Home Candidate रामकुमार राई

तेस्रो प्रयासमा जित निकाल्ने अवसर

http://नेपाली%20कांग्रेस
रामकुमार राई
उदयपुर - २ उम्मेदवार

रामकुमार राई

पुरुष , ५३ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
७०२ मत
Profile
Profile

यस पटक पार्टीको साथ, जेनजीको भावनाको कदर लगायतका कारण जनताले आफूलाई मत हाल्ने राई बताउँछन् ।

०००

२ चैत २०२६ मा खोटाङको दुर्छिम–५ मा जन्मिएका हुन् रामकुमार राई । उनको परिवार २०३३ सालमा खोटाङबाट कटारी–५ झरेको थियो । राईले २०४७ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए । उनी पार्टीको क्षेत्रीय सभापति, जिल्ला सचिव, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भए ।  

उनै राईलाई २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयुरको क्षेत्र नम्बर-२  बाट नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ ।

२०७४ सालको चुनावमा कांग्रेस उम्मेदवार नारायण कार्कीलाई असहयोग गरेको भन्दै उनलाई पार्टीले कारबाही समेत गरेको थियो । पछि कारबाही फुकुवा भएपछि उनी क्षेत्रीय सभापति बने । 

२०७९ सालको चुनावमा पनि टिकट नपाएपछि उनी स्वतन्त्र उठे । त्यो बेला उनले १० हजार ३७९ मत पाएर तेस्रो भए । यो चुनावमा एमालेका अम्बरबहादुर रायमाझीले १५ हजार २ सय ५१ मत ल्याएर जिते । त्यतिबेला तत्कालीन एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले १२ हजार ८ सय ९३ मत ल्याएर दोस्रो भए । राईलाई फेरि पार्टीले कारबाही गर्‍यो ।

२१ फागुनको चुनाव मिति घोषणा हुनुअघि पार्टीले उनको कारबाही फुकुवा गर्‍यो । कारबाही फुकुवा भएसँगै उनले कांग्रेसबाट टिकट पाएको छ ।

२०५४ सालको निर्वाचनमा उनी कांग्रेसबाट कटारी गाविस अध्यक्षमा निर्वाचित भएका थिए । गाविस अध्यक्ष निर्वाचित भएदेखि नै नागरिकका पक्षमा काम गरेकोले आफूलाई जनताले मत दिने उनको दाबी छ । उनका अनुसार विशेष महाधिवेशन पश्चात यस क्षेत्रमा कांग्रेस एकढिक्का छ ।

यस पटक पार्टीको साथ, जेनजीको भावनाको कदर लगायतका कारण जनताले आफूलाई मत हाल्ने राई बताउँछन् ।

Battleground Analysis

अनुकूलता

  • बलियो व्यक्तिगत मतआधार
  • पार्टीको संस्थागत साथ
  • लामो जनसम्पर्क

प्रतिकूलता

  • अस्थिर राजनीतिक छवि
  • बहुकोणीय प्रतिस्पर्धा
  • आन्तरिक असन्तुष्टि व्यवस्थापन
हालको दल
नेपाली कांग्रेस

रामकुमार राईको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित