Home Candidate बलदेव चौधरी

मेयरको अनुभव बोकेर संसद् पस्ने दौड

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
बलदेव चौधरी
उदयपुर - १ उम्मेदवार

बलदेव चौधरी

पुरुष , ५७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
१८४१ मत
Profile
Profile

एक घर एक रोजगार स्थानीय रूपमै सिर्जना गर्ने लगायतका वाचा बोकेर चौधरी यतिखेर चुनावी मैदानमा छन् ।

०००

उदयपुरको त्रियुगा नगरपालिका–११ मा १ वैशाख २०२५ सालमा जन्मेका हुन् बलदेव चौधरी । उनै चौधरीलाई नेपाली कम्युनिस्ट पार्टी (नकेपा) ले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुरको क्षेत्र नम्बर-१ बाट उम्मेदवार बनाएको छ । 

स्नातक तह (बीएल) सम्मको अध्ययन पूरा गरेका चौधरीले अनेरास्ववियुबाट राजनीति सुरु गरेका हुन् ।

२०४८ सालदेखि ४ पटकसम्म नेपाल बार एसोसियसन, उदयपुरको अध्यक्ष पदमा रहेर काम गरेको अनुभव उनीसँग छ ।

यसैगरी केन्द्रीय जिम्मेवारीमा नेपाल लोकतान्त्रिक थारू संघ केन्द्रीय कमिटी महासचिव, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष र नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा उदयपुर इन्चार्ज रहेर पनि चौधरीले काम गरेको अनुभव छ । 

पहिलो संविधान सभाको चुनावमा उदयपुर क्षेत्र नम्बर-२ बाट उनी उम्मेदवार बनेका थिए । तर माओवादीका मणि खम्बुसँग उनी पराजित भए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भने चौधरी त्रियुगा नगरपालिकाको मेयरमा निर्वाचित भए । उनले नेपाली कांग्रेसका बसन्त बस्नेतलाई पराजित गरे । 

चौधरी अहिले नेकपाका केन्द्रीय सदस्य छन् । त्यसअघि उनि विघठित नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव थिए ।

मतदातासँग यस पटक चौधरीले एक घर एक रोजगार स्थानीय रूपमै सिर्जना गर्ने, कृषि उद्यम बेसार खेती र पशुजन्य मासुको उत्पादनमा कृषकहरूको व्यापक सहभागितामार्फत आर्थिक समृद्धि बनाउने, मेडिकल कलेजको स्थापना गर्ने, जिर्ण उदयपुर सिमेन्ट उद्योगको सञ्चालन गर्ने लगायतका प्रतिबद्धता जनाएका छन् । 

प्रस्तुति : अभिमन्यु लामिछाने 

Battleground Analysis

अनुकूलता

  • स्थानीय सरकारको अनुभव
  • बहुआयामिक छवि
  • जातीय र सांगठनिक पकड

प्रतिकूलता

  • विगतको पराजय र अस्थिरता
  • प्रतिबद्धता कार्यान्वयनको चुनौती
  • बदलिँदो राजनीतिक समीकरण

बलदेव चौधरीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित