Home Candidate गौरी शंकर चौधरी

तेस्रो जितको खोजीमा चौधरी

http://नेकपा%20एमाले
गौरी शंकर चौधरी
कैलाली - ३ उम्मेदवार

गौरी शंकर चौधरी

पुरुष , ४४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

पूर्णकालीन राजनीतिसँगै कृषि पेसामा संलग्न चौधरी स्थानीय उत्पादन, किसानको आय वृद्धि र आत्मनिर्भर अर्थतन्त्रलाई आफ्नो मुख्य लक्ष्य बताउँछन् ।

०००

२०७० सालमा पहिलोपटक चुनाव लडेका गौरीशंकर चौधरी संविधानसभा सदस्यमा विजयी भएका थिए । उनका लागि यो नै पहिलो संसदीय चुनाव थियो ।

उनी पहिलो प्रयासमै सफल भए । तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका चौधरीले दोस्रोपटक २०७४ मा चुनाव जिते । तर त्यो बेला भने एमाले र माओवादीको वाम गठबन्धनबाट उनी निर्वाचित भएका थिए ।

नेकपा विभाजनपछि एमालेमै समाहित भएका चौधरीले २०७९ सालको चुनावमा समेत टिकट पाए तर उनी पराजीत भए । नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले २३ हजार १२० मतसहित जित्दा गौरीशंकर भने तेस्रो भएका थिए ।

दोस्रो भएका नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाउँदा गौरीशंकरले नौ हजार ८७४ मत पाएका थिए । दुईपल्ट जितेका र एकपल्ट पराजय बेहोरेका चौधरी तेस्रो जित निकाल्न फेरि नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका छन् ।

तेस्रो पटक जित निकाल्ने लक्ष्यसहित उनी मतदातामाझ पुगिरहेका छन् । २०३८ साल कात्तिक ५ मा साविक बसौटी गाविस–२, कैलारीमा जन्मिएका उनले राष्ट्रिय माध्यमिक विद्यालय विजयपुरमा प्रारम्भिक शिक्षा हासिल गरेका थिए । त्यसपछि हसुलियाको दिपेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गरेका उनी २०५४ सालमा अनेरास्ववियुको प्रारम्भिक स्कुल कमिटी सदस्य बने ।

२०५५ सालदेखि भूमिगत राजनीतिक गतिविधिमा सक्रिय भए । सशस्त्र द्वन्द्वकालमा जनमुक्ती सेनाको विभिन्न सेक्सन तथा बिग्रेडको कमान्डर भएर काम गरेको अनुभव पनि चौधरीसँग छ ।

२०६३ सालमा भने चौधरी नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य बने । एमालेसँग माओवादी एकता हुनुअघिसम्म उनी पार्टीको पोलिटब्युरो सदस्यको रूपमा काम गर्दैै थिए ।

२०७३ सालमा कृषिमन्त्री भएका बेला चौधरीले नै कृषि आधुनिकीकरण परियोजनाको सुरुवात गरेका थिए । तर उनी ९ महिनाभन्दा बढी कृषिमन्त्रीको जिम्मेवारीमा रहन सकेनन् । २०७४ सालमा प्रतिनिधिसभा सदस्य बनेपछि कोरोना महामारीका बेला उनी श्रममन्त्री पनि बने तर चार महिनाभन्दा बढी काम गर्ने मौका नै पाएनन् ।

पूर्णकालीन राजनीतिसँगै कृषि पेसामा संलग्न चौधरी स्थानीय उत्पादन, किसानको आय वृद्धि र आत्मनिर्भर अर्थतन्त्रलाई आफ्नो मुख्य लक्ष्य बताउँछन् ।

यसपटक कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएका चौधरीले हिउँदे–बर्खे–चैते धान उत्पादन वृद्धि गर्न, रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइरहेका छन् ।

साथै आफ्नो क्षेत्रमा पर्ने तालतलैया तथा मठमन्दिरको संरक्षण सम्बर्द्धन गर्दै पर्यटन प्रवर्द्धन गर्न समेत लाग्ने बताउदै विगतमा अधुरा रहेका नदी कटान नियन्त्रणका तटबन्धका योजना पूरा गर्ने, अधुरा सडक सम्पन्न गर्ने, सबै ठाउँमा सञ्चार नेटवर्क विस्तार, कृषि बीमा, सिकलसेल एनिमियाको उपचार सेवा विस्तार तथा थारु समुदायको भलमन्सा–बडघर प्रथाको संरक्षण गर्ने बताउँछन् ।

प्रस्तुति : जनक विष्ट

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • अनुभव र राजकीय पहिचान
  • ठोस एजेन्डा र स्थानीय मुद्दा
  • बलियो सांगठनिक आधार

प्रतिकूलता

  • विगतको चुनावी नतिजा
  • नागरिक उन्मुक्ति पार्टीको प्रभाव
  • अस्थिर राजनीतिक छवि

गौरी शंकर चौधरीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित