Home Candidate प्रेमकृष्ण महर्जन

पहिले प्रदेश सभामा पराजित, अहिले प्रतिनिधिसभाका उम्मेदवार

http://नेपाली%20कांग्रेस
प्रेमकृष्ण महर्जन
ललितपुर - २ उम्मेदवार

प्रेमकृष्ण महर्जन

पुरुष , ५९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
७४२० मत
Profile Election History
Profile Election History

२०७४ सालको प्रदेश सभा निर्वाचनमा पराजित महर्जन जित सुनिश्चित भएको दाबीसहित ललितपुर क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका छन् ।

०००

ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले प्रेमकृष्ण महर्जनलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएको छ । ललितपुरमा जन्मिएका ५९ वर्षीय महर्जनको स्थायी ठेगाना ललितपुर महानगरपालिका, दुपाट हो ।

तेजलाल महर्जनका छोरा प्रेमकृष्णले एसएलसीसम्म अध्ययन गरेका छन् । उनी नेपाली कांग्रेसका पुराना नेता हुन् । आफ्नो क्षेत्रमा रैथाने उम्मेदवारको रूपमा चिनिन्छन् ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा उनी ललितपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए । त्यसबेला ९,४२० मत पाए तर जितेनन् । दोस्रो स्थानमा रहे । विजेता बने, एमालेका ज्ञानेन्द्र शाक्य ।

२०८२ सालको प्रतिनिधिसभा चुनावमा फेरि उनै महर्जनलाई कांग्रेसले ललितपुर-२ बाट उम्मेदवार बनाएको छ ।

मनोनयन दर्ता गरेपछि उनले पार्टी भित्र एकता कायम गरेर जित सुनिश्चित गर्ने बताएका छन् । ‘यस पटक नेपाली कांग्रेसले नयाँ नेतृत्वसहित बदलिएर आएकोले हाम्रो जित सुनिश्चित छ,’ उनले भनेका छन् ।

उनले ललितपुर महानगरपालिका र प्रदेश सांसदहरूका कामलाई आफ्नो जितको आधार मानेको देखिन्छ ।

साथै आफ्नो क्षेत्रको सम्भावना र समस्या नजिकबाट बुझेको रैथाने उम्मेदवारको रूपमा आफूलाई चिनाउने कोसिस गरिरहेका छन् ।

यो क्षेत्रका मुख्य प्रतिस्पर्धीहरूमा नेकपा एमालेबाट प्रेमबहादुर महर्जन (निवर्तमान सांसद), राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदीश खरेल, नेपाली कम्युनिस्ट पार्टीबाट राजेन्द्र अमात्य लगायतका उम्मेदवार छन् ।

यस क्षेत्रमा गत निर्वाचनमा भने एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले अन्य प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि पारेका थिए ।

अघिल्लो चुनावमा गठबन्धन गरेको कांग्रेसले यस पटक एकल रूपमा प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाएको हो । आसन्न चुनावमा ललितपुर-२ मा दल र स्वतन्त्र गरी २३ उम्मेदवार छन् ।

Battleground Analysis

अनुकूलता

  • रैथाने र पुराना कांग्रेस नेताको लाभ
  • पार्टी संगठन र स्थानीय सरकारको कामलाई आधार
  • गठबन्धन बिना एकल उम्मेदवारी

प्रतिकूलता

  • अघिल्लो निर्वाचनमा पराजित हुनुको असर
  • बलिया उम्मेदवारसँग प्रतिस्पर्धा
  • धेरै उम्मेदवार र नयाँ दलको उपस्थितिले मत विभाजन हुनसक्ने
शिक्षा
एसएलसी
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेपाली कांग्रेस

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रदेश सभा निर्वाचन २०७४ ललितपुर - २ (२) ज्ञानेन्द्र शाक्य (एमाले) १२०६३ ९४२० २६४३ पराजित

प्रेमकृष्ण महर्जनको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

प्रेमकृष्ण महर्जन
७४२०
जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी
३९४९१
राजाराम तण्डुकार उज्यालो नेपाल पार्टी
५५४७
VS