Home Candidate राघव​ कार्की

भूकम्प पीडितलाई मल्हम लगाउन राजनीतिमा

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
राघव​ कार्की
जाजरकोट - १ उम्मेदवार

राघव​ कार्की

पुरुष , ५० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

डेढ वर्षदेखि वकालत गर्दै आएको वकालती छाडेर राजनीतिमा होमिएका राघवको लक्ष्य छ, ‘जाजरकोटका भूकम्पपीडितको सेवा गर्ने ।’

०००

 

१ पुस २०३२ मा जाजरकोटमा जन्मिएका राघव कार्की संसदीय राजनीतिमा होमिएका छन् । विगत डेढ दशकदेखि नेपालगञ्जमा बसेर वकालत गर्दै आएका उनी यसै वर्षबाट राजनीतिमा जोडिएका हुन् ।

‘यसअघि राजनीतिमा थिइनँ । स्थानीय समस्या र समाधानका लागि भएका पहलबारे जानकार छु । जति गर्न सकिन्थ्यो त्यति यसअघि चुनाव जितेकाहरूले गरेनन्,’ उनी भन्छन्, ‘जाजरकोटको समग्र विकास र समृद्धिका लागि म राजनीतिमा जोडिएँ ।’

वर्षीय कार्की जाजरकोटको भेरी नगरपालिकाका स्थायी बासिन्दा राघवले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।

राजनीतिमा जोडिनुका पछाडि जाजरकोट भूकम्प पीडितको पीडामा मह्लम लगाउने उद्देश्य रहेको उनको भनाइ छ । ‘भूकम्प गएको लामो समय भइसक्यो । अझैसम्म पुनर्निर्माणको कुरा छैन । कतिपय पीडितले अझैसम्म पहिलो किस्ता पाउन सकेका छैनन् । म आफैं पनि भूकम्पपीडित हुँ । टहरोमै बास छ,’ उनको भनाइ छ ।

२०८० साल कात्तिकमा जाजरकोटमा विनाशकारी भूकम्प आएको थियो । त्यसले धनजनको ठूलो क्षति पुर्‍यायो । अझैसम्म पनि पुनर्निर्माणको काम सकिएको छैन । उनी भन्छन्, ‘पुनर्निर्माणको ढिलासुस्ती र नागरिकले भोग्दै आएको पीडाले राजनीतिमा तान्यो ।’

चुनाव जितेको खण्डमा दु:खमा रहेका नागरिकलाई सरकार र राज्यको उपस्थिति छ भनेर देखाउने उनको प्रतिवद्धता छ ।

‘नागरिकको दु:खमा सरकार रहेको महसुस हुन सकेन । कोही न कोही जाग्नुपर्छ भनेर म आफैं राजनीतिमा आएँ,’ उनी भन्छन्, ‘मेरो प्रमुख प्रतिबद्धता यही छ– भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने र कम्तीमा पनि जाजरकोटबासीलाई टहरोबाट छानामुनि रहने वातावरण बनाउने ।’

यसका अलवा समग्र जाजरकोटको विकास र समृद्धिका लागि काम गर्ने उनको अर्को प्रतिवद्धता छ । उनी थप्छन्, ‘जाजरकोटको राजनीतिमा ३५ वर्षदेखि पुराना दलहरूले चुनाव जिते । तर, जाजरकोटका नागरिकको अवस्थामा परिवर्तन आउन सकेन । दलीय सिण्डिकेट छ त्यो सिण्डकेट तोड्नुपर्‍यो भन्ने सोच आयो । पार्टीले पनि पत्यायो र उम्मेदवार भएँ ।’

युवाहरूलाई स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने, स्वरोजगारको सम्भावनाको खोजी गर्ने र युवालाई प्रोत्साहन गर्ने नीति बनाउन भूमिका खेल्ने उनको अर्को प्रतिवद्धता छ । उनी भन्छन्, ‘बाँच्नकै लागि पैसा कमाउन विदेश जानुपर्ने बाध्यता हटाउनुपर्ने छ । यसका लागि काम गर्छु ।’

भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाको लागि काम गर्ने प्रतिवद्धता त छँदैछ । जेनजी आन्दोलनले उठाएका यी लगायतका विषयलाई आत्मसाथ गरेर अगाडि बढ्ने पनि उनको बचनवद्धता छ ।

मतदाताको घरदैलोमा रहेका उनी नागरिकसँग गरिरहेको बाचा सुनाउँछन्, ‘महिला र युवाको सामाजिक सशक्तीकरणमा काम गर्छु । जाजरकोट डिजिटल पहुँचमा पछाडि छ । यसमा पनि काम गर्छु । चुनाव जितेपछि सबैलाई गर्व गर्न लायक काम मात्रै गर्छु ।’

जाजरकोटबाट यसअघि पटक–पटक चुनाव जित्दै आएका शक्तिबहादुर बस्नेत नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार छन् । लामो राजनीतिक अनुभव भएका डम्बरबहादुर सिंह एमालेबाट उम्मेदवार छन् । पार्टी राजनीतिमा लामो समयदेखि सक्रिय रहेका खड्कबहादुर बुढा कांग्रेसबाट चुनावी मैदानमा छन् ।

आफ्ना प्रतिवद्धता पूरा गर्न राघव कार्कीलाई पुराना दलहरूको बर्चस्व चिर्नुपर्ने छ । यो उनको प्रमुख चुनौती हो ।

व्यक्तिगत विवरण

नाम: राघव कार्की

जन्म : २०३२ साल पुस १ गते

जन्मस्थान : जाजरकोट

स्थायी ठेगाना : भेरी नगरपालिका, जाजरकोट

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • कानुन र नीतिका जानकार
  • सामाजिक कार्यमा सक्रिय
  • नयाँहरूको लहर

प्रतिकूलता

  • पहिलो पटक चुनाव लड्दै
  • राजनीतिमा जोडिएकै वर्ष उम्मेदवार
  • जनस्तरसम्म पहुँचको अभाव
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्यमा पहिलोपटक उम्मेदवार
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

राघव​ कार्कीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित