Home Candidate पारशमणि गेलाल

जो व्यावसायिक जीवनबाट राजनीतिमा होमिए

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
पारशमणि गेलाल
उदयपुर - १ उम्मेदवार

पारशमणि गेलाल

पुरुष , ४० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
३०५९० मत
विजयी
Profile
Profile

स्नातकोत्तरसम्म अध्ययन गरेका गेलाल शिक्षा र सामाजिक चेतनासँगै निजी क्षेत्रको व्यावसायिक नेतृत्वमा समेत आफ्नो पहिचान बनाएका व्यक्ति हुन् ।

०००

उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाटका तर्फबाट आसन्न प्रतिनिधि सभा निर्वाचनमा पारशमणि गेलाल उम्मेदवार छन् । उनी व्यावसायिक जीवनबाट राजनीतिमा जोडिएका हुन् ।

चौदण्डीगढी नगरपालिका- ९ ज्यामिरेमा जन्मिएका गेलालको स्थायी ठेगाना सुनसरीको इनरुवा नगरपालिका-६ इनरुवा हो । २०४२ साल वैशाखमा जन्मिएका गेलाल शिक्षा, व्यवसाय र संगठनात्मक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन् ।

औपचारिक शिक्षाका हकमा स्नातकोत्तरसम्म अध्ययन गरेका गेलाल शिक्षा र सामाजिक चेतनासँगै निजी क्षेत्रको व्यावसायिक नेतृत्वमा समेत आफ्नो पहिचान बनाएका व्यक्ति हुन् ।

मानविकी संकायअन्तर्गत राजनीतिशास्त्र, संस्कृति र अर्थशास्त्र विषय अध्ययन गरेको शैक्षिक पृष्ठभूमिले उनलाई नीति, समाज र अर्थतन्त्रसम्बन्धी विषयमा जानकार उम्मेदवारका रूपमा हेरिन्छ ।

पार्टीमा उनी केन्द्रीय उद्योग तथा वाणिज्य विभागको सचिव तथा केन्द्रीय निर्वाचन रणनीति कार्यदलको सदस्यको जिम्मेवारीमा छन् । समाज परिवर्तन गर्नुपर्छ भनेर रेडियो स्रोता क्लबबाट भ्रष्टाचार विरुद्धको अभियानमा गेलाल सक्रिय थिए ।

असल शासन अभियानमार्फत कोशी प्रदेशमा सुशासनको पक्षमा काम गरेको अनुभव रहेका गेलालले केही समय पत्रकारितासमेत गरेका थिए ।

‘पत्रकारिताकै क्रममा रवि लामिछानेले जुन साहस गरे त्यसलाई साथ दिनुपर्छ भनेर राजनीतिमा आएको हुँ,’ उनले भने, ‘युवा पुस्ता नै राजनीतिमा आएर सुशासन कायम गर्नुपर्छ भनेर क्रियाशील भएको हुँ ।’

संविधानसभा निर्वाचनको समयदेखि संविधानसम्बन्धी अभियन्ता तथा सार्वजनिक सुनुवाइहरूमा समेत काम गरेको अनुभव रहेको बताउने गेलालले आफूलाई मतदाताले पहिलो प्रयासमै जित दिलाउने दाबी गरे ।

व्यावसायिक रूपमा विद्युतीय सवारी साधन र अटोमोबाइल क्षेत्रको विस्तारमा गेलालले सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । शिक्षा, संगठन र व्यावसायिक नेतृत्वको संयोजन भएको पृष्ठभूमिका कारण उनलाई व्यवस्थापन, योजना निर्माण र कार्यान्वयन क्षमतायुक्त व्यक्तिका रूपमा चिनिन्छ ।

सरल स्वभाव, मिलनसार र वाककलामा प्रष्ट वक्ता गेलाल यस क्षेत्रको बलिया उम्मेदवार हुन् । युवा उम्मेदवार भएका कारण पनि यस पटक नयाँलाई हेर्नुपर्छ भन्ने मान्यता मतदाताले राखेको गेलालको दाबी छ ।

 

 

Battleground Analysis

अनुकूलता

  • शैक्षिक र बौद्धिक पृष्ठभूमि बलियो
  • व्यावसायिक तथा संगठनात्मक अनुभव
  • सुशासन र सामाजिक अभियानमा सक्रियता

प्रतिकूलता

  • प्रत्यक्ष राजनीतिक अनुभवको कमी
  • नयाँ पार्टीको संगठनात्मक चुनौती
  • स्थानीयबासी नभएको आक्षेप लाग्न सक्ने
शिक्षा
स्नातकोत्तर

पारशमणि गेलालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित