Home Candidate मणिराम फुयाल

प्रतिनिधिसभा सदस्य बन्ने दोस्रो प्रयास

http://नेकपा%20एमाले
मणिराम फुयाल
काठमाडौं - २ उम्मेदवार

मणिराम फुयाल

पुरुष , ६० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
४७५९ मत
Profile
Profile

मणिराम फुयालले सक्रिय राजनीति थालेको धेरै भएको छैन । लामो समय शिक्षण पेशमा बिताएका उनले २०७३ चैतमा प्रधानाध्यापकबाट राजीनामा गरेर सक्रिय राजनीतिको सुरुवात गरेका हुन् ।

सक्रिय राजनीति ढिला सुरु गरेका भए पनि उनी विद्यार्थी संगठनमा भने २०४० सालदेखि नै सक्रिय थिए । त्यसपछि उनी एमालेनिकट शिक्षक संगठनमा रहेर काम गरे ।

२०४१ सालमा तत्कालीन नेकपा मालेमा आबद्ध भएर राजनीति सुरु गरेका उनी सोही वर्ष पिपुल्स क्याम्पस पकनाजोलको स्ववियु सदस्य पनि हुन् ।

२०४९ सालबाट शिक्षण सुरु गरेका फुयाल २०६५ मा नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको प्रधानाध्यापक बने ।

उनीसँग एमालेको गाउँ कमिटी, इलाका, जिल्ला तहको नेतृत्वमा काम गरेको अनुभव पनि छ ।

शिक्षण पेशबाट अवकाश पाउन थोरै समय बाँकी छँदै राजीनामा दिएर सक्रिय राजनीति सुरु गरेको छोटै समयमा फुयालले प्रदेश सांसद हुने मौका पाए ।

उनी २०७४ को निर्वाचनमा यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । वाम गठबन्धनको बलमा प्रतिस्पर्धी भन्दा दोब्बर मतले विजय भएका फुयालले यसपटक एमालेबाट प्रतिनिधिसभा सदस्यको टिकट पाए ।

हाल एमालेको प्रदेश कमिटी सदस्य रहेका फुँयाल काठमाडौं-२ का इन्चार्ज पनि हुन् । एमालेले २१ फागुनको निर्वाचनमा पनि फुयाँललाई अवसर दिएको छ ।     

विशेष गरी एमालेको स्थानीय उम्मेदवार हुनुको फाइदा आफूले पाउने फुयालले ठानेका छन् । पटक–पटक बाहिरका उम्मेदवार आएको तर काम नभएको भन्ने भाष्य बनाएर एमालेले स्थानीय उम्मेदवार हुनुको लाभ लिने प्रयास गरिरहेको छ ।

चुनावी गणित

२०७९ सालको निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बनेका उनी ११ हजार ५६६ मतसहित दोस्रो स्थानमा खुम्चिए । यो क्षेत्रबाट रास्वपाकी सोबिता गौतमले १५ हजार २३८ मतसहित विजय हासिल गरिन् ।

कुल ८८ हजार ७०८ मतदाता रहेको काठमाडौं-२ मा १८ देखि ४० वर्ष उमेर समूहका मतदाता ३७ प्रतिशत रहेका छन् । २०७९ सालको चुनावमा समानुपातिक तर्फ यो क्षेत्रमा रास्वपाले सर्वाधिक १३ हजार ८७९ मत ल्याउँदा दोस्रो स्थानमा रहेको राप्रपाले ११ हजार ८१६ मत पाएको थियो । उक्त चुनावमा एमालेले ९ हजार ५१४ मत प्राप्त गरेको थियो ।

हालको दल
नेकपा एमाले

मणिराम फुयालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित