ह्याट्रिकको विरासत जोगाउने कसरत
Battleground Analysis
अनुकूलता
- निर्वाचनमा 'ह्याट्रिक' को विरासत
- राष्ट्रिय कद र अनुभव
- सांगठनिक पकड
प्रतिकूलता
- गठबन्धनको अभाव
- एमालेको 'कमब्याक' प्रयास
- एन्टी-इन्कम्बेन्सी
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०६४ | समानुपातिक |
|
||||
| २०७० | जाजरकोट-१ | डम्बरबहादुर सिंह | ७५५३ | ८०७३ | ५२० |
|
| २०७४ | जाजरकोट-१ | राजीवविक्रम शाह | २३२८९ | ३२२८१ | ८९९२ |
|
| २०७९ | जाजरकोट-१ | नीरजप्रसाद आचार्य | २५१२० | ३४१५१ | ९०३१ |
|
राजनीतिक टाइमलाइन
जनआन्दोलनमा मशालबाट सहभागी
बस्नेत नेकपा एकता केन्द्र (मशाल)बाट राजनीतिमा आएका हुन् । २०४६ सालको जनआन्दोलनमा उनी मशालबाटै सहभागी थिए ।
एकता केन्द्र (मशाल)को राप्ती क्षेत्रीय समन्वय समिति सदस्य
२०४६ सालको जनआन्दोलनमा सहभागी भएपछि उनी मशालबाटै राजनीतिमा कृयाशील रहे । २०४८ सालमा एकता केन्द्र (मशाल)को राप्ती क्षेत्रीय समन्वय समिति सदस्य बने ।
जाजरकोट जिल्ला सेक्रेटरी
२१ वर्षकै कलिलो उमेरमा उनी एकता केन्द्र (मशाल)को जाजरकोट जिल्ला सेक्रेटरीको जिम्मेवारीमा पुगे ।
नेकपा (माओवादी) को पश्चिम क्षेत्रीय ब्यूरो सदस्य
नेकपा (माओवादी) दीर्घकालीन जनयुद्धको तयारीमा जुटिसकेको थियो । उनी पनि त्यसमा सहभागी रहे । २०५१ मा आइपुग्दा उनले नेकपा माओवादीको पश्चिम क्षेत्रीय ब्यूरो सदस्यको रूपमा ग्रामीण वर्ग–संघर्षको नेतृत्व गरे ।
माओवादीको वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय सदस्य हुँदै भेरी–कर्णाली क्षेत्रीय ब्युरो इन्चार्ज
२०५२ साल फागुन १ गतेबाट सुरु भएको सशस्त्र संघर्षको प्रभाव बढ्दै जाँदा पार्टीभित्र बस्नेतको राजनीतिक प्रभाव पनि बढ्दै गयो । यही समयमा उनी माओवादीको वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय सदस्य हुँदै भेरी–कर्णाली क्षेत्रीय ब्युरो इन्चार्ज बने ।
पार्टीको जनमुक्ति सेनाको डिभिजन कमिसार
२०५७ मंसिरमा नेपाली सेनामाथिको आक्रमणपछि मुलुक भयंकर युद्धमा फसिसकेको थियो । माओवादीले आफ्ना सेनालाई पनि बलियो बनाउँदै लगेको थियो । यो समयमा बस्नेतले पार्टीको पोलिटब्युरो सदस्य हुँदै भेरी–कर्णाली र थारुवान् क्षेत्रीय ब्युरो इन्चार्ज र जनमुक्ति सेनाको डिभिजन कमिसारको भूमिका निर्वाह गरे ।
स्थायी कमिटी सदस्य
तत्कालीन सात राजनीतिक दल र माओवादीबीचको १२बुँदे सहमतिकै रोडम्यापअनुसार १९ दिने जनआन्दोलन भयो । त्यसपछि माओवादी शान्तिप्रक्रियामा आयो । २०७१मा आइपुग्दा बस्नेत पार्टीको स्थायी कमिटी सदस्य चुनिए ।
शक्तिबहादुर बस्नेतको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?






