Home Candidate भागिरथ सापकोटा

नवलपुर–१ मा एमालेबाट उद्यमी उम्मेदवार

http://नेकपा%20एमाले
भागिरथ सापकोटा
नवलपुर - १ उम्मेदवार

भागिरथ सापकोटा

पुरुष , ५४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
९१३१ मत
Profile
Profile

भागिरथ सापकोटा नवलपुर–१ का लागि एउटा "नयाँ, गतिशील र आर्थिक विकासको एजेन्डा बोकेको" उम्मेदवार हुन्। स्थानीय तहमा एमालेको पकड र उनको व्यावसायिक विज्ञता नै उनको जितको प्रमुख हतियार हो।

०००

नेकपा एमालेबाट नवलपुर–१ मा नयाँ अनुहारले उम्मेदवार हुने अवसर प्राप्त गरेका छन् । एमालेबाट यस क्षेत्रमा उद्यमी भागिरथ सापकोटालाई उम्मेदवार बनाइएको छ ।

नेपाल उद्योगी व्यवसायी महासंघ अध्यक्ष समेत रहेका ५४ वर्षीय सापकोटा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार भएका सापकोटा निर्वाचित हुन भने सकेका थिएनन् । एमालेको विद्यार्थी संगठन हुँदै पार्टी राजनीतिमा २०५७ सालदेखि प्रवेश गरेका थिए । त्यसअघि उनी अनेरास्ववियुको केन्द्रीय कोषाध्यक्ष थिए ।

गैडाकोट नगरपालिकावासी उनी नवलपुरको जिल्ला कमिटीको सदस्यसमेत थिए । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कोषाध्यक्ष बनेका थिए । केन्द्रीय राजनीतिमा विद्यार्थी संगठनको कोषाध्यक्ष भएसँगै सुरु भएको थियो ।

२०५० सालमा नवलपरासी अनेरास्ववियुको अध्यक्ष भएका उनी २०५४ सालमा लुम्बिनी अञ्चल कमिटीको अध्यक्ष भएका थिए । सापकोटा एमालेको उद्योग र वाणिज्य विभागको केन्द्रीय सदस्य छन् ।

गत स्थानीय तहको निर्वाचनको परिणाम अनुसार नवलपुर–१ मा एमाले पहिलो शक्तिका रूपमा देखिएको छ। देवचुली, बुलिङटार र कावासोतीमा एमालेका उम्मेदवार विजयी भएकाले सापकोटालाई बलियो सांगठनिक आधार प्राप्त छ।

ट्राभल क्षेत्रमा आवद्ध सापकोटा हाल ‘नेपाल डेभप्लमेन्ट पब्लिक लिमिटेड, इम्पेरियल इनोभेसन फण्ड, ट्रोइका इनर्जी फन्ड’ लगायतमा निर्देशक छन् । उद्यमीहरूको सबैभन्दा ठूलो संगठनको नेतृत्व आफूले गरेको सापकोटा दाबी गर्छन् । उद्यम र राजनीतिलाई जोडेर क्रियाशील भइरहेको उनी बताउँछन् ।

उद्योग, पर्यटन र समग्र आर्थिक विकासका क्षेत्रमा दशकौँदेखिको अनुभव आफूसँग रहेको बताउँदै सापकोटा भन्छन्, ‘धेरैसँग योजना र सपना हुन्छन्, तर दृष्टिलाई परिणाममा बदल्न सक्षम टोली र सल्लाहकारहरूको संयोजन सबैसँग हुँदैन । मलाई उद्योग, पर्यटन, अर्थतन्त्र र नीति निर्माणका क्षेत्रमा अनुभव भएका व्यावसायिक टोली र विशेषज्ञ सल्लाहकारहरूको साथ छ ।’

सापकोटाले ‘कृषि, उद्योग, पर्यटन, उद्यमी, रोजगार । समृद्ध नवलपुर निर्माणको बलियो आधार’ चुनावी नारा तय गरेर  मत मागिरहेका छन् ।

अघिल्लोपटक प्रतिस्पर्धी बनेका कृष्णप्रसाद पौडेल यसपटक एमालेले उम्मेदवार बनाएन । त्यसबेला एमाले यस क्षेत्रमा प्रत्यक्षतर्फ दोस्रो भएको थियो । कांग्रेस नेता डा. शशांक कोइरालासँग पराजित पौडेलले २५ हजार ४७ मत प्राप्त गरेका थिए ।

नेपाल उद्योगी व्यवसायी महासंघको अध्यक्ष र विभिन्न ठूला फन्डहरू (इम्पेरियल इनोभेसन, ट्रोइका इनर्जी) मा निर्देशक रहेका सापकोटासँग आर्थिक विकासको स्पष्ट खाका छ। 'उद्यम र राजनीति' जोड्ने उनको नाराले बेरोजगार युवा र उद्यमीहरूलाई आकर्षित गर्न सक्छ।

प्रत्यक्षतर्फ दोस्रो भएको एमाले समानुपातिकतर्फ तेस्रो भयोे । एमालेले यस क्षेत्रमा २२ हजार १५० मत प्राप्त गरेको थियो । समानुपातिकमा रास्वपा पहिलो र कांग्रेस दोस्रो भएका थिए ।

गत स्थानीय तहको निर्वाचनको मत परिणामको आधारमा यस क्षेत्रमा एमाले पहिलो शक्ति देखिन्छ । यस क्षेत्रमा नवलपुर जिल्लाका देवचुली नगरपालिका, गैडाकोट नगरपालिका, बुलिङटार गाउँपालिका र कावासोती नगरपालिकाको वडा १, २ र ५–१३ पर्दछन् ।

कावासोती, देवचुली र बुलिङटारमा एमालेका उम्मेदवारले  जितेको थिए । गैडाकोटमा भने कांग्रेस जितेको थियो । कावासोतीमा कांग्रेसका मेयरका उम्मेदवारलाई एमालेका प्रतिस्पर्धीले झिनो मतले जितेका थिए ।

Battleground Analysis

अनुकूलता

  • स्थानीय तहको बलियो जग
  • आर्थिक र व्यावसायिक 'भिजन'
  • विद्यार्थी राजनीतिदेखिको विरासत

प्रतिकूलता

  • समानुपातिक मतको दबाब
  • रास्वपा र कांग्रेसको कडा टक्कर
  • 'उद्यमी' भर्सेस 'जनता' को छवि
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेकपा एमाले

भागिरथ सापकोटाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित