Home Candidate विवेककुमार श्रेष्ठ

व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
विवेककुमार श्रेष्ठ
बाँके - २ उम्मेदवार

विवेककुमार श्रेष्ठ

पुरुष , ४३ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१८५८२ मत
Profile
Profile

नेपालगञ्ज उपमहानगरपालिका–१, धम्बोझीका विवेककुमार श्रेष्ठ २०३८ सालमा जन्मिएका हुन् । वाणिज्यशास्त्रमा स्नातक गरेका उनी व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् ।

बेष्टर्न अटो, सिद्धार्थ लिंक लगायत व्यापारिक फर्मको प्रबन्ध निर्देशक भएर काम गरेका उनले नेपाल अटो मोबाइल एशोसिएसन लुम्बिनी प्रदेशको सचिव भएर काम गरेका छन् ।

स्थापनाकालदेखि नै रास्वपामा सक्रिय श्रेष्ठ नेपालगञ्जमा पार्टीको संगठन निर्माणमा निरन्तर क्रियाशील छन् । उनी बाँके–२ का रास्वपाको संस्थापक सभापति हुन् ।

२०७९ मा यो क्षेत्रमा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार धवलशमशेर राणा २९ हजार ५७७ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका विनोद अग्रहरीले १ हजार ३३३ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ रास्वपाले ४ हजार १०३ मत ल्याएको थियो ।

बाँके–२ मा १ लाख ८ हजार २९० मतदाता छन् । २१ फागुनको निर्वाचनका लागि एमालेले पूर्व मन्त्री इस्तियाक राई, नेपाली कांग्रेसले सुधान्सु कोइराला, नेपाली कम्युनिष्ट पार्टीले दिपेन्द्र श्रेष्ठ, राप्रपाले ऋषिराज देवकोटा, जनता समाजवादी पार्टी, नेपालले कमरुद्दीन राईलाई उम्मेदवार बनाएको छ ।

युवाहरू बीच लोकप्रिय तथा राम्रो सञ्चार कौशल भए पनि श्रेष्ठले जित निकाल्न भने फलामकै चिउरा चपाउनुपर्ने देखिन्छ ।

Battleground Analysis

अनुकूलता

  • संगठनात्मक जग र निष्ठा
  • व्यापारिक र सामाजिक पहिचान
  • युवा र सहरी मत

प्रतिकूलता

  • 'हेभीवेट' प्रतिस्पर्धीहरूको भिड
  • विविधतापूर्ण मतदाता
  • अघिल्लो मतको खाडल
शिक्षा
स्नातक
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

विवेककुमार श्रेष्ठको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित