Home Candidate केशबहादुर विष्ट

जिल्ला समन्वय समिति हाँकेको अनुभव बोकेर संसदीय चुनावी मैदानमा

http://नेपाली%20कांग्रेस
केशबहादुर विष्ट
सल्यान - १ उम्मेदवार

केशबहादुर विष्ट

पुरुष , ५७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

कांग्रेस सल्यानका जिल्ला सभापति समेत रहेका विष्ट विशेष महाधिवेशनको पक्षमा खुल्ने कर्णालीका एक मात्र जिल्ला सभापति हुन् ।

०००

६ साउन २०२५ सालमा सल्यानको छत्रेश्वरी गाउँपालिका दारिमज्युलामा जन्मिएका हुन् केशबहादुर विष्ट । आईएलसम्मको अध्ययन गरेका उनै विष्टलाई नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ ।

कांग्रेस सल्यानका जिल्ला सभापति समेत रहेका विष्ट विशेष महाधिवेशनको पक्षमा खुल्ने कर्णालीका एक मात्र जिल्ला सभापति हुन् । प्रदेशका १० जिल्लामध्ये विष्ट मात्रै विशेष महाधिवेशनको पक्षमा खुलेका थिए । 

जिल्लाबाट दर्जन बढी नेताहरूको नाम उम्मेदवारका लागि सिफारिस हुँदा विशेष महाधिवेशनमा खुलेका विष्टले नै प्रतिनिधिसभाको टिकट पाए । विष्ट जिल्ला समन्वय समितिका पूर्वप्रमुख समेत हुन् । उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा छत्रेश्वरी गाउँपालिका अध्यक्षमा पराजित भए । 

२०४७ सालमा कांग्रेस निकट नेपाल शिक्षक संघ सल्यानको सदस्य बनेका विष्ट २०४८ सालको प्रथम जिल्ला अधिवेशनमा केन्द्रीय प्रतिनिधि बने । 

२०५० सालको दोस्रो अधिवेशनबाट जिल्ला सचिव बनेका उनी दुई कार्यकाल संघको जिल्ला सचिव भए । २०५७ सालको चौथो जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष बनेका विष्ट २०६१ वैशाख १० गते शिक्षकबाट राजीनामा दिएर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भए । 

२०५९ सालमा कांग्रेसको क्रियाशील सदस्य बनेका उनी २०६१ सालमा कांग्रेस प्रजातान्त्रिकको सल्यान निर्वाचन क्षेत्र नं २ को सभापतिमा प्रत्यासी थिए । २०७२ सालको १३औँ अधिवेशनमा जिल्ला पार्टी सभापतिको प्रत्यासी थिए । तर उनी सभापति हुन पाएनन् । 

२०७४ सालमा स्थानीय निर्वाचनमा सल्यान जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएका उनी २०७९ सालको स्थानीय निर्वाचनमा छत्रेश्वरी गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । विष्ट कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सल्यान जिल्ला सभापतिमा निर्वाचित भए । उनै केशबहादुरलाई कांग्रेसले यसपटक उम्मेदवार बनाएको हो ।

२०५१ र २०५६ सालको चुनावमा नेकपा एमालेका प्रकाश ज्वालाले जित निकालेका थिए । २०६४ सालको पहिलो संविधानसभा चुनावमा भने दुवै क्षेत्र माओवादीले जित्यो । क्षेत्र १ मा टेकबहादुर बस्नेत र क्षेत्र नम्बर २ बाट उमाकान्त शर्माले माओवादीबाट चुनाव जिते । २०७० सालको दोस्रो संविधान सभा चुनावमा क्षेत्र नम्बर १ मा पुन: माओवादीकै बस्नेतले जित्दा २ मा भने एमालेबाट प्रकाश ज्वालाले चुनाव जिते । 

त्यसयता सल्यानमा एउटै चुनावी क्षेत्र छ । २०७४ सालमा वाम गठबन्धन हुँदा प्रतिनिधिसभातर्फ पुन: माओवादीका टेकबहादुर बस्नेत नै ४० हजार ८९७ मतसहित निर्वाचित भए । कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत पाए । 

२०७९ सालमा कांग्रेस–माओवादी र समाजवादीबीच गठबन्धन हुँदा एमाले पराजित भयो । गठबन्धनबाट समाजवादीका प्रकाश ज्वालाले ३५ हजार ७०७ मत पाउँदा उनका प्रतिस्पर्धी राजेन्द्रबहादुर शाह (कांग्रेस, बागी) ले १९ हजार ७९२ मत ल्याए । 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • सांगठनिक नेतृत्व र पकड
  • पार्टीभित्रको स्पष्ट अडान
  • कम्युनिस्ट मतको विभाजन

प्रतिकूलता

  • पछिल्लो चुनावी नतिजाको दबाब
  • बागी र आन्तरिक अन्तर्घात
  • नयाँ शक्तिको प्रभाव

केशबहादुर विष्टको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित