Home Candidate मन्धरा चिमरिया

दुई ‘भावी प्रधानमन्त्री’ लाई चुनौती दिँदै कांग्रेसकी मन्धरा

http://नेपाली%20कांग्रेस
मन्धरा चिमरिया
झापा - ५ उम्मेदवार

मन्धरा चिमरिया

महिला , ६३ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१८२१ मत
Profile
Profile

भावी प्रधानमन्त्री घोषणा गरिएका एमालेका केपी शर्मा ओली र रास्वपाका बालेन शाहलाई चुनौती दिँदै चुनावी मैदानमा होमिएकी छिन् कांग्रेसकी मन्धरा चिमरिया ।

०००

नेपाली कांग्रेसको तर्फबाट झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाकी उम्मेदवार बनेकी छिन् मन्धरा चिमरिया । उनको प्रतिस्पर्धा प्रधानमन्त्रीका दुई दाबेदार केपी शर्मा ओली र बालेन शाहसँग हुँदैछ ।

यो क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष ओली पटकपटक निर्वाचित हुँदै आएका छन् । काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर रास्वपा प्रवेश गरेका बालेन पनि ओलीलाई चुनौती दिन यही क्षेत्र पुगेका छन् ।

दमक निवासी ६३ वर्षीय चिमरिया प्रतिनिधिसभामा पहिलो पटक उम्मेदवार बनेकी हुन् । एसएलसीसम्मको अध्ययन गरेकी चिमरिया कांग्रेसकी महासमिति सदस्य हुन् ।

चिमरियाले २०७९ सालको निर्वाचनमा दमकको मेयर पदमा उम्मेदवार हुने आकांक्षा राखेकी थिइन् । कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी गठबन्धन गरेको हुँदा चिमरियाले स्थानीय तहमा उठ्न पाइनन् । कांग्रेसको समर्थनमा राप्रपाका उम्मेदवार राम थापा दमकको मेयरमा निर्वाचित भए ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा खुलेकी चिमरिया विगतमा झापामा महिला संघको सचिव र उपाध्यक्ष बनेकी थिइन् ।

झापाका कांग्रेस नेता लोकराज ढकालका अनुसार चिमरिया सामाजिक क्रियाकलापमा सक्रिय व्यक्ति हुन् ।

२०४८ सालदेखि नै कांग्रेसमा आबद्ध भएकी चिमरिया झापामा सामाजिक र धार्मिक कार्यमा अग्रणी नाम रहेको ढकाल सुनाउँछन् । उनले अनलाइनखबरसँग भने, ‘सामाजिक कार्यमा सक्रिय व्यक्ति हुनुहुन्छ । उहाँको लागि सिंगो पार्टी संरचना क्रियाशील छ ।’

यसअघि कुनै तहको निर्वाचनमा पनि प्रतिस्पर्धा नगरेकी चिमरियालाई भावी प्रधानमन्त्री भन्दै प्रचार गरिरहेका एमाले अध्यक्ष ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहसँग भिड्न कांग्रेसले उम्मेदवार बनाएको हव ।

यस क्षेत्रमा पूर्वप्रधानमन्त्री ओली, रास्वपा वरिष्ठ नेता शाह, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङ, राप्रपाका लक्ष्मीप्रसाद संग्रौला, श्रम संस्कृति पार्टीका समिर तामाङलगायत उम्मेदवार छन् । झापा–५ मा दलीय र स्वतन्त्र गरी २४ उम्मेदवार छन् ।
झापा–५ कांग्रेसका लागि विगतको नजिता सुखद देखिएको छैन । एमाले अध्यक्ष ओलीसँग कांग्रेसका उम्मेदवार निरन्तर पराजित हुँदै आएका छन् ।

गत चुनावमा एमाले अध्यक्ष ओलीले ५२ हजार ३१९ प्राप्त गरेर कांग्रेसका उम्मेदवालाई फराकिलो अन्तरले पराजित गरेका थिए । कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७४३, रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत पाएका थिए ।

ओलीले प्राप्त गरेको मत राप्रपासँग तालमेल सहितले सम्भव भएको हो । त्यसअघिको निर्वाचन (२०७४) मा समेत ओलीसँग कांग्रेसका उनै उम्मेदवार अधिकारी पराजित भएका थिए । 

प्रत्यक्षमा रास्वपालाई जितेको कांग्रेस समानुपातिकमा झनै तल पुगेको थियो । एमालेको पक्षमा समानुपातिक मत ३५ हजार ८७२ खस्दा रास्वपाले दोस्रो स्थानको मत पाएको थियो । रास्वपाले १८ हजार २०५, कांग्रेसले १६ हजार ८५९ मत ल्याएको थियो ।

 

 

 

 

 

Battleground Analysis

अनुकूलता

  • स्थानीय पहिचान र सामाजिक सक्रियता
  • कांग्रेसको संगठनात्मक साथ
  • दुई हेभिवेटबीच मत बाँडिदा पर्न सक्ने सकारात्मक प्रभाव

प्रतिकूलता

  • राष्ट्रिय स्तरका चर्चित व्यक्तित्वसँग प्रतिस्पर्धा
  • क्षेत्रमा विगतको कमजोर चुनावी नतिजा
  • प्रत्यक्ष चुनावी रणनीति र व्यवस्थापनमा अनुभवकाे कमी

मन्धरा चिमरियाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

मन्धरा चिमरिया
१८२१
बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी
६८३४८
केपी शर्मा ओली नेकपा एमाले
१८७३४
VS