Home Candidate ध्रुवबहादुर प्रधान

प्रतिस्पर्धामा पूर्वआईजीपी

http://राष्ट्रिय%20प्रजातन्त्र%20पार्टी
ध्रुवबहादुर प्रधान
नवलपरासी - २ उम्मेदवार

ध्रुवबहादुर प्रधान

पुरुष , ७७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
४६९१ मत
Profile Election History
Profile Election History

गत निर्वाचनको समानुपातिक मत पनि राप्रपाको सबैभन्दा बढी थियो । प्रधानलाई जितका लागि त्यतिबेलाको मत जोगाउने चुनौती छ ।

०००

पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) ध्रुवबहादुर प्रधान नवलपरासी–२ बाट निर्वाचन निवर्तमान सांसद् हुन् । उनी रामग्राम, जमुवाडमा २००५ सालमा जन्मिएका थिए ।

२०२७ सालमा प्रहरी निरीक्षकबाट जागीर शुरु गरेका प्रधान २०३६ सालको जनमतसंग्रहमा काठमाडौंमा कार्यरत थिए । २०४८ को आमनिर्वाचनका बेला उपत्यकाको मध्यक्षेत्र कमाण्डको जिम्मेवारी सम्हाले ।

राप्रपाका लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र एमालेका वामदेव गौतम गृहमन्त्री भएका बेला अच्युतकृष्ण खरेललाई हटाएर प्रधानलाई आईजीपी नियुक्त गरिएको थियो । उनको नियुक्ति सम्बन्धी विवाद अदालतसम्म पुग्यो । नौ महिनापछि सर्वोच्च अदालतले प्रधानको नियुक्ति बदर गर्दै खरेललाई जिम्मेवारीमा फर्काएको थियो ।

त्यसपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राज्यमन्त्री सरहको सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरेका थिए, २०५४ सालमा ।

प्रधान २०५६ सालको आमनिर्वाचनमा नवलपरासीबाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा थिए । राप्रपाले नवलपरासी–४ मा उम्मेदवार बनायो । त्यो निर्वाचनमा कांग्रेसका देवेन्द्रराज कँडेलसँग भारी मतान्तरले पराजित भए ।

२०६४ सालको पहिलो संविधानसभामा नवलपरासी–४ बाट उम्मेदवारी दिएर पराजित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि उम्मेदवारी दिए, फेरि जित्न सकेनन् । २०७४ मा राप्रपाले कांग्रेससँग गठबन्धन गरेकाले उनी उठेनन् । तीन पटकसम्म पराजय भोगिसकेकाले २०७९ मा चुनाव लड्ने इच्छा थिएन । तर, पार्टीले टिकट दियो ।

चौथो प्रयासमा भने सफल भए । कांग्रेसका देवेन्द्रराज कँडेललाई भारी मतान्तरले पराजित गरे । प्रधानले ३४ हजार ७६४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कँडेलको १९ हजार ५९४ मत थियो ।

२०८० माघमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री बने ।

विद्यावारिधि गरेका प्रधान सन् २००६ देखि २०१४ सम्म नेपाल ओलम्पिक कमिटीको अध्यक्ष थिए । पार्टीको केन्द्रीय सदस्यहुँदै सहायक महामन्त्री, महामन्त्री, प्रशिक्षण विभाग प्रमुख, संगठन विभाग प्रमुख, संसदीय फाँट प्रमुखहुँदै हालको निर्वाचनमा गठन भएको स्थानीय तह परिचालन विभाग प्रमुख र उपाध्यक्ष बने ।

गत निर्वाचनको समानुपातिक मत पनि राप्रपाको सबैभन्दा बढी थियो । प्रधानलाई जितका लागि त्यतिबेलाको मत जोगाउने चुनौती छ ।

Battleground Analysis

अनुकूलता

  • अघिल्लो निर्वाचनमा फराकिलो मतान्तरको जित
  • उच्च शैक्षकि र प्रशासनकि छवि
  • पार्टी संगठनमा राम्रो पकड

प्रतिकूलता

  • सत्ता विरोधी लहर
  • युवा उम्मेदवारप्रतिको आकर्षण
  • प्रहरी सेवामा हुँदाको उत्तार चढाव
शिक्षा
स्नातकोत्तर
हालको दल
राष्ट्रिय प्रजातन्त्र पार्टी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०५६ नवलपरासी -४ देवेन्द्रराज कँडेल पराजित
२०६४ नवलपरासी–४ चिनक कुर्मी (माओवादी) १०५९२ ४२९९ ६२९३ पराजित
२०७० नवलपरासी–४ वैजनाथ चौधरी थारु (एमाले) १०७५० १३९४ ९३५६ पराजित
२०७९ नवलपरासी (बर्दघाट सुस्तापश्चिम) देवेन्‍द्रराज क‌ण्डेल १९५९४ ३४७६४ १५१७० विजयी

ध्रुवबहादुर प्रधानको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित