कांग्रेस छोडेका गणेश दोस्रोपटक संसदीय चुनाव लड्दै
वैकल्पिक राजनीति, सुशासन र जवाफदेही प्रणालीको पक्षमा उनी निरन्तर आवाज उठाउँदै आएका छन्।
०००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि गणेश धिमाललाई उम्मेदवार बनाएको छ । कानुनी पेसा, विद्यार्थी राजनीति र सामाजिक अभियानबाट उदाएका धिमाल बारा जिल्लाका चिन्तनशील तथा परिवर्तनमुखी युवा नेताका रूपमा परिचित छन् ।
२०३९ साल कात्तिकमा जन्मिएका धिमाल बलराम धिमाल र शुभ्रा धिमालका छोरा हुन्। बारा जिल्लाको कोल्हवी नगरपालिका–१ मा स्थायी बसोबास गर्दै आएका उनी पेसाले कानुन व्यवसायी हुन् ।
धिमालले राजनीतिशास्त्रमा स्नातकोत्तर तह पूरा गर्नुका साथै कानुनमा स्नातक (एलएलबी) अध्ययन गरेका छन्। विगत १० वर्षदेखि काठमाडौंमा रहेर अधिवक्ताका रूपमा कानुन व्यवसायमा संलग्न रहँदै आएका उनी न्यायिक अभ्यास र कानुनी प्रक्रियामा सक्रिय छन्।
उनको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो। विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय धिमाल २०७४ सालसम्म नेपाली कांग्रेसको क्रियाशील सदस्यका रूपमा पार्टी राजनीतिमा संलग्न थिए।
लामो राजनीतिक अनुभव सँगालेका उनले २०७९ सालमा कांग्रेस परित्याग गरेका थिए । त्यसपछि त्यही वर्षको प्रतिनिधिसभा निर्वाचनताका उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका हुन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा धिमाल बारा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए। वैकल्पिक राजनीति, सुशासन र जवाफदेही प्रणालीको पक्षमा उनी निरन्तर आवाज उठाउँदै आएका छन्।
राजनीतिसँगै धिमाल सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। उनले बारा जिल्लाको कोल्हवी नगरपालिकामा ‘परिवर्तनका लागि युवा समाज’ नामक संस्था स्थापना गरी शिक्षा, सामाजिक चेतना र युवा सशक्तीकरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
Battleground Analysis
अनुकूलता
- कानुनी र बौद्धिक पृष्ठभूमि
- वैकल्पिक राजनीतिका प्रतिनिधि
- युवा तथा नागरिक अभियानसँग जोडिएको छवि
प्रतिकूलता
- पार्टी परिवर्तनको असर
- बलियो प्रतिस्पर्धीको उपस्थिति
- सांगठनिक संरचनाको सीमितता
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ | बारा - १ | अच्युतप्रसाद मैनाली | ३९१९५ | ३३१९ | २९८७६ | पराजित |
गणेश धिमालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

