Home Candidate प्रकाश न्यौपाने

राजनीतिमा शैली बदल्ने प्रयास

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
प्रकाश न्यौपाने
कालीकोट - १ उम्मेदवार

प्रकाश न्यौपाने

पुरुष , ३१ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

जवाफदेही र पारदर्शी राजनीतिक अभ्यासको आवाज उठाएर मत माग्दैछन्, प्रकाश न्यौपाने

०००

२०५१ साल वैशाख १ गते कालीकोटमा जन्मिएका प्रकाश न्यौपाने सामाजिक र राजनीतिक विषयमा चासो राख्दै आएमा युवा हुन् । नागरिक सचेतना, सुशासन र परिवर्तनमुखी राजनीतिका पक्षमा आवाज उठाउने शैलीकै कारण उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यको टिकट प्राप्त गरेका हुन् ।

पहिलोपटक संसदीय चुनावमा होमिएका न्यौपाने चुनाव जितेपछि परम्परागत राजनीतिक शैली बदल्न प्रयत्न गर्ने बताउँछन् । जवाफदेही र पारदर्शी राजनीतिक अभ्यासको आवश्यकता औंल्याउँदै आएका उनी यसलाई आफ्नो चुनाव जित्ने आधारको रुपमा प्रस्तुत गरिरहेका छन् ।

हालसम्म कुनै सरकारी कार्यकारी पद सम्हालेको अनुभव नरहे पनि पार्टीभित्र संगठन निर्माण, नीति बहस र जनसम्पर्क विस्तारमा सक्रिय युवा नेता हुन् ।

आम रुपमा प्रकाश न्यौपाने सामाजिक सञ्जालमा देखिने व्यंग्यात्मक पात्र हुन् । सामाजिक सञ्जालमा उनको चिनारी खस भाषामा बोल्ने, हाँस्ने/हाँसाउने भिडियो बनाउने पात्रका रुपमा छ । स्थानीय स्तरमा भने सामाजिक विषयमा आवाज उठाउने युवाको रूपमा चिनिन्छन् ।

१० वर्ष अगाडि कालिकोटकी एक किशोरी बलात्कारपछि हत्या हुँदा राज्य मौन थियो । त्यो मौनतालाई स्वीकार नगर्नेहरू मध्ये प्रकाश अग्रपंक्तिमा थिए । काठमाडौंमा विरोधसभा आयोजना गरेर कर्णालीका लागि न्याय चाहियो भन्ने उनै प्रकाश अहिले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् । उनी भन्छन्, ‘त्यो कुनै राजनीतिक करियरको अभ्यास थिएन, त्यो आक्रोश र पीडाबाट जन्मिएको नागरिक हस्तक्षेप थियो ।’ तर, त्यस्तै कार्यले प्रकाशलाई राजनीतितर्फ डोर्‍यायो ।

कालिकोटकै एक बालिकाको आँखामा ट्युमर देखिँदा उपचारको विकल्प नदेखिएको बेला प्रकाशले सहयोग संकलन गरेर उपचारका लागि काठमाडौं ल्याएका थिए । जुन उपचार सम्भव भयो ।

कर्णालीको विभिन्न विकट भूगोलमा लत्ताकपडा वितरण गर्नेलगायतका कार्यमा पनि प्रकाश सरिक हुँदै आएका छन् । यसका अलावा भ्रष्टाचार, अनियमितता र विकृत्तिविरुद्ध आवाज उठाउँदै आएका युवा हुन् ।

प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नु अगाडि नै उनले निर्वाचन क्षेत्रको भ्रमण गरेका थिए । कालिकोटका सबै पालिकाहरू पुगेर मतदाताको मनोविज्ञान बुझेपछि उम्मेदवारी दिएर मत माग्न थालेका हुन् । चुनाव जित्नका लागि प्रकाशले पुराना दलमा अनुभवी नेताले भन्दा बढी मतदाताको मन जित्नुपर्ने छ ।

यो क्षेत्रबाट पटक–पटक चुनाव जित्दै आएका महेन्द्रबहादुर शाही फेरि उम्मेददवार छन् । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार रहेका शाहीले यसअघि २०७० को दोस्रो संविधानसभा, २०७४ को प्रदेशसभा र २०७९ सालमा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए । यसपटक फेरि उम्मेदवार छन् ।

कांग्रेसबाट अनुभवी नेता हर्षबहादुर बम, एमालेबाट नगीन्द्र शाही र नेकपा (माओवादी)बाट खड्गबहादुर विश्वकर्मा उम्मेदवार छन् । अनुभवी र पाका नेतालाई पन्छाउँदै चुनाव जित्नुपर्ने प्रकाशको प्रमुख चुनौती हो ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • सामाजिक मुद्दामा सक्रियता र नागरिक हस्तक्षेप
  • सुशासन र भ्रष्टाचार विरोधी एजेन्डा
  • नयाँ शक्तिको लहर

प्रतिकूलता

  • पहिलो पटक संसदीय चुनावमा होमिँदै
  • अनुभवी र 'हेभीवेट' प्रतिस्पर्धीहरू
  • कार्यकारी अनुभवको अभाव
शिक्षा
स्नातक
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्यमा पहिलोपटक उम्मेदवार
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

प्रकाश न्यौपानेको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित