कमिटीको अध्यक्ष बनेका उनले २०६७ मा काठमाडौँ जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी पाए। २०७७ देखि नेकपाको विशेष प्रदेश सचिवालय सदस्य छन्।

अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थापाले पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ नेकपा बन्नुअघिको माओवादी केन्द्रको ९ हजार ७० र एकीकृत समाजवादीको २८५ मत थियो। त्यस्तै, नेकपा (एमाले) ले १८ हजार २७३, नेपाली कांग्रेसले १३ हजार ६९३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३ हजार ५७९ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ हजार २५३ मत पाएको थियो।

यो क्षेत्रमा एमालेबाट हरिकृष्ण श्रेष्ठ, कांग्रेसबाट कर्णबहादुर भण्डारी, रास्वपाबाट युवराज रोका र पूर्वमन्त्री महावीर पुनले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

२०५४ देखि निरन्तर राजनीतिमा क्रियाशील युवा नेता थापाले जित्न राम्रै मेहनत गर्नुपर्ने देखिन्छ।

अर्जुनबहादुर थापा मगरको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित