Home Candidate अम्बरबहादुर रायमाझी

दोस्रो जितको खोजीमा

http://नेकपा%20एमाले
अम्बरबहादुर रायमाझी
उदयपुर - २ उम्मेदवार

अम्बरबहादुर रायमाझी

पुरुष , ५६ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

कार्यकाल पूरा नहुँदै संसद् विघटन भएकोले आफूले सुरु गरेका विकास निर्माणका कामहरू पूरा गर्न यसपटक पनि मतदाताले आफूलाई विजय गराउने उनको विश्वास छ ।

०००

२ जेठ २०२६ सालमा उदयपुरको रौतामाई गाउँपालिका–६ मा जन्मिएका अम्बरबहादुर रायमाझी वडा नम्बर-७ का स्थायी बासिन्दा हुन् । उनलाई नेकपा एमालेले उदयपुरको क्षेत्र नम्बर-२ बाट २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको छ ।

२०७९ को निर्वाचनमा जितेका रायमाझी फेरि जित दोहोर्‍याउने प्रयासमा छन् । १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार रामकुमार राईले १० हजार ३७९ मत ल्याएर तेस्रो भएका थिए । उनै राई यसपटक नेपाली कांग्रेसबाट प्रतिस्पर्धामा छन् ।

तीन दशकभन्दा बढी एमालेको राजनीतिमा क्रियाशील रायमाझी दोस्रो पटक चुनावी मैदानमा छन् । २०४३ सालमा अध्ययनका लागि राजविराज पुगेपछि उनले अनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका थिए । उनी हाल एमालेको कोशी प्रदेश कमिटी सचिवालय सदस्य छन् ।

पञ्चायती शासन व्यवस्थामा व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने मान्यताका साथ राजनीतिमा सक्रिय भएको रायमाझी बताउँछन् ।

‘क्याम्पसमा त्यतिबेला स्ववियु राजनीतिको प्रभाव थियो त्यसैले संगठनमा आवद्ध भएँ’, रायमाझी भन्छन्, ‘मूलतः त्यतिबेला समाज परिवर्तन गर्नुपर्छ, व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले राजनीतिमा जोडिएको थिएँ ।’

रायमाझीले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । उदयपुर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष र सगरमाथा–काठमाडौं अञ्चल सम्पर्क कमिटीको कार्यवाहक अध्यक्ष भएर काम गरिसकेका रायमाझी इमान्दार, शालीन, भद्र, पार्टीका वफादार, वैचारिक क्षमता भएका नेता र कुशल नेतृत्वकर्ताको रूपमा स्थापित छन् ।

राजविराजमा विद्यार्थी राजनीति गर्दा गिरफ्तारमा परेका उनले २०६२/६३ को जनआन्दोलनका क्रममा पनि १९ दिन हिरासतमा बसे ।

प्रष्ट वक्ताका रूपमा कार्यकर्ता माझ परिचित रायमाझीले यस क्षेत्रको सबैभन्दा ठूलो माग रहेको कटारी–घुर्मी सडकखण्डको स्तरउन्नतिका लागि आफ्नो कार्यकालमा उल्लेख्य पहल गरेको दाबी गर्छन् ।

कार्यकाल पूरा नहुँदै संसद् विघटन भएकोले आफूले सुरु गरेका विकास निर्माणका कामहरू पूरा गर्न यसपटक पनि मतदाताले आफूलाई विजय गराउने उनको विश्वास छ ।

२०७९ सालको निर्वाचनमा एमालेले समानुपातिकमा १३ हजार ९ सय ३ मत पाएको थियो भने कांग्रेसले १० हजार ५ सय १५ पाएको थियो ।

यो क्षेत्रबाट १ जना स्वतन्त्र उमेद्वार सहित १३ जना प्रतिस्पर्धामा छन् ।  

प्रस्तुति : अभिमन्यू लामिछाने

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • गत निर्वाचनको जित र विरासत
  • बलियो सांगठनिक आधार
  • विकासे छवि र शालीनता

प्रतिकूलता

  • बदलिएको चुनावी समीकरण
  • अधुरा योजना र जनअपेक्षा
  • त्रिपक्षीय र स्वतन्त्रको चुनौती
हालको दल
नेकपा एमाले

अम्बरबहादुर रायमाझीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित