Home Candidate तौफिक अहमद खान

वातावरण र नगर विकासमा सक्रिय

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
तौफिक अहमद खान
रूपन्देही - ५ उम्मेदवार

तौफिक अहमद खान

पुरुष , ३८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म नीति तथा परियोजनाका अनुभवी खान विश्व शान्ति कार्यक्रम र अन्तर्राष्ट्रिय समन्वयको नेतृत्व गरेको दाबी गर्छन् ।

०००

राजनीतिमा सक्रियता र अनुभव नभएका युवा तौफिक खान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रुपन्देही क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा उम्मेदवार छन् ।

२०४३ सालमा रुपन्देहीको भैरहवामा जन्मेका तौफिक अहमद खान अहिले पनि सोही ठाउँका स्थायी बासिन्दा हुन् ।

भारतको पाण्डिचेरी विश्वविद्यालय बैंगलोरबाट मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) उत्तीर्ण गरेका खानले दिल्ली विश्वविद्यालयबाट ब्याचलर अफ कमर्स (बीकम) पूरा गरेका छन् ।

स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म नीति तथा परियोजनाका अनुभवी खान विश्व शान्ति कार्यक्रम र अन्तर्राष्ट्रिय समन्वयको नेतृत्व गरेको दाबी गर्छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा रणनीतिक सल्लाहकार भएर काम गरेका खान वातावरणीय तथा कार्बन नीतिका जानकार मानिन्छन् । स्थानीय संस्था ग्रिन युथ फाउन्डेसनका सल्लाहकार समेत रहेका उनी वातावरण र नगर विकासमा सक्रिय रहेका थिए ।

विश्व शान्ति कार्यक्रम (लुम्बिनी) को समन्वयकर्ता खान वातावरणीय नीति, हरित पूर्वाधार, कार्बन न्यूनीकरण र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा रणनीतिक भूमिका निर्वाह गर्दै आएका छन् । नगरपालिकासँगको सहकार्यमा काम गर्दा उनले फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा, सार्वजनिक सम्पत्ति संरक्षण र सांस्कृतिक पर्यटनलाई प्राथमिकता दिएका थिए ।

उनी दुई दिने जेनजी आन्दोलनमा सक्रिय भएर लागेका थिए । त्यही क्रममा आफ्नै ठूलो बुबा सिद्धार्थनगरका प्रमुख इस्तियाक अहमद खानको घरमा आन्दोलनकारीले आगजनी गर्दा ठूलो क्षति भएको थियो । यद्यपि, उनी उक्त घटनामा संलग्न थिएनन् ।

यही आगजनीको घटनाको पिरले उच्च रक्तचाप र मधुमेहको समस्या रहेका उनका बुबाको निधन भएको चर्चा चलेको थियो ।

राजनीतिमा सक्रियता र अनुभव विनाका युवा तौफिक रास्वपाका वरिष्ठ नेता बालेन शाहको कोटाबाट रुपन्देही-५ को उम्मेदवार छन् । क्षेत्रको राजनीति र संगठनमा पार्टी स्थापनाकालदेखि खटिएका र उम्मेदवारका आकांक्षी पार्टी जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्मा लगायतले टिकट नपाएर विवादास्पद निर्माण व्यवसायीको परिवारका सदस्यले राजनीतिमा प्रवेश गरेको ६ महिना नपुग्दै टिकट पाएपछि क्षेत्रमा पार्टी भित्रै असन्तुष्टि छ ।

यो क्षेत्रमा खानले नेकपा एमालेका खिमलाल भट्टराई, नेपाली कांग्रेसका भरतकुमार शाह, जनमत पार्टीका ओमप्रकाश यादव गुल्जारी लगायतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

संसद् पुगेर पार्टीले दिने निर्देशनअनुसार आफूले काम गर्ने उनले बताए । सुशासन र स्वदेशमै रोजगारी सिर्जना उनका प्रतिवद्धता छन् ।

यो क्षेत्रमा १ लाख ३४ हजार ४४२ मतदाता छन् । २०७९ को चुनावमा यो क्षेत्रबाट समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी २१ हजार ६३३, कांग्रेसले १९ हजार ८४८, जनमत पार्टीले १३ हजार ३३४, रास्वपाले ८ हजार ८८५ र नेकपाले ४ हजार ८९६ मत पाएका थिए ।

प्रस्तुति: टाेपराज शर्मा

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • उच्च शिक्षा र अन्तर्राष्ट्रिय अनुभव
  • वातावरण र नगर विकासमा सक्रियता
  • नयाँ पुस्ता र वैकल्पिक शक्तिको प्रतिनिधि भन्ने सन्देश

प्रतिकूलता

  • प्रत्यक्ष राजनीतिक अनुभवको अभाव
  • पार्टी भित्रको असन्तुष्टिले आन्तरिक मत विभाजनको कारण बन्न सक्ने
  • बलिया प्रतिस्पर्धी र अघिल्लो मत परिणाम

तौफिक अहमद खानको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित