Home Candidate खिमलाल भट्टराई

राष्ट्रिय सभाबाट प्रतिनिधिसभाको यात्रामा

http://नेकपा%20एमाले
खिमलाल भट्टराई
रूपन्देही - ५ उम्मेदवार

खिमलाल भट्टराई

पुरुष , ५५ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१३१०० मत
Profile Election History
Profile Election History

विद्यार्थी राजनीतिबाट हुर्केका भट्टराई रुपन्देहीको भूमि र माटोसँग गहिरो रूपमा जोडिएका, कुशल संगठक र वैचारिक रूपमा परिपक्व नेतृत्वका रूपमा परिचित छन् ।

०००

नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर ५ मा खिमलाल भट्टराईलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।  २०२७ सालमा गुल्मी दिगाममा जन्मेका भट्टराई रुपन्देहीको सैनामैना नगरपालिका–५ सेरवाका स्थायी बासिन्दा हुन् ।

बुटवल बहुमुखी क्याम्पसबाट कानुनमा स्नातक गरेका भट्टराईले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।

विद्यार्थी राजनीतिबाट खारिएर पार्टी राजनीतिमा उदाएका उनी अनुभवी र ऊर्जाशील नेता हुन् । विद्यार्थी राजनीतिबाट हुर्केका उनी रुपन्देहीको भूमि र माटोसँग गहिरो रूपमा जोडिएका, कुशल संगठक र वैचारिक रूपमा परिपक्व नेतृत्वका रूपमा परिचित छन् ।

२०४२ सालमा अनेरास्ववियु (एकताको पाँचौं) को विद्यालय प्रारम्भिक कमिटी अध्यक्षको रूपमा संगठित भएका उनीले २०४५ सालमा नेपाल-भारत सम्बन्ध बिग्रेको, भारतीय नाकाबन्दीले नुन–तेल अभाव भएको बेला सञ्चालित आन्दोलनमा सहभागी भएवापत प्रहरीद्वारा गिरफ्तार भई ६ महिना भैरहवा र पाल्पामा जेल जीवन व्यतित गरेका छन् ।

२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी भएका भट्टराईले २०४७ सालमा पार्टीको सदस्यता लिएका थिए ।

२०४९ सालको स्ववियु चुनावमा उनी बुटवल बहुमुखी क्याम्पसमा स्ववियु सभापति निर्वाचित भए । अनेरास्ववियुको २०५१ सालमा सम्पन्न एघारौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भट्टराई त्यसपछिका बाह्रौं/तेह्रौं/चौथौं/पन्ध्रौं र १६औं राष्ट्रिय सम्मेलनहरूबाट क्रमशः केन्द्रीय कमिटी सदस्य, सचिवालय सदस्य, विभागीय प्रमुख सचिव/महासचिवको जिम्मेवारी पूरा गरेका थिए ।

२०६१ सालमा सम्पन्न अनेरास्ववियुको सत्रौं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका भट्टराई २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा अनेरास्ववियुबाट नेतृत्वदायी भूमिकामा थिए ।

२०६२ सालमा अनेरास्ववियुबाट बिदा भएपछि नेकपा (एमाले) उपत्यका समन्वय कमिटीको सदस्य भई केही समय काम गरेका र तत्पश्चात् लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य, २०६७/६८ मा लुम्बिनी अञ्चल समन्वय कमिटीको सचिव चयन भई जिम्मेवारी पूरा गरेका थिए ।

पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका उनी नवौं र दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । दशौं महाधिवेशनपछि पोलिटब्युरो सदस्य भए । यसबीचमा उनले कपिलवस्तु,गल्मी र रुपन्देही इन्चार्ज र अनेरास्ववियु इन्चार्ज, केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख भएर काम गरे ।

२०७४ फागुनदेखि राष्ट्रिय सभा सदस्य र मुख्य सचेतक, राष्ट्रिय सभामा विपक्षी दलको नेताको भूमिका निभाएका उनी एघारौं राष्ट्रिय महाधिवेशनबाट खुला क्षेत्रबाट केन्द्रीय सदस्यमा निर्वाचित भए ।

भट्टराईले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अस्पताल, लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गरी अहिलेभन्दा दोब्बर पर्यटक भित्र्याउने योजना बनाएर कार्यान्वयन, अव्यवस्थित बसोबासी र सुकुम्बासीको समस्या समाधान, गुणस्तरीय शिक्षा, कृषिको आधुनिकीकरणलाई उनले प्राथमिकतामा राखेका छन् ।

१ लाख ३४ हजार ४४२ मतदाता रहेको यो क्षेत्रमा २०७९ को चुनावमा एमालेले सबैभन्दा बढी २१ हजार ६३३, नेपाली कांग्रेसले १९ हजार ८४८, जनमत पार्टीले १३ हजार ३३४, रास्वपाले ८ हजार ८८५ र नेकपाले ४ हजार ८९६ समानुपातिक मत पाएका थिए ।

 

 

Battleground Analysis

अनुकूलता

  • लामो राजनीतिक अनुभव र संगठनात्मक पकड
  • स्थानीय पहिचान र जनभावनासँग नजिकको सम्बन्ध
  • एमालेको आधार मत र अघिल्लो निर्वाचनकाे परिणाम

प्रतिकूलता

  • नयाँ दलहरूको उपस्थितले मत विभाजनको सम्भावना
  • स्थानीय असन्तुष्टि वा आन्तरिक गुटबन्दीको जोखिम
  • बलिया प्रतिस्पर्धी
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
राष्ट्रिय सभा सदस्य (२०७४)
हालको दल
नेकपा एमाले

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७४ (राष्ट्रिय सभा) विजयी

खिमलाल भट्टराईको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित