Home Candidate सुदर्शन बराल

संविधानसभा र प्रदेश सभापछि प्रतिनिधिसभामा

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
सुदर्शन बराल
गुल्मी - १ उम्मेदवार

सुदर्शन बराल

पुरुष , ४९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
३१६७ मत
Profile Election History
Profile Election History

शहीदको जीवनीबाट प्रेरित भएर राजनीतिमा लागेका बराल २०५४ सालमा नेकपा (माओवादी)बाट भूमिगत राजनीतिमा होमिए । 

०००

गुल्मीको चन्द्रकोटमा २०३३ सालमा जन्मिएका सुदर्शन बरालको राजनीति एमाले समर्थित अनेरास्ववियुबाट शुरु भयो । शहीदको जीवनीबाट प्रेरित भएर राजनीतिमा लागेका उनी २०४६ सालको जनआन्दोलनमा सहभागी भए ।

२०५४ सालमा नेकपा (माओवादी)बाट भूमिगत राजनीतिमा होमिए । माओवादीको पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा पुगे ।

२०६४ सालमा गुल्मी–१ बाट संविधानसभा सदस्य निर्वाचित भए । २०७० को संविधानसभा निर्वाचनमा पराजित भए ।

२०७४ सालमा लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित उनी प्रदेश सामाजिक विकास मन्त्री बने । २०७९ मा प्रदेश सभा सदस्यमा दोहोरिने चाहना भने पूरा भएन । सत्ता गठबन्धनको साथ पाएर माओवादीबाट उम्मेदवारी दिएका उनी एमालेका उम्मेदवारसँग पराजित भए ।

जेनजी आन्दोलनपछि माओवादीले विभिन्न दललाई एकठाउँमा ल्याएर नेपाली कम्युनिष्ट पार्टी गठन गर्‍यो । बरालले त्यही नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएका हुन् ।

गुल्मी–१ मा बरालसँगै नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी, एमालेका प्रदीप ज्ञवाली, राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल लगायतले उम्मेदवारी दिएका छन् ।

गत निर्वाचनमा समानुपातिकमा एमालेले २८ हजार ४५३, कांग्रेसले २३ हजार ४१३, रास्वपाले ८ हजार ११६, माओवादीले ६ हजार २५७ र राष्ट्रिय जनमोर्चाले १ हजार २२४ मत पाएको थियो ।

Battleground Analysis

अनुकूलता

  • राजकीय पदको अनुभव
  • जिल्लाकै राजनीतिमा भिजेका
  • सांगठनिक सीप र समर्पित कार्यकर्ताको पंक्ति

प्रतिकूलता

  • राष्ट्रिय कदका नेताहरूसँगको प्रतिस्पर्धा
  • कमजोर दलीय मत आधार
  • रास्वपाको नयाँ चुनौती
संसदीय अनुभव
संविधान सभा सदस्य (२०६४), गण्डकी प्रदेश सभा सदस्य (२०७४)
हालको दल
नेपाली कम्युनिस्ट पार्टी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
संविधानसभा सदस्य निर्वाचन २०६४ गुल्मी - १ सुवर्ण ज्वारचन (कांग्रेस) ९७०१ १४१६५ ४४६४ विजयी
संविधानसभा सदस्य निर्वाचन २०७० गुल्मी - १ कृष्णबहादुर छन्तेल थापा १०५९२ ५०३२ ५५६० पराजित
लुम्बिनी प्रदेश सभा निर्वाचन २०७४ गुल्मी - १ (१) पृथबहादुर फौदार (कांग्रेस) १३२९९ १७९१० ४६११ विजयी
लुम्बिनी प्रदेश सभा निर्वाचन २०७९ गुल्मी - १ (१) चिन्तामणि पाण्डे (एमाले) १५१२७ १४२६३ ८६४ पराजित

सुदर्शन बरालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

सुदर्शन बराल
३१६७
सागर ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी
२९६४२
प्रदीपकुमार ज्ञवाली नेकपा एमाले
१५१८१
VS