Home Candidate वासुदेव घिमिरे

नमुना पालिका बनाए, नमुना निर्वाचन क्षेत्र बनाउने चाहना

http://नेकपा%20एमाले
वासुदेव घिमिरे
रूपन्देही - ३ उम्मेदवार

वासुदेव घिमिरे

पुरुष , ५८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
८२७५ मत
Profile Election History
Profile Election History

यसपटक घिमिरे रूपन्देही–३ बाट चुनावी प्रतिस्पर्धामा छन्। यो उनले पहिलेदेखि नै चाहेको निर्वाचन क्षेत्र हो। 

०००

चार दशकदेखि नेकपा (एमाले)मा क्रियाशील वासुदेव घिमिरे २०२४ सालमा गुल्मीमा जन्मिएका हुन्। रूपन्देहीको तिलोत्तमा–४ का स्थायी बासिन्दा उनी निवर्तमान प्रतिनिधिसभा सदस्य हुन्।

२०४२ सालमा एमालेको भ्रातृ संगठन अनेरास्ववियूमा संगठित भएर राजनीतिमा होमिएका उनले स्नातकसम्मको औपचारिक अध्ययन गरेका छन्। २०४८ सालमा एमालेको संगठित सदस्यता प्राप्त गरेका घिमिरेसँग युवा संघको गाउँ, क्षेत्र, जिल्लाहुँदै केन्द्रसम्म काम गरेको अनुभव छ।

विभिन्न संघ–संस्था, बैंक तथा वित्तीय संस्थाको नेतृत्व सम्हालेका उनी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन्।

घिमिरेको राजकीय जिम्मेवारी तिलोत्तमा नगरपालिकाको प्रथम नगर प्रमुखको रूपमा प्रारम्भ भएको हो। तिलोत्तमामा उनी २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा कांग्रेस नेता रामकृष्ण खाँणलाई हराउँदै नगर प्रमुखमा विजयी भए। उनकै पालामा तिलोत्तमा दुई पटक राष्ट्रिय स्तरमा उत्कृष्ट पालिका घोषित भयो।

कतिसम्म भने काठमाडौंको मेयर लड्नु पूर्व हालका रास्वपा वरिष्ठ नेता बालेन शाह असल अभ्यास सिकाइका लागि घिमिरेलाई भेट्न आएका थिए। बालेनले घिमिरेको मुक्तकण्ठले प्रशंसा मात्र गरेनन्, काठमाडौंको मेयर भएपछि तिलोत्तमासँग जोडिएका केही कर्मचारीलाई आफ्नो ‘कोर टीम’मा सामेल गराए।

रूपन्देही–५ बाट तीन पटक जितिसकेका बलिया उम्मेदवार भरत शाहलाई २०७९ सालको निर्वाचनमा घिमिरेले फराकिलो मतान्तरले पराजित गरे। त्यतिबेला एमालेले पहिला घिमिरेलाई टिकट दियो। पछि अर्का नेता खिमलाल भट्टराईलाई त्यही क्षेत्रको टिकट दियो। पहिला मनोनयन दर्ता गरेकाले घिमिरेको उम्मेदवारी कायम भयो। पार्टीभित्रको तीव्र असन्तुष्टिका बावजुद घिमिरेले कांग्रेसका शाहलाई ९ हजार ७०२ मतअन्तरले हराए।

यसपटक घिमिरे रूपन्देही–३ बाट चुनावी प्रतिस्पर्धामा छन्। यो उनले पहिलेदेखि नै चाहेको निर्वाचन क्षेत्र हो। अघिल्लो पटक अर्कै क्षेत्रबाट निर्वाचित भए पनि उनले क्षेत्र नम्बर ३ का मुद्दा र सरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका थिए।

घिमिरेले कांग्रेसका सुशील गुरुङ, रास्वपाका डा. लेखजंग थापा, नेपाली कम्युनिष्ट पार्टीका फैज अहमद खान, राष्ट्रिय प्रजातन्त्र पार्टीका गौरव बोहरा लगायत उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्।

१ लाख ४० हजार ३५ मतदाता रहेको यो क्षेत्रमा २०७९ सालको चुनावमा ९० हजार मत खसेको थियो। समानुपातिकतर्फ कांग्रेसले २० हजार २७८, एमालेले १६ हजार ९८६, रास्वपाले १४ हजार १५४ र राप्रपाले ९ हजार १८३ मत पाएको थियो।

Battleground Analysis

अनुकूलता

  • लामो राजनीतिक अनुभव र संगठनात्मक पकड
  • तिलोत्तमालाई नमुना नगर बनाएको अनुभव
  • शालिन छवि

प्रतिकूलता

  • पार्टीभित्र विवाद र असन्तुष्टि
  • नयाँ क्षेत्रबाट प्रतिस्पर्धा भएकाले संगठनात्मक सन्तुलन र मत व्यवस्थापन गर्नुपर्ने चुनौती
  • कडा प्रतिस्पर्धा : नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको उल्लेखनीय मत आधार
शिक्षा
स्नातक
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७९),
हालको दल
नेकपा एमाले
सरकारको अनुभव
मेयर, तिलोत्तमा नगरपालिका (२०७४)

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७९ रुपन्देही - ५ भरतकुमार शाह २७१२० ३६८२२ ९७०२ विजयी

वासुदेव घिमिरेको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

वासुदेव घिमिरे
८२७५
डा. लेखजंग थापा राष्ट्रिय स्वतन्त्र पार्टी
५८८१४
सुशील गुरुङ नेपाली कांग्रेस
८४३५
VS