Home Candidate खड्गबहादुर विश्वकर्मा

१८ वर्षपछि मतदाताको दैलोमा प्रकाण्ड

http://नेपाल%20कम्युनिस्ट%20पार्टी%20(माओवादी)
खड्गबहादुर विश्वकर्मा
कालीकोट - १ उम्मेदवार

खड्गबहादुर विश्वकर्मा

पुरुष , ५७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
४९९३ मत
Profile Election History
Profile Election History

झन्डै दुई दशकदेखि निर्वाचन बहिस्कार गर्दै आएका प्रकाण्ड यसपटक जनमत नै श्रेष्ठ ठानेर चुनावमा फर्किएका छन् ।

०००

५७ वर्षीय खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ १८ वर्षपछि मतदाताको घरघर पुगिरहेका छन् । किनभने, उनी आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य चयनका लागि हुने प्रत्यक्ष निर्वाचनमा सदस्य छन् । नेकपा (माओवादी)ले कालिकोटबाट उनलाई उम्मेदवार बनाएको छ ।

कालिकोटको नरहरिनाथ गाउँपालिकाका स्थायी बासिन्दा प्रकाण्डले आइएडसम्म अध्ययन गरेका छन् । शिक्षण पृष्ठभूमिबाट राजनीति प्रवेश गरेका उनी माओवादी आन्दोलनसँग आबद्ध भएर राजनीतिमा स्थापित नेता हुन् ।

१० वर्षे सशस्त्र युद्धबाट तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा प्रकाण्ड कालिकोट १ बाट उम्मेदवार थिए । त्यसबेला उनले २७ हजार ६ सय २९ मत ल्याएर विजयी भए ।

चुनाव जितेपछि २०६५ सालमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भए । २०६७ सालमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने । पहिलो संविधानसभाले संविधान जारी गर्न सकेन । यहीबीच २०६९ सालमा तत्कालीन नेकपा माओवादी विभाजित भयो ।

मोहन वैद्य किरणको नेतृत्वमा भएको विभाजनमा प्रकाण्ड विभाजनतिरै लागे । २०७० सालको संविधानसभामा वैद्य नेतृत्वको पार्टीले चुनाव बहिष्कार गर्‍यो । प्रकाण्ड निर्वाचन बिथोल्ने नीतिमा लागे, उम्मेदवार हुने कुरै भएन ।

२०७१ सालमा वैद्य नेतृत्वको पार्टी पनि फुट्यो र नेत्रविक्रम चन्द नेतृत्वमा अर्को पार्टी बन्यो । प्रकाण्ड नयाँ पार्टीतिर लागे । विप्लव नेतृत्वको पार्टीले पनि त्यसयताका चुनाव बहिष्कार गर्दै आयो । यसपटक यो पार्टी चुनावी मैदानमा छ र प्रकाण्ड पनि झण्डै दुई दशकपछि पुन: संसदीय चुनावमा उम्मेदवार बनेका छन् ।

कालिकोटजस्तो भौगोलिक रूपमा विकट जिल्ला, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीको चुनौतीबीच प्रतिनिधित्व खोजिरहेको अवस्थामा प्रकाण्डले पनि स्थानीय मुद्दालाई संसदमा उठाउने प्रतिबद्धता जनाउँदै मत मागिरहेका छन् । दलित समुदायबाट प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा पनि उनको प्रचार भइराखेको छ । उनी दलित समुदायका प्रख्यात राजनीतिक हस्ती पनि हुन् ।

प्रकाण्डसँग प्रतिस्पर्धीका रूपमा पूर्वसहकर्मीहरू नै छन् । प्रकाण्ड चुनाव बहिष्कार गर्ने नीतिमा अगाडि बढेपछि २०७० सालको चुनावमा तत्कालीन माओवादीबाट महेन्द्रबहादुर शाही विजयी भए । त्यसपछि ऊर्जामन्त्रीसमेत बने । शाहीले २०७४ सालमा प्रदेश सभामा चुनाव लडे । जितेर कर्णालीको पहिलो मुख्यमन्त्री बने । शाहीले २०७९ मा प्रतिनिधिसभा सदस्यमै चुनाव लडे, २३ हजार ७२७ मत ल्याएर विजयी भए । उनै शाही फेरि उम्मेदवार छन् ।

कांग्रेसबाट अनुभवी नेता हर्षबहादुर बम र एमालेका नगीन्द्र शाही उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा उम्मेदवार प्रकाश न्यौपाने छन् । यी लगायत सबैलाई पछि पार्दै प्रकाण्डले जित निकाल्नुपर्ने छ । विगतमा किन चुनाव बहिष्कार गरेको जस्ता प्रश्नको जवाफ दिएर जनताको मत जित्नुपर्ने छ ।

व्यक्तिगत विवरण

नाम: खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’

उमेर : ५७ वर्ष

जन्म : कालिकोट

स्थायी ठेगाना:  कालिकोट नरहरिनाथ गाउँपालिका सल्लारुख, मालकोट कालिकोट

Battleground Analysis

अनुकूलता

  • दलित समुदायबाट राजनीतिमा स्थापित
  • स्थानीय समस्याको पहिचान
  • परिवर्तनको हुँकार

प्रतिकूलता

  • निरन्तर चुनाव बहिष्कार
  • पटकपटकको विभाजनले कमजोर संगठन
  • बलिया प्रतिस्पर्धी दल र नयाँको लहर
शिक्षा
प्रवीणता प्रमाणपत्र तह
संसदीय अनुभव
संविधानसभा सदस्य (२०६४)
हालको दल
नेकपा (माओवादी)
सरकारको अनुभव
महिला, बालबालिका तथा समाज कल्याणमन्त्री (२०६५), पर्यटन तथा नागरीक उड्डयनमन्त्री (२०६७)

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०६४ कालिकोट-१ हिक्मतबहादुर विष्ट ११२४१ २७६२९ १६३८८ विजयी

खड्गबहादुर विश्वकर्माको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

खड्गबहादुर विश्वकर्मा
४९९३
महेन्द्रबहादुर शाही नेपाली कम्युनिस्ट पार्टी
११७३४
नगीन्द्र शाही नेकपा एमाले
१०६४७
VS