Home Candidate दिलीपकुमार शर्मा नेपाल

राष्ट्रिय पहिचानको मुद्दा बोकेर चुनावी मैदानमा

http://राष्ट्रिय%20प्रजातन्त्र%20पार्टी
दिलीपकुमार शर्मा नेपाल
बारा - ४ उम्मेदवार

दिलीपकुमार शर्मा नेपाल

पुरुष , ५४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

शर्माले राष्ट्रिय पहिचान, धर्म–संस्कृति संरक्षण, संवैधानिक राजसंस्था, सुशासन र स्थानीय विकासलाई आफ्नो प्रमुख चुनावी एजेन्डाका रूपमा अघि सारेका छन् ।

 ००००

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बारा क्षेत्र नम्बर ४ बाट दिलीप शर्मा नेपाललाई उम्मेदवार बनाएको छ ।

लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय शर्मा कम्युनिस्ट आन्दोलनदेखि संवैधानिक राजतन्त्रको पक्षधर राजनीतिसम्मको यात्राका कारण परिचित छन् ।

२०२८ असार २९ गते भारतको आसाम राज्यको गुवाहटीमा जन्मिएका शर्माका बुवा प्रेमलाल शर्मा र आमा मनमाया शर्मा हुन् । हाल उनी जीतपुरसिमरा उपमहानगरपालिका–४, औराहा, बारामा बसोबास गर्दै आएका छन् ।

शैक्षिक रूपमा शर्माले राजनीतिशास्त्रमा स्नातक अध्ययन पूरा गरेका छन् । राजनीतिक सिद्धान्त र शासन व्यवस्थाबारेको अध्ययनले उनको राजनीतिक चेतनालाई आकार दिएको थियो ।

२०४५ सालदेखि शर्माको राजनीतिक यात्रा सुरु भएको थियो । प्रारम्भिक चरणमा उनले तत्कालीन माले, एमाले लगायतका विभिन्न कम्युनिस्ट पार्टीहरूमा २०५७ सालसम्म सक्रिय भूमिका निर्वाह गरेका थिए । उक्त अवधिमा उनले स्थानीय तहका विभिन्न संगठनात्मक जिम्मेवारीहरू सम्हालेका थिए ।

उनी २०६४ सालको संविधानसभा निर्वाचनअघि गठन भएको समाजवादी पार्टी नेपालका संस्थापक सदस्य बनेका थिए । सोही पार्टीका तर्फबाट उनले २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन बारा क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएका थिए ।

संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै शर्मा २०६५ सालमा संवैधानिक राजतन्त्रको पक्षमा उभिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका थिए । त्यसयता उनी निरन्तर राप्रपाको राजनीतिमा सक्रिय छन् ।

राजनीतिसँगै शर्माले रोजगारी तथा व्यवसायका सिलसिलामा युरोप तथा एसिया महादेशका २२ देशको भ्रमण गरेका छन् । अन्तर्राष्ट्रिय अनुभवले वैदेशिक रोजगारी, आर्थिक गतिविधि र विश्व राजनीतिक परिवेश बुझ्न मद्दत पुगेको उनको बुझाइ छ ।

शर्माले राष्ट्रिय पहिचान, धर्म–संस्कृति संरक्षण, संवैधानिक राजसंस्था, सुशासन र स्थानीय विकासलाई आफ्नो प्रमुख चुनावी एजेन्डाका रूपमा अघि सारेका छन् ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • दीर्घकालीन राजनीतिक अनुभव
  • अन्तर्राष्ट्रिय दृष्टिकोण
  • स्थानीय विकास र सांस्कृतिक संरक्षणमा प्रतिबद्ध

प्रतिकूलता

  • पार्टी परिर्वतनको इतिहास
  • संवैधानिक विवादमा असन्तुष्टि
  • व्यावसायिक र राजनीतिमा ध्यान विभाजन
शिक्षा
स्नातक
हालको दल
राष्ट्रिय प्रजातन्त्र पार्टी

दिलीपकुमार शर्मा नेपालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित