Home Candidate अच्युतप्रसाद मैनाली

अनुभव, संगठन र संसदीय अभ्यासमा अब्बल

http://नेकपा%20एमाले
अच्युतप्रसाद मैनाली
बारा - १ उम्मेदवार

अच्युतप्रसाद मैनाली

पुरुष , ६० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Election History
Profile Election History

राजनीतिक संघर्षका क्रममा मैनालीले पटक–पटक जेल जीवन भोगेका छन्। २०३७ सालमा दुई महिना, २०४२/०४३ सालमा करिब २० महिना तथा २०६२/०६३ को जनआन्दोलनका क्रममा उनले एक महिना वीरगञ्ज र काठमाडौँ कारागारमा बिताएका थिए।

००० 

नेकपा एमालेले बारा-१ बाट प्रतिनिधिसभा सदस्यका लागि अच्युतप्रसाद मैनालीलाई उम्मेदवार बनाएको छ। लामो समयदेखि कम्युनिस्ट आन्दोलन, संगठन निर्माण र संसदीय अभ्यासमा सक्रिय मैनाली बारा जिल्लामा स्थापित र प्रभावशाली नेताका रूपमा परिचित छन्।

२०२२ साल असार ९ गते काभ्रेपलाञ्चोकमा जन्मिएका मैनाली हाल बारा जिल्लाको कोल्हवी नगरपालिका–१ मा स्थायी बसोबास गर्दै आएका छन्। स्वर्गीय नन्दीकेशर मैनाली र भवानीदेवी मैनालीका छोरा मैनालीले कानुनमा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

मैनालीको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो। २०३६/०३७ सालदेखि सक्रिय राजनीतिमा प्रवेश गरेका उनी २०३९ सालमा नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य तथा २०४५ सालमा सभापतिमा निर्वाचित भएका थिए। २०३८ देखि २०४६ सालसम्म उनले बारा र काठमाडौँमा विद्यार्थी आन्दोलन र पार्टी राजनीतिमा सक्रिय भूमिका निर्वाह गरे।

२०४७ सालपछि नेकपा (माले) हुँदै नेकपा (एमाले) मा संगठित राजनीतिमा आबद्ध मैनाली २०४९ सालमा कोल्हवी गाविस उपाध्यक्षमा निर्वाचित भए। सोही अवधिमा उनी बारा जिल्ला विकास समितिको सदस्यसमेत रहे ।

२०५४ देखि २०६५ सालसम्म लगातार ११ वर्ष नेकपा (एमाले) बारा जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै संगठन निर्माणमा नेतृत्वदायी भूमिका खेलेका उनले २०६५ सालमा केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी पाए।

२०७४ सालमा बारा-१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका मैनाली सोही वर्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जनसम्पर्क सल्लाहकारका रूपमा कार्यरत रहे।

२०७८ सालमा एमाले पोलिटब्युरो सदस्य बनेका उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा–१ बाट निर्वाचित भए। उक्त निर्वाचनमा उनले ३९ हजार १९५ मत प्राप्त गर्दै ९ हजार १३९ मतान्तरसहित विजय हासिल गरेका थिए।

हाल उनी पार्टी भित्र कानुन विभाग इन्चार्ज तथा मधेश प्रदेश पार्टी स्कुल संयोजकको भूमिकामा छन्। साथै, उनी प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समिति सदस्य तथा बेरुजु फर्स्योट समिति अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्।

राजनीतिक संघर्षका क्रममा मैनालीले पटक–पटक जेल जीवन भोगेका छन्। उनले २०३७ सालमा दुई महिना, २०४२/०४३ सालमा करिब २० महिना तथा २०६२/०६३ को जनआन्दोलनका क्रममा एक महिना वीरगञ्ज र काठमाडौँ कारागारमा बिताएका थिए।

सामाजिक क्षेत्रमा पनि सक्रिय मैनालीले कोल्हवीस्थित अनुपूरक माध्यमिक विद्यालय र सपही कलेजको विद्यालय तथा कलेज व्यवस्थापन समिति अध्यक्षका रूपमा काम गरिसकेका छन्।

जर्मनी, चीन, पाकिस्तान, सिंगापुर, भारत र थाइल्यान्डलगायत देशको भ्रमण गरेका मैनाली अनुभव, संगठन क्षमता र संसदीय अभ्यासका आधारमा बारा–१ का सशक्त उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • लामो राजनीतिक अनुभव
  • संगठन निर्माणमा दक्षता
  • कानुनी तथा संसदीय ज्ञान

प्रतिकूलता

  • पार्टीभित्रको आकांक्षी व्यवस्थापन
  • एन्टी-इन्कम्बेन्सी (सत्ताविरोधी लहर)
  • विकासको दबाब
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७९)
हालको दल
नेकपा एमाले
सरकारको अनुभव
प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार (२०७४)

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ बारा - १ उमाकान्त चौधरी (कांग्रेस) ३००५६ ३९१९५ ९१३९ विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ बारा - १ उमाकान्त चौधरी (कांग्रेस) २४४५० २२०३० २४२० पराजित

अच्युतप्रसाद मैनालीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित