Home Candidate रामलाल डगौरा थारु

स्थानीय तहले जगाएको संसद् पुग्ने आकांक्षा

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
रामलाल डगौरा थारु
कैलाली - १ उम्मेदवार

रामलाल डगौरा थारु

पुरुष , ४५ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
८३९२ मत
Profile
Profile

२०७९ सालको निर्वाचनले थारुको राजनीतिक यात्रालाई नयाँ उचाइ दियो । जेलमा रहेका रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेपछि उनी माओवादी केन्द्र परित्याग गर्दै नाउपा प्रवेश गरे । सोही वर्षको स्थानीय तह निर्वाचनमा उनी टकापुर नगरपालिकाको मेयर पदमा नागरिक उन्मुक्तिक तर्फबाट उम्मेदवार बने , पाँचदलीय गठबन्धनलाई पराजित गर्दै विजयी भए

०००

रामराल डगौरा थारु कैलालीको राजनीतिमा जमिनबाट उठेका र स्थानीय पकड भएका नेताका रूपमा चिनिन्छन् । २०३७ साल पुस १० गते कैलालीको टीकापुर नगरपालिका–७, प्रतिपुरमा जन्मिएका थारु कैलालीकै स्थायी बासिन्दा हुन् ।

औपचारिक शिक्षा सीमित भए पनि उनी व्यावहारिक ज्ञान, स्थानीय समाजसँगको नजिकको सम्बन्ध र संगठनात्मक अनुभवका कारण जनस्तरमा परिचित छन् ।

माओवादी पृष्ठभूमिबाट राजनीतिमा आएका थारु पछिल्लो समय विभिन्न राजनीतिक धार हुँदै अहिले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध छन् ।

उनी लामो समय माओवादी आन्दोलनसँग जोडिएर स्थानीय तहमा सक्रिय रहे । त्यस क्रममा उनी टीकापुर–७ बाट वडाध्यक्षमा उम्मेदवार बनेर निर्वाचित भएका थिए । उक्त निर्वाचनमा उनले ९०२ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरेश्वर धमलाले ६९२ मत ल्याएका थिए ।

२०७९ सालको निर्वाचनले उनको राजनीतिक यात्रालाई नयाँ उचाइ दियो । टीकापुर घटनाका कारण जेलमा रहेका रेशम चौधरीले २०७९ को निर्वाचन लक्षित गरी नागरिक उन्मुक्ति पार्टी गठन गरेपछि थारु माओवादी केन्द्र परित्याग गर्दै नाउपामा प्रवेश गरे ।

स्थानीय मेयरका रूपमा कमाएको लोकप्रियता र रञ्जिता श्रेष्ठको विरासतलाई नेकपाको ब्यानरमा जोड्न सके भने रामलालका लागि प्रतिनिधिसभाको ढोका खुल्ने प्रबल सम्भावना छ।

सोही वर्षको स्थानीय तह निर्वाचनमा उनी टीकापुर नगरपालिकाको मेयर पदमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट उम्मेदवार बने । स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै उनी ९ हजार ४४२ मतसहित विजयी भए ।

पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावलले ६ हजार ६४२ मत ल्याए भने नेकपा एमालेका श्याम खत्रीले ४ हजार ९३३ मत मात्र प्राप्त गरे । यो जितसँगै थारु केवल स्थानीय नेता मात्र नभई क्षेत्रीय राजनीतिमा प्रभावशाली पात्रका रूपमा स्थापित भए ।

रामलाल डगौरा थारुको उम्मेदवारीले कैलाली–१ मा परम्परागत शक्तिहरू (कांग्रेस र एमाले) लाई ठूलो दबाब सिर्जना गरेको छ।

स्थानीय तहमा सफलता पाएपछि थारुको राजनीतिक यात्राले पुनः मोड लियो । उनी पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी छाडेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

रञ्जिता श्रेष्ठले जितेको कैलाली-१ बाट उनी अहिले नेकपाको उम्मेदवार बनेका छन् । अहिले रञ्जिता श्रेष्ठ पनि नेकपामै प्रवेश गरेकी छिन् । यो क्षेत्र पहिल्यै थारु समुदायको पहिचान र आन्दोलनसँग जोडिएको मानिन्छ, जहाँ थारुको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिन्छ ।

Battleground Analysis

अनुकूलता

  • 'मेयर' को सफल कार्यकाल
  • थारु पहिचान र क्लस्टर
  • रञ्जिता श्रेष्ठको साथ

प्रतिकूलता

  • पार्टी परिवर्तनको असर
  • संसदीय निर्वाचनको फरक आयाम
  • कडा प्रतिस्पर्धा
शिक्षा
साक्षर
हालको दल
नेपाली कम्युनिस्ट पार्टी

रामलाल डगौरा थारुको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित