प्रदेशको अनुभव लिएर संघीय संसद् छिर्ने प्रयत्न
नेकपा एमाले ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका सञ्जेल प्रदेशसभामा प्रतिनिधित्व गरिसकेका व्यक्ति हुन् ।
०००
ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेले चेतनाथ सञ्जेललाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । ६० वर्षीय सञ्जेल गोदावारी नगरपालिका टाहाखेलका स्थायी बासिन्दा हुन् । उनी खेमराज सञ्जेलका छोरा हुन् ।
सरस्वती मावि ठेचोबाट एसएलसी पास गरेका उनले त्यसपछि औपचारिक शिक्षा लिएका छैनन् । पहिले बागमती प्रदेशसभा सदस्य रहेका उनी २०७४ सालमा ललितपुर १ (१) बाट निर्वाचित भएका थिए । त्यसबेला आफूले गाउँमा बाटो, बिजुली र अन्य सुविधा पुर्याउन जोड दिएको उनको दाबी छ ।
२०७९ सालको प्रदेशसभा चुनावमा भने सञ्जेल विजयी हुन सकेनन् । यद्यपि, यस पटक एमालेले प्रतिनिधिसभाकै लागि उनलाई उम्मेदवार बनाएको छ । उनले अधुरा विकास पूरा गर्ने र रोजगारी बढाउन भूमिका खेल्ने बताएका छन् । यो क्षेत्रमा कुल मतदाता करिब ७७ हजार ७३७ छन् ।
सञ्जेलका मुख्य प्रतिस्पर्धीहरूमा नेपाली कांग्रेसबाट उदयशमशेर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धरत्न महर्जन, नेकपा (माओवादी केन्द्र) बाट सुनिल महर्जन लगायतका उम्मेदवार छन् ।
Battleground Analysis
अनुकूलता
- स्थानीय आवश्यकताको व्यावहारिक ज्ञान
- मतदातासँग प्रत्यक्ष सम्बन्ध
- बलियो संगठन, कार्यकर्ता सञ्जाल र परम्परागत मताधार
प्रतिकूलता
- पछिल्लो प्रदेशसभा चुनावमा पराजयकाे असर
- प्रभावशाली प्रतिस्पर्धी
- राष्ट्रिय राजनीतिमा पार्टीको आलोचना
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| बागमती प्रदेश सभा निर्वाचन २०७४ | ललितपुर - १ (२) | मीनकृष्ण महर्जन (कांग्रेस) | 11742 | 12866 | ११२४ |
|
| प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ | ललितपुर - १ | मीनकृष्ण महर्जन (कांग्रेस) | 13378 | 9164 | 4214 | पराजित |
चेतनाथ सञ्जेलको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?


