जाजरकोटमा एमाले फर्काउन तेस्रोपटक प्रतिस्पर्धा
Battleground Analysis
अनुकूलता
- राजनीतिक निष्ठा र धैर्य
- पार्टीमा पकड भएका नेता
- सांगठनिक अनुभव
प्रतिकूलता
- कमजोर संगठन
- शक्ति बस्नेतको अपराजित छवि
- युवालाई मौका नदिएको गुनासो
शिक्षा
स्नातकोत्तर
हालको दल
नेकपा एमाले
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०७० | जाजरकोट-१ | शक्तिबहादुर बस्नेत | ८०७३ | ७५५३ | ५२० | पराजित |
| २०७९ | जाजरकोट-१ (१) | बेदराज सिंह | १८५४३ | ११४१० | ७१३३ | पराजित |
राजनीतिक टाइमलाइन
२०३७
अनेरास्ववियुको सदस्यता
डम्बरबहादुर सिंहले १६ वर्षको उमेरमा विद्यार्थी संगठनमा जोडिएर राजनीति अघि बढाएका थिए ।
२०४६
राष्ट्रिय शिक्षक संघको आजीवन सदस्य
२०३९ देखि २०५५ सम्म करिब १७ वर्ष शिक्षण पेसामा बिताएका उनले २०४६ मै नेपाल राष्ट्रिय शिक्षक संघको आजीवन सदस्य बनेका थिए । २०५५ मा भने शिक्षकबाट राजीनामा दिएर उनी पूर्णकालीन राजनीतिमा होमिए ।
२०५६–२०६६
गाउँ, वडा, क्षेत्र, इलाका हुँदै जाजरकोट एमाले जिल्ला अध्यक्ष
गाउँ, वडा, क्षेत्र, इलाका हुँदै एमाले जाजरकोट जिल्ला कमिटी सदस्य, २०५६ बाट २०६२ सम्म जिल्ला उपसचिव र २०६२ बाट जिल्ला सचिव भएका उनी २०६६ मा एमाले जाजरकोटको अध्यक्ष भए ।
२०७१- २०७२
पार्टी भेरी अञ्चल सदस्य हुँदै कर्णाली प्रदेश सदस्य
२०७१ मा उनी पार्टीको भेरी अञ्चल सदस्य बने । २०७२ मा आइपुग्दा एमालेको कर्णाली प्रदेश कमिटी सदस्य भए ।
२०७८
पार्टीको केन्द्रीय सदस्य निर्वाचित
१० मंसिर २०७८मा चितवनको सौराहामा भएको पार्टीको १०औं राष्ट्रिय महाधिवेशनबाट उनी नेकपा एमालेको केन्द्रीय सदस्य निर्वाचित भए ।
डम्बरबहादुर सिंहको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित








