Home Candidate द्वारिकाप्रसाद न्यौपाने

प्रदेश सभामा हारको बदला लिने प्रयास

http://नेकपा%20एमाले
द्वारिकाप्रसाद न्यौपाने
कैलाली - १ उम्मेदवार

द्वारिकाप्रसाद न्यौपाने

पुरुष , ४७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
४४९३ मत
Profile
Profile

२०७९ को प्रदेश सभामा पराजित भएका न्यौपाने यसपटक बदलिएको राजनीतिक समीकरण र आफ्नो 'व्यवस्थापकीय दक्षता'लाई जितको आधार बनाउन चाहन्छन्। 

०००

२०७९ को प्रदेश सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवार थिए, द्वारिकाप्रसाद न्यौपाने । यो त्यस्तो समय थियो, जतिबेला नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत पाँच दलको गठबन्धन एकातिर थियो, अर्कोतिर एमाले ।

धेरैलाई लागेको थियो, यिनै दुई पक्षबीच चुनावी प्रतिस्पर्धा हुनेछ । तर, परिणाम आयो बेग्लै । पहिलोपटक निर्वाचनमा भाग लिएको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार  लक्ष्मणकिशोर चौधरीले कांग्रेस गठबन्धनका उम्मेदवार रणबहादुर रावल र एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेलाई ठूलो मतान्तरले पराजित गरे ।

तीन वर्षपछि मुलुक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको छ । र, यतिबेला तिनै द्वारिकाप्रसादलाई एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

उनी प्रदेश सभाको चुनावी हारको बदलामा जित निकाल्ने लक्ष्यसहित मतदाताको घरदैलोमा पुगिरहेका छन् । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिसमेत रहेका उनी पार्टी कैलालीका पूर्वसचिवालय सदस्य पनि हुन् ।

प्रदेश सभामा आफूलाई पराजित गरेको नागरिक उन्मुक्ति पार्टी यो अवधिमा विभाजित भइसकेको छ । पुरानो नाउपा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा मिसिएको छ । नाउपाका परिकल्पनाकार र संरक्षक रेशम चौधरीले नाउपा नेपाल नामको पार्टी खोलेका छन् । तर, उनको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

अपी पावर र सिद्धकाली पावर जस्ता ठूला ऊर्जा कम्पनीमा निर्देशक र प्रबन्ध निर्देशकको अनुभव सँगालेका उनले सांसद भएपछि पाउने सेवा–सुविधा विपन्नको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन्।

जेनजी आन्दोलनपछि नेपाली कांग्रेसको नेतृत्व परिवर्तन भएको छ । नियमित नभई विशेष महाधिवेशनबाट जबरजस्ती हटाएर पार्टी कब्जा गरेको भन्दै शेरबहादुर देउवा पक्षले नयाँ सभापति गगन थापालाई खुलेर स्वीकार गरेको देखिँदैन । गगन नेतृत्वमा आएको डेढ महिना हुन लाग्दा पनि गगन र देउवाको भेट भएको छैन । यसले पार्टीभित्र ठूलो अन्तरसंघर्ष र मनमुटाव रहेको एमालेकित्ताको विश्लेषण छ ।

यस्तोमा आफूहरूलाई जित निकाल्न सहज रहेको उनीहरूको भनाइ छ । त्यसोत: ऊर्जाको क्षेत्रमा राम्रो अनुभव भएका द्वारिकाप्रसादले निर्देशक र प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरिसकेका छन् । आफ्नो व्यवस्थापकीय दक्षतालाई राजनीतिक नेतृत्वमा रूपान्तरण गर्न उनी अघि बढेका छन् ।

नेपाल वाणिज्य क्याम्पस, काठमाडौंबाट व्यापार विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उनले पाटन बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा प्रवीणता प्रमाणपत्र तह गरेका थिए ।

उनले विपक्षी दलहरू (कांग्रेस र नाउपा) भित्रको असन्तुष्टिलाई उपयोग गर्दै एमालेको अनुशासित 'कोर भोट' जोगाउने र व्यावसायिक क्षेत्रको नयाँ मत थप्ने रणनीति लिएका छन्।

अध्ययनका क्रममा उनले वित्तीय लेखा, व्यवस्थापकीय लेखा, मध्यवर्ती वित्तीय प्रतिवेदन, लेखा सूचना प्रणाली तथा व्यक्तिगत कर योजना जस्ता विषयका सैद्धान्तिक ज्ञान लिएका छन् । सैद्धान्तिक ज्ञानलाई अभ्यास गरेकै कारण उनलाई वित्तीय अनुशासन, स्रोत व्यवस्थापन र संस्थागत पारदर्शितामा सफलता मिलेको छ ।

२०१९ देखि द्वारिकाप्रसाद अपी पावर कम्पनी लिमिटेडका निर्देशकका रूपमा कार्यरत छन् । कम्पनीमा उनले निर्माण व्यवसाय विकास, परियोजना परिचालन, स्रोत व्यवस्थापन तथा प्रशासनिक नियन्त्रणजस्ता जिम्मेवारी सम्हाल्दै आएका छन् ।

परियोजना व्यवस्थापनमा उनको विशेषता समय सीमाभित्र काम सम्पन्न गराउने, लागत प्रभावकारी ढंगले स्रोत परिचालन गर्ने र साइट तथा डिजाइन शाखाबीच समन्वय कायम गर्ने रहेको छ । आधुनिक प्रविधि प्रयोग गरेर कार्यसम्पादनको मूल्याङ्कन र सुधार गर्ने उनको शैलीले उनलाई परिणाममुखी व्यवस्थापकका रूपमा चिनाएको छ ।

२०७९ को प्रदेश सभा सदस्य निर्वाचनमा तेस्रो भएको एमालेका लागि यसपटक केही रोचक 'अनुकूल' परिस्थितिहरू सिर्जना भएका छन् ।

उनी अपी पावर कम्पनीमा मात्र होइनन्, सन् २०१७ देखि नै सिद्धकाली पावर लिमिटेडका निर्देशकको भूमिका रहेर परियोजना योजना, जोखिम व्यवस्थापन, प्रगति अनुगमन तथा पूर्वाधार निर्माणमा नेतृत्व गरिरहका छन् ।

यस्तै, २०२१ देखि व्यवस्थापन अध्ययन संस्थानका निर्देशक तथा सुबिन बहुराष्ट्रिय प्रालिका प्रबन्ध निर्देशकका रूपमा पनि उनी कार्यरत छन् ।

ऊर्जा क्षेत्रको व्यावसायिक यात्रामा योजनामा बलियो, जोखिम व्यवस्थापनमा सचेत र उत्प्रेरित गर्न सक्ने नेतृत्वकर्ताका परिचय बनाएका न्यौपानेले कैलाली–१ को समग्र भौतिक, सामाजिक, आर्थिक, शैक्षिक विकासका लागि उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्य बनेपछि पाइने सेवा सुविधा समेत विपन्न, दलित, आदिवासी जनजातीको शैक्षिक विकासमा खर्च गर्ने घोषणा उनले गरेका छन् ।

Battleground Analysis

अनुकूलता

  • उच्च व्यवस्थापकीय र ऊर्जा क्षेत्रको अनुभव
  • एमालेको बलियो संगठन
  • कांग्रेसको आन्तरिक कलह

प्रतिकूलता

  • जातीय समीकरण
  • नयाँ शक्तिको लहर
  • विगतको नतिजा
शिक्षा
स्नातकोत्तर
हालको दल
नेकपा एमाले

द्वारिकाप्रसाद न्यौपानेको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित