Home Candidate बद्री मैनाली

हार उल्टाएर संसद् पुग्ने प्रयास

http://नेकपा%20एमाले
बद्री मैनाली
नुवाकोट - १ उम्मेदवार

बद्री मैनाली

पुरुष , ४९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
८९३२ मत
Profile Election History
Profile Election History

बद्री मैनाली नुवाकोट–१ का लागि "सांगठनिक रूपमा शक्तिशाली र स्रोत-साधनले युक्त" उम्मेदवार हुन्। पार्टी अध्यक्षको हैसियत र अघिल्लो निर्वाचनमा एक्लै लडेर ल्याएको सम्मानजनक मत नै उनको जितको मुख्य आधार हो।

०००

व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा होमिएका बद्री मैनाली नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार छन् ।

२०७९ मा नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी)का नेता हितबहादुर तामाङसँग पराजित भएका उनी यसपटक नतिजा उल्टाउँदै संसदीय यात्रा गर्ने योजनामा छन् । २०७९ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतको पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हितबहादुरले २६ हजार ५४८ मत पाउँदा एमालेका बद्री मैनालीले २३ हजार ४६५ मत पाएका थिए ।

नुवाकोटको सूर्यगढी गाउँपालिका–३ मा २०३३ साल जेठ २ गते जन्मिएका बद्री २०५५ सालमा नेकपा (एमाले) संस्थागत सदस्य बनेका हुन् । उनी २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रको सहयोगमा नुवाकोट १ (२) मा वाम गठबन्धनका तर्फबाट निर्वाचित भएका थिए ।

२०७८ सालमा बागमती प्रदेशको कृषि तथा सहकारी राज्यमन्त्रीको पद सम्हाल्ने अवसर पाए । हाल एमाले नुवाकोटको अध्यक्षसमेत रहेका मैनाली काठमाडौ महानगरपालिका बनस्थलीका बासिन्दासमेत हुन् ।

उनले आफ्नो "व्यावसायिक छवि" लाई "आर्थिक समृद्धिको एजेन्डा" सँग जोडेर बुझाउन सके र एमालेको 'कोर' मत सुरक्षित राख्न सके भने, २०७९ को हारको बदला लिँदै संसद् छिर्ने उनको सम्भावना निकै प्रबल छ।

पार्टी राजनीतिअन्तर्गत एमालेको शिक्षा र मानव संशाधन विभागको सदस्य समेत रहेर जिम्मेवारी पूरा गरिसकेका छन् । अहिले राजनीतिसँगै विभिन्न व्यवसायमा संलग्न रहेका मैनाली कार्पेट उद्योग, हिरारत्न हाइड्रोपावरको प्रालिको अध्यक्ष छन् ।

२०६३ सालदेखि हालसम्म गोसाइँकुण्ड बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, २०६३/६४ मा नेपाल प्रत्यक्ष बजार संघको अध्यक्ष, २०६५ देखि मैनाली प्रोपर्टी डिलर्स प्रालिको अध्यक्ष रहेका उनी नुवाकोट शित भण्डार प्रालिको अध्यक्ष, सिनर्जी हाइडोपावर लिमिटेडको प्रवर्द्धक तथा गोसाइँकुण्ड हाउजिङ कम्पनीको सञ्चालक छन् ।

Battleground Analysis

अनुकूलता

  • बलियो सांगठनिक नेतृत्व
  • राजकीय र संसदीय अनुभव
  • आर्थिक रूपमा सबल पृष्ठभूमि

प्रतिकूलता

  • सत्ताविरोधी भावना
  • हितबहादुर तामाङको विरासत
  • नयाँकाे लहर
शिक्षा
स्नातक
हालको दल
नेकपा एमाले

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७९ नुवाकोट-१ हितबहादुर तामाङ २६५४८ २३४६५ ३०८३ पराजित

बद्री मैनालीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

बद्री मैनाली
८९३२
विक्रम तिमिल्सिना राष्ट्रिय स्वतन्त्र पार्टी
२२६०९
प्रकाशशरण महत नेपाली कांग्रेस
१८५९७
VS