Home Candidate जनकराज चौधरी

दोस्रो जितको खोजीमा जनकराज

http://नेपाली%20कांग्रेस
जनकराज चौधरी
कैलाली - १ उम्मेदवार

जनकराज चौधरी

पुरुष , ४९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१२८६७ मत
Profile
Profile

२०७० को संविधानसभा सदस्य र राज्यमन्त्री भइसकेका कारण उनीसँग नीति निर्माण र सरकार सञ्चालनको प्रत्यक्ष अनुभव छ। यसअघि नै चुनाव जितिसकेका हुनाले उनलाई क्षेत्रको भूगोल र चुनावी प्रक्रियाको राम्रो ज्ञान छ।

०००

जनकराज चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट २०७० सालमा मधेशी जनअधिकार फोरममा चुनाव जिते । चौधरीले पुष्कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा संघीय मामिला तथा सहरी विकास राज्यमन्त्रीका रुपमा काम गर्ने अवसर पनि पाए ।

१२ वर्षपछि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने उनी नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका छन् । हाल कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति रहेका जनकराज १२ वर्षपछि २१ फागुनमा हुने निर्वाचनमा जित हासिल गर्दै पुन: प्रतिनिधिसभा सदस्य बन्ने प्रयासमा छन् ।

उनको जन्म २०३३ साल १५ माघमा कैलालीको जोशीपुर गाउँपालिका–५ मा भएको हो । बुबा रामप्रसाद चौधरी र आमा भोजियादेवी उनलाई कुनै मर्यादित पेशा रोजोस् भन्ने चाहन्थे । किनभने, पढाइमा मेहनती थिए ।

थारु गाउँमा जन्मिएका जनकराजले रघुनाथ आदर्श माध्यमिक विद्यालयबाट २०४९ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।

२०५२ सालमा पोखराको पृथ्वी नारायण क्याम्पसबाट भौतिक विज्ञानमा आइएस्सी र २०५६ मा बीएस्सी गरे । त्यसपछि थप अध्ययनका लागि उनी त्रिभुवन विश्वविद्यालय पुगे, जहाँबाट २०५९ सालमा उनले गणित विषयमा स्नातकोत्तर गरे ।

विज्ञान र गणित विषय अध्ययन गरेका कारण उनमा विश्लेषणात्मक क्षमता र निर्णय क्षमता बलियो देखिन्छ । थारु समुदायबाट प्रतिनिधित्व गर्ने भए पनि चौधरीलाई नेपाली, अंग्रेजी र हिन्दी भाषाको राम्रो ज्ञान छ ।

उनले राजनीति मात्र नभएर शिक्षण पेशामा पनि योगदान गरे । टीकापुरमा रहेको वीरेन्द्र विद्या मन्दिरमा २०६० देखि १० वर्षसम्म पढाए । ती वर्षहरूमा मुलुकमा राजनीतिक उथलपुथल हुँदै थियो । उनी २०७० मा संविधानसभा सदस्य निर्वाचनमा विजयी भए र संविधान निर्माणमा योगदान दिए । केही समय राज्यमन्त्रीको जिम्मेवारी पनि निर्वाह गरे ।

२०७१–२०७३ नेपाल वातावरण संरक्षण समितिको अध्यक्ष भएर पनि काम गरेको अनुभव उनको छ । शैक्षिक, प्रशासनिक र सरकारी क्षेत्रहरूमा अनुभव प्राप्त गर्दै समुदाय र प्रदेशस्तरको विकासमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।

२०७८ सालदेखि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको उपसभापति रहेका उनले पार्टीभित्र र क्षेत्रीयस्तरमा नेतृत्व प्रदान गर्दै राजनीतिक स्थिरता र विकासका पहलहरू अघि बढाएका छन् ।  कैलाली क्षेत्र नम्बर १ को समग्र विकासका लागि काम गर्ने प्रतिबद्धतासहित उनी चुनावमा होमिएका छन् ।

Battleground Analysis

अनुकूलता

  • उच्च शैक्षिक योग्यता र बौद्धिक छवि
  • संसदीय अनुभव
  • भाषिक र सामुदायिक पकड

प्रतिकूलता

  • लामो समयको अन्तराल
  • कडा प्रतिस्पर्धी र समीकरण
  • संस्थागत एजेन्डाको अभाव
शिक्षा
स्नातकोत्तर
हालको दल
नेपाली कांग्रेस

जनकराज चौधरीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित