Home Candidate राजन गौतम

संसद् पुग्ने दोस्रो प्रयास

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
राजन गौतम
नवलपुर - १ उम्मेदवार

राजन गौतम

पुरुष , ३९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
५०९४५ मत
विजयी
Profile
Profile

राजन गौतमका लागि यो निर्वाचन अघिल्लो पटकको "अपुरो जित" पूरा गर्ने सुनौलो अवसर हो। शशांक कोइरालाको अनुपस्थिति र रास्वपाको बलियो समानुपातिक मतलाई प्रत्यक्ष भोटमा बदल्न सके उनी नवलपुर–१ बाट संसद् छिर्ने बलियो सम्भावना देखिन्छ।

०००

२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फ उम्मेदवार थिए, राजन गौतम । पहिलोपटक निर्वाचन लड्दै गरेको भए पनि जितप्रति उनी ढुक्क थिए । किनभने, पुराना राजनीतिक दलहरूप्रति नागरिकमा आक्रोश थियो भन्ने उनले बुझेका थिए । सबैतिर नयाँ शक्तिको लहर थियो ।

नभन्दै त्यो लहर उनको चुनावी परिणाममा पनि देखियो । पहिलो निर्वाचनमै उनले २४ हजार ३०५ मत प्राप्त गरे । तर, जित निकाल्न भने सकेनन् । निर्वाचन जितेका थिए, कांग्रेसका शशांक कोइरालाले । उनले २७ हजार ६७ मत प्राप्त गरेका थिए । दोस्रो स्थानमा रहेका एमालेका कृष्णप्रसाद पौडेलले २५ हजार ४७ मत ल्याएका थिए ।

जितको नजिक पुगेर पनि पछि परेका तिनै राजन यसपटक पुन: उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई नवलपुर १ अर्थात नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र नबर १ बाट उम्मेदवार बनाएको छ ।

३९ वर्षीय राजन रास्वपाको गण्डकी प्रदेश सभापति तथा केन्द्रीय सदस्यसमेत हुन् । देवचुली नगरपालिकाका स्थानीय बासिन्दा उनी राजनीतिमा आउनुअघि शिक्षणा पेशामा थिए । यसै क्षेत्रमा रहेको देवचुली क्याम्पस रजहरमा २०७१ देखि २०७४ सालसम्म उनले क्याम्पस प्रमुखको भूमिका निभाएका थिए । विद्यालय तहमा समेत अध्ययनको अनुभव संगालेका राजनले अमर र कुमारवर्ती माविमा पढाएका थिए ।

२०७९ को निर्वाचनमा पहिलो पटकमै २४,३०५ मत प्राप्त गर्नु र विजयी उम्मेदवारभन्दा मात्र करिब २,७०० मतले पछाडि रहनु उनको सबैभन्दा ठूलो शक्ति हो। यसले उनलाई यस क्षेत्रको "बलियो दाबेदार" का रूपमा स्थापित गरेको छ।

त्यति मात्र होइन, उनले ओएसिस बोर्डिङ्ग स्कूलको प्रिन्सिपलका रुपमा पनि काम गरेका थिए । सामाजिक संघ संस्थामा समेत क्रियाशील राजनले शिक्षा, व्यवस्थापन र  राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

विगतमा युवा प्रतिभा तथा युवा उद्यमी संस्थाका केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेका राजन जेसिजसँग पनि आवद्ध थिए । नेपाल जेसिजको केन्द्रीय उपाध्यक्ष बनेका उनी राष्ट्रिय युवा प्रतीभा पुरस्कृत पाएका थिए ।

सामाजिक कार्यमा सक्रिय भइरहेकै बेला उनी २०७९ सालमा रास्वपा गठन भएसँगै त्यसमा आवद्ध भए । पार्टीलाई स्थापित गराउन निकै मेहनत गरे । जसका कारण २०७९ को निर्वाचनमा उनको पार्टीले समानुपातिकतर्फ सबैभन्दा बढी २५ हजार ७७४ मत ल्यायो । समानुपातिकमा कांग्रेसले २३ हजार ४१ पाएको थियो । प्रत्यक्षतर्फ भने परिणाम उल्टो आयो । कांग्रेसका उम्मेदवार विजयी हुँदा राजन दोस्रो भए ।

यसपटक सो परिणाम उल्टाउन उनी मतदाताको घर–घर पुगिरहेका छन् । आफ्नो उम्मेदवारी पदका लागि नभई परिवर्तनको जिम्मेवारीका लागि भएको बताउने गरेका छन् ।

यसअघि लगातार जित्दै आएका कांग्रेसका 'हेभीवेट' नेता शशांक कोइराला यसपटक मैदानमा छैनन्।

‘पद होइन, परिवर्तनको जिम्मेवारी लिएर उभिएको हुँ । राजनीति सेवा हो भन्ने विश्वासलाई व्यवहारमा उतार्न आएको हुँ,’ उनी भन्छन्, ‘इमानदार प्रयास, पारदर्शी काम र नागरिकको सम्मान नै मेरो प्रतिबद्धता हो । तपाईंहरूको विश्वास नै मेरो शक्ति हो ।’

आसन्न निर्वाचनमा यहाँबाट कांग्रेसले बालकृष्ण घिमिरेलाई अघि सारेको छ । डा. शशांक कोइरालाले यसअघि लगातार जितेको यो क्षेत्रमा घिमिरे पहिलोपटक उभिएका छन् । एमालेबाट भागिरथ सापकोटा, नेकपाबाट लोकप्रसाद भुर्तेललगायतका उम्मेदवार छन् ।

Battleground Analysis

अनुकूलता

  • बलियो अघिल्लो जनमत
  • समानुपातिक मतको आधार
  • बौद्धिक र शैक्षिक छवि

प्रतिकूलता

  • त्रिपक्षीय कडा प्रतिस्पर्धा
  • पार्टी संगठनको चुनौती
  • बदलिएको राजनीतिक परिस्थिति
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

राजन गौतमको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित