Home Candidate अमर सिंह पुन

रोल्पापछि बाँकेबाट प्रतिस्पर्धा

http://नेपाली%20कांग्रेस
अमर सिंह पुन
बाँके - ३ उम्मेदवार

अमर सिंह पुन

पुरुष , ५६ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१२७२२ मत
Profile Election History
Profile Election History

रोल्पाको गंगादेव–७, राकमा जन्मिएका ५५ वर्षीय अमरसिंह पुनले नेपाली कांग्रेसको सदस्य भएर २०४८ सालदेखि राजनीति शुरु गरे । रोल्पा–२ को कांग्रेस क्षेत्रीय सचिव भएका बेलामा २०५१ र २०५४ को निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका खेले । २०५४ को स्थानीय निकाय निर्वाचनमा राक गाविस वडा नं. ८ को वडा सदस्यमा निर्वाचित भए ।

माओवादीले शुरु गरेको सशस्त्र  विद्रोहका वेला कांग्रेस कार्यकर्तामाथि आत्रमण बढ्न थालेपछि २०५६ सालमा पुन रोल्पाबाट नेपालगन्ज झरे । नेपालगन्जमा आएर ट्राभल एजेन्सी र निर्माण व्यवसाय शुरु गरे ।

प्लस टुसम्म अध्ययन गरेका पुनले नेपालगन्जमै बसेर कांग्रेस राजनीतिलाई निरन्तरता दिए । २०६२ मा कांग्रेस रोल्पाको ११औं अधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित भए । २०६२/६३ को जनआन्दोलनमा नेपालगन्जमै सक्रिय भए ।

२०६९ को ११औं राष्ट्रिय महाधिवेशनदेखि महासमिति सदस्य निर्वाचित हुँदै आएका छन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सभासद निर्वाचित भए । संसद्को सार्वजनिक सुनुवाइ विशेष समिति र विकास समितिको सदस्य भएर काम गरे ।

कांग्रेसका तत्कालीन सभापति निकट मानिने उनी २०७२ मा १३औं अधिवेशनबाट रोल्पाको जिल्ला सभापति निर्वाचित भए । २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सिंचाइ राज्यमन्त्री भएका थिए ।

२०७४ को प्रतिनिधिसभा चुनावमा रोल्पाबाट उठेका उनी माओवादी केन्द्रका वर्षमान पुनसँग पराजित भए । त्यतिबेला माओवादी र एमाले बीच गठबन्धन थियो ।

पाँच वर्षपछि गठबन्धन उल्टियो । २०७९ मा कांग्रेस र माओवादीले गठबन्धन गरे । प्रतिनिधिसभामा वर्षमान दोहोरिए । प्रदेश सभातर्फ रोल्पा १ (२) बाट अमरसिंहले उम्मेदवारी दिए । माओवादीले दीपेन्द्रकुमार पुनलाई बागी उठाएर जितायो ।
२०७९ को मंसिरमा सम्पन्न अधिवेशनबाट लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित भए । २०८२ पुसमा सम्पन्न विशेष महाधिवेशनमा व्यवस्थापन समितिको सदस्यको रूपमा खटिए । उनी सभापति गगन थापा निकट मानिन्छन् ।

अमरसिंहले उम्मेदवारी दिएको बाँके–३ मा २०७९ मा कांग्रेसका निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौर २९ हजार ९७ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका किस्मतकुमार कक्षपतिले २४ हजार ३०५, राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्ला ७ हजार ४६७, जसपा नेपालका नोयन्द्र धितालले ४ हजार २९१ मत पाएका थिए ।

१ लाख १३ हजार ३२२ कुल मतदाता रहेको यो क्षेत्रमा दलहरू गठबन्धन विनै निर्वाचनमा होमिएका छन् ।

यो क्षेत्रमा समानुपातिकतर्फ कांग्रेसले १९ हजार ८६७, एमालेले १८ हजार ३४९, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ७६५, रास्वपाले ६ हजार ४७३, माओवादीले ५ हजार ९०१, जसपा नेपालले ४ हजार ४४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ७९६ मत पाएको थियो ।

Battleground Analysis

अनुकूलता

  • कांग्रेसको आधार मत बलियो
  • संसदीय र कार्यकारी अनुभव
  • प्रदेश तहको नेतृत्व र केन्द्रीय पहुँच

प्रतिकूलता

  • रोल्पाबाट बाँकेमा प्रतिस्पर्धा
  • गठबन्धन बिनाको प्रतिस्पर्धा
  • विगतका हार र आन्तरिक असन्तोषको छाया
शिक्षा
प्लस टु
हालको दल
नेपाली कांग्रेस
सरकारको अनुभव
सिंचाइ राज्यमन्त्री (२०७४)

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७० समानुपातिक विजयी
२०७४ रोल्पा - १ वर्षमान पुन (माओवादी) ४२०८४ २०३३७ २१७४७ पराजित
२०७९ रोल्पा १ (२) दिपेन्द्रकुमार पुन मगर १४९२७ १०४०६ ४५२१ पराजित

अमर सिंह पुनको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित