Home Candidate अइन्द्रसुन्दर नेम्वाङ

पार्टीको पुरानो जित जोगाउने चुनौती

http://नेकपा%20एमाले
अइन्द्रसुन्दर नेम्वाङ
पाँचथर - १ उम्मेदवार

अइन्द्रसुन्दर नेम्वाङ

पुरुष , ४८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१४५३४ मत
Profile
Profile

बसन्तकुमार नेम्बाङले यसअघि एमालेबाट निकालेको दुई जितलाई निरन्तरता दिनुपर्ने बाध्यता अइन्द्रसुन्दर नेम्बाङलाई छ ।

०००

१२ कात्तिक २०३४ सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा जन्मिएका अइन्द्रसुन्दर नेम्बाङ विद्यालय तहमा पढ्दादेखि नै राजनीतिमा सक्रिय थिए । उनी १२ वर्षकै उमेरमा अखिल नेपाल विद्यार्थी संगठनको प्रारम्भिक कमिटी अध्यक्ष भएका थिए ।

सारताप माध्यमकि विद्यालयबाट एसएलसी पास गरेका उनी २०५१ सालमा अनेरास्वियुको जिल्ला अध्यक्ष भए । जतिबेला उनी १७ वर्षका थिए । उनी अनेरास्वियुको केन्द्रीय सदस्यका साथै सचिवालय सदस्य समेत भए ।

२०७० सालको संविधानसभा चुनावमा उनी समानुपातिकबाट संविधानसभा सदस्य बने । त्यसबेला उनी नेकपा (माले) बाट संविधानसभा सदस्य बनेका थिए । उनी अहिले एमाले केन्द्रीय सदस्य छन् ।

२०७४ र २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेका बसन्तकुमार नेम्बाङ विजय भएका थिए ।

नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका भिष्मराज आङदेम्बेलाई उनले ४७ मतले पराजित गरेका थिए ।

बसन्तकुमार नेम्बाङले यसअघि एमालेबाट निकालेको दुई जितलाई निरन्तरता दिनुपर्ने बाध्यता अइन्द्रसुन्दर नेम्बाङलाई छ ।

Battleground Analysis

अनुकूलता

  • लामो विद्यार्थी राजनीति र पार्टी संगठनमा बलियो अनुभव
  • एमालेको स्थापित जनाधार र अघिल्ला दुई जितको मनोबल
  • संविधानसभा सदस्य हुँदै राष्ट्रियस्तरमा परिचित नेतृत्व

प्रतिकूलता

  • अघिल्ला विजेताको अपेक्षा पूरा गर्नुपर्ने उच्च दबाब
  • स्थानीय मतदाताबीच व्यक्तिगत प्रभाव बसाल्ने चुनौती
  • पार्टी परिवर्तन

अइन्द्रसुन्दर नेम्वाङको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित