Home Candidate रामबाबुकुमार यादव

मधेश आन्दोलनबाट संसद् पुगे, फेरि प्रवेश गर्ने दौड

http://जनता%20समाजवादी%20पार्टी,%20नेपाल
रामबाबुकुमार यादव
बारा - ३ उम्मेदवार

रामबाबुकुमार यादव

पुरुष , ५० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile Election History
Profile Election History

जनता समाजवादी पार्टीले बारा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा रामबाबुकुमार यादवलाई अघि सारेको छ।

यादवको जन्म वि.सं. २०३२ जेठ १५ गते बाराको कलैया उपमहानगरपालिका–२६, सिसवा महेशपुरमा भएको हो। उनी बाबु हरिनारायण यादव र आमा कौसिलादेवी यादवका सन्तान हुन्। स्नातक तहसम्म अध्ययन गरेका यादव २०६२ सालको जनआन्दोलनबाट राजनीतिमा होमिएका हुन्। त्यस समयमा भएको मधेश आन्दोलनमा उनले सक्रिय सहभागिता जनाएका थिए।

मधेशी जनअधिकार फोरमबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका यादव हाल जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य छन्। पार्टी संगठनमा उनको लामो अनुभव छ। उनले जनता समाजवादी पार्टीको बारा जिल्ला सचिव, दुई कार्यकाल जिल्ला अध्यक्ष तथा एक कार्यकाल मधेश प्रदेश अध्यक्षका रूपमा काम गरिसकेका छन्।

२०७० सालको संविधानसभा निर्वाचनमा उनले तत्कालीन बारा क्षेत्र नं. ५ बाट मधेशी जनअधिकार फोरमको तर्फबाट उम्मेदवारी दिएका थिए, जहाँ उनी तेस्रो स्थानमा सीमित भए। २०७४ सालमा बारा क्षेत्र नं. ३ बाट तत्कालीन संघीय समाजवादी फोरम (हालको जनता समाजवादी पार्टी) का तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भए। उक्त निर्वाचनमा उनले एमाले–माओवादी गठबन्धनका उम्मेदवार अध्यागनन्द पाण्डे र कांग्रेस नेता फरमुल्लाह मन्सुरलाई पराजित गरेका थिए।

२०७९ सालको निर्वाचनमा उनले पुनः बारा क्षेत्र नं. ३ बाट जनता समाजवादी पार्टीकै तर्फबाट उम्मेदवारी दिएका थिए, तर एमाले नेता जवाला साहसँग पराजित भएका थिए।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • प्रत्यक्ष संसदीय अनुभव
  • मधेश आन्दोलन र मुद्दाको स्पष्ट पहिचान
  • पार्टी संगठनमा दीर्घ नेतृत्व अनुभव

प्रतिकूलता

  • अघिल्लो निर्वाचनको पराजयको प्रभाव
  • क्षेत्रीय राजनीतिमा सीमित छवि
  • कडा प्रतिस्पर्धा
शिक्षा
स्नातक
हालको दल
जनता समाजवादी पार्टी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ बारा - ३ ज्वालाकुमारी साह (एमाले) २०२५१ १७२७९ २९७२ पराजित
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ बारा - ३ अदयानन्द पाण्डेय (एमाले) १६३६२ २१३३६ ४९७४ विजयी
संविधानसभा सदस्य निर्वाचन २०७० बारा - ५ बलवीरप्रसाद चौधरी (एमाले) १५८०० १०६७१ ५१२९ पराजित

रामबाबुकुमार यादवको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित