Home Candidate दुर्गाकुमार थापा

कांग्रेसको विरासत तोड्दै जित निकाल्ने प्रयासमा थापा

http://नेकपा%20एमाले
दुर्गाकुमार थापा
उदयपुर - १ उम्मेदवार

दुर्गाकुमार थापा

पुरुष , ६० वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

मेयर हुँदा गरेको कामका आधारमा मतदाताले आफूलाई मत दिने थापाको दाबी छ ।

000

खोटाङको चुइचुम्मामा २०२० सालमा जन्मेका हुन् दुर्गाकुमार थापा । थापाले प्राथमिक तहसम्मको शिक्षा खोटाङबाटै लिएका थिए । उनको परिवार २०३० सालमा उदयपुरको बेलका नगरपालिका (साविक रामपुर ठोक्सिला) मा झरेको हो । उनले जनता माध्यमिक विद्यालय जहडा रामपुर ठोक्सिलामा ७ कक्षासम्म र माध्यमिक तहको शिक्षा राजदेवी माध्यमिक विद्यालय राजविराज सप्तरीबाट पूरा गरेका हुन् ।

स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका उनै थापालाई नेकपा एमालेले उदयपुरको क्षेत्र नम्बर-१ बाट उम्मेदवार बनाएको छ ।

यसअघिका ४ वटा चुनाव लगातार नेपाली कांग्रेसका डा. नारायण खड्काले जितेको यस क्षेत्रमा थापालाई एमालेले उम्मेदवार बनाएको हो ।

२०३५/३६ सालमा अनेरास्वियुबाट राजनीति सुरु गरेका थापा त्रियुगा जनता क्याम्पसको स्ववियु सभापति समेत भए । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका थापा नेकपा एमालेको उदयपुर उपसचिव समेत बने । हाल थापा नेकपा एमालेको प्रदेश कमिटी सदस्यको भूमिकामा छन् । 

थापा २०५४ सालमा नेकपा एमालेको तर्फबाट रामपुर ठोक्सिला गाउँ विकास समितिको अध्यक्ष समेत बने । २०७४ सालमा भएको स्थानीय तहको चुनावमा बेलका नगरपालिकाको मेयरमा समेत उनी निर्वाचित भए । 

मेयर हुँदा नगर आँखा अस्पतालको स्थापना, सप्तकोशीमा जल यातायात सञ्चालन, प्याराग्लाइडिङको सफल परीक्षण, मैनामैनीलाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउन भौतिक संरचना निर्माण लगायतका काम गरेका कारण मतदाताले मत दिने थापाको दाबी छ ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा भने उनी नेपाली कांग्रेसका अशोक कार्कीसँग बेलका नगरपालिकाको मेयरमा पराजित भएका थिए ।

प्रस्तुति : अभिमन्यु लामिछाने

Battleground Analysis

अनुकूलता

  • विकासप्रेमी छविको छाप
  • राजनीतिक र प्रशासनिक अनुभव
  • सक्षम संगठनको साथ

प्रतिकूलता

  • पछिल्लो पराजयको मनोविज्ञान
  • चौतर्फी कडा प्रतिस्पर्धा
  • विरासत तोड्नुपर्ने दबाब

दुर्गाकुमार थापाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित