Home Candidate संजयकुमार महतो
http://नेपाली%20कम्युनिस्ट%20पार्टी
संजयकुमार महतो
धनुषा - ४ उम्मेदवार

संजयकुमार महतो

पुरुष , ३२ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१३३६ मत
Profile
Profile

विद्यार्थी राजनीति पृष्ठभूमिबाट आएर संसद् प्रवेश गर्न प्रतिस्पर्धामा होमिएका युवा इन्जिनियर हुन्– सञ्जयकुमार महतो।

धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर १ मा जन्मिएका सञ्जयको बाल्यकाल आम बालबालिकाको जस्तो सामान्य रहेन। कारण थियो उनको बोली। सञ्जयको बोली ९ वर्षसम्म फुटेन।

तर ९ वर्षपछि भने फटाफट बोल्न सुरु गरे। भाषण गर्ने बानी नभए पनि उनी आफ्ना तर्क र विचारलाई शक्तिशाली तरिकाले राख्ने कौशल आफूमा विकास भएको विश्वास गर्छन्।

उनले २०६९ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको थापाथली क्याम्पसबाट इन्जिनियरिङमा स्नातक गरे। १० वर्षसम्म विभिन्न सरकारी कार्यालयहरूसँग आबद्ध भएर काम गरे। धनुषा जिल्लाकै पनि सरकारी कार्यालयको डीपीआरदेखि खानेपानीका काम उनले गरिसकेका छन्।

राजनीति भने उनले परिवारबाटै सिके। हजुरबुबादेखि उनका बुबासम्मको प्रभावले उनी कम्युनिस्ट विचारसँग नजिक भए।

पञ्चायतकालविरुद्ध हजुरबुबा लडे। उनका बुबा २०५४ सालमा जनमोर्चाबाट वडाध्यक्ष निर्वाचित भएका थिए। पार्टी एकीकरणपछि पनि बुबा राजनीतिमै सक्रिय थिए। तर, पारिवारिक आर्थिक जिम्मेवारीले गर्दा बुवाले राजनीतिलाई निरन्तरता दिन सकेनन्।

सोही पारिवारिक राजनीतिक लिगेसीलाई सञ्जयले निरन्तरता दिए। उनी तत्कालीन माओवादीको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) मा आबद्ध भए। सुरुवाती चरणमा क्लास कमिटीबाट राजनीति सुरु गरेका उनले रञ्जित तामाङ अध्यक्ष हुँदा बागमती प्रदेश कमिटीमार्फत केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाले। पछि पञ्चा सिंह अध्यक्ष हुँदा उनले सचिवालय सचिवको रूपमा काम गरे।

अहिले उनी ३२ वर्षको उमेरमा नेकपाबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

संजयकुमार महतोको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

संजयकुमार महतो
१३३६
राजकिशोर महतो राष्ट्रिय स्वतन्त्र पार्टी
४८२७०
महेन्द्र यादव नेपाली कांग्रेस
१५८०८
VS